पञ्चायतकालमा पनि पक्राउ परेका थिए टेकनाथ रिजाल, अहिलेको गिरफ्तारीले संशय (भिडियो)

पञ्चायतकालमा पनि पक्राउ परेका थिए टेकनाथ रिजाल, अहिलेको गिरफ्तारीले संशय (भिडियो)

काठमाडौँ : भुटानी राज्य सत्ताको दमनमा देश छाडेर भाग्न बाध्य भएका हुन टेकनाथ रिजाल। शरणार्थी नेताको दर्जा पाएका रिजाल पञ्चायतकालमा नेपाल आएका थिए। उनलाई झापाबाट गिरफ्तार गरेर काठमाडौँ हुँदै ड्रुक एयरबाट भुटान पुर्याइएयो। सन् १९८९ नोभेम्बर १५ मा निर्वासनका तनावपूर्ण दिन व्यतीत गर्दै आउँदा पूर्वी नेपालको झापाबाट गिरफ्तारमा परे रिजाल।

उनीसँग जोगेन गजमेर र सुशील पोखरेल साथै थिए। भुटानी राजालाई लेखेको अपिल छाप्ने उद्देश्यले विराटनगर आएर झापा पुगेका थिए तीनै जना। पिपुल्स फोरम फर ह्युटन राइट भुटान गठन पछि नै रिजाल, गजमेर र पोखरेलले नेपाल छाड्ने निधो गरिसकेका थिए। उनीहरूले त्यतिबेला नै नेपालमा भन्दा भारतमा बसेर काम गर्दा सहज हुने ठानेका थिए। विराटनगरबाट झापा फर्किएका रिजाललाई प्रहरीले बसेकै ठाउँबाट गिरफ्तार गर्‍यो।

उनले त्यसदिन देखेका आफ्ना पितालाई फेरी देख्न पाएनन्। चेमगाङ जेलमा हुँदा नै रिजालका पिताको देहान्त भएको थियो। त्यतिबेला रिजालले आफूहरूलाई कुन प्रयोजनका लागि गिरफ्तार गरिएको हो पत्तो पाएका थिएनन्।

उनलाई सम्झना त त्यति छैन, तर उनीसँगै पक्राउ परेका जोगेन गजमेरका अनुसार महेन्द्र पुलिस क्लबमा ल्याएर बयान लिइएको थियो। बयान दिँदै गर्दा नै रिजालले थाहा पाए आफूहरूलाई लिन भुटान सरकारले ड्रुक एयर पठाएको रहेछ।

भुटान सरकारको भयावह अत्याचारको सिकार भएर नेपाल पसेका थिए रिजाल। नेपालमा सम्पूर्ण जीवन बिताउनु थिएन। देशभित्र न्यूनतम अनुकूल वातावरण बन्ना साथ आफ्नै देश फर्कने तयारीमा थिए रिजाल। तर शरण परेको व्यक्तिलाई मरणमा पार्ने नियत त्यतिवेलाको पञ्चायती सरकारले लियो। उनलाई लिन भुटानी राजाको अङ्गरक्षक भि नाम्गेल आएका थिए एयरपोर्टमा।

१९८९ नोभेम्बरमा नेपालबाट पक्राउ परेर भुटानको जेलमा १० वर्ष बिताएका तीनै रिजाल अहिले सक्कलीको नाममा नक्कली शरणार्थी बनाउने गिरोहले पोलेका कारण गिरफ्तार भएका छन्। तेस्रो देश पुर्नवास कार्यक्रमको बिरोधमा रहेका रिजाल १ लाख १३ हजार भुटानी शरणार्थीले नेपाल छोड्दा उनी कहीँ गएनन्। भुटान फर्कन पाउनुपर्छ भन्ने अडानमा कायम रहे।

शरणार्थी शिविरमा रहेकालाई लिएर आफ्नो देश फर्कने रिजालको चाहनामा राज्य संयन्त्रमा बसेकाहरूले बदमासी गरे। अन्तराष्ट्रियस्तर सम्मै दुर्गन्ध फैलाए। तेस्रो देश पुगेकाहरूको आआफ्नो देशबाट भुटानका राजबन्दी रिहा गर्न भुटानी राजालाई दबाब दिइरहेका बेला रिजाल पक्राउ परे। रिजाल आफैँले पनि नेपाल सरकारका बहालवाला गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर भुटानसँग वार्ताको पहल गर्न र आफूहरूलाई आफ्नै देश फर्कने वातावरण बनाइदिन गुहार मागेका थिए।

पूर्वप्रधानमन्त्री, गृहमन्त्री र सचिवको नाम पोले पछि आफैँ पक्राउ परे टेकनाथ रिजाल

शिविरमा रहेका आफ्ना नागरिकलाई बिचल्ली नबनाउन उनले स्वर्गीय गिरिजाप्रसाद कोइरालादेखि अहिलेसम्मका प्रधानमन्त्रीलाई हार गुहार गरिरहे। उनलाई नक्कली शरणार्थी बनाउने गिरोहले प्रतिवेदनमा हस्ताक्षर गर्न दबाब दिएको सुनाएका थिए रिजालले।

‘मैले मान्ने कुरै थिएन, आफ्ना नागरिकको बिचल्ली बनाएर उनीहरूको नाममा नक्कलीलाई तेस्रो देश पठाउने कुरामा मेरो कुनै सहमति थिएन र छैन,’उनले पक्राउ पर्नु अघि पहिचानसँग भनेका थिए,‘भुटानसँग प्रत्यक्ष वार्ता गर्छौ भन्ने प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव लगायत भिन्नाभिन्नै तहमा रहेका व्यक्तिहरूको संलग्नतामा नक्कली बनाउने काम भएको रहेछ।’

भुटानका नेल्सन मण्डेलाको नामले समेत परिचित रिजाल नक्कली शरणार्थी बनाउने गिरोहले संलग्न रहेको बयान दिएपछि पक्राउ परे। उनको गिरफ्तारीले भुटानबाट खेदिएर विभिन्न देश पुगेकाहरू चिन्तित बनेका छन्।
भुटानी राजाको सल्लाहकार समितिका सदस्य थिए रिजाल। राजाको विश्वासपात्र थिए उनी। भ्रष्टाचार छानबिन समिति बनाए राजाले।

तीन सदस्यीय समितिको नेतृत्व गरे रिजालले। उनले भ्रष्टाचारको छानबिन गरे। छानबिनमा राजाका वरिपरिकै व्यक्तिको संलग्नता देखियो। एक पटकलाई माफी दिने सुझाव सहित रिजालले राजालाई भ्रष्टाचार अन्त्यको सुझाव दिए। त्यही सुझावका कारण रिजाल नेपाल भागेर आउँदा समेत नेपालबाटै पक्राउ परे र भुटान पुर्‍याइए।

रिजालले भुटानको अत्याचारबारे पुस्तक लेखेका छन् निर्वासन। उनको पुस्तक स्वर्गीय पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विमोचन गरेका थिए। त्यही पुस्तकको अडियो बुक निकाल्ने उनले इच्छा व्यक्त गरेका थिए। उनीसँग यो स्तम्भकारको चिनजान १० वर्ष जेल जीवन विताएर पुन नेपालको शरण लिन आउँदा भएको हो।

उनी त्यतिवेला देखिनै नेपाली नेताहरूसँग निरन्तर संवादमा थिए। त्यो क्रम अहिले पनि चलिरहेको थियो। उनले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र अर्धभूमिगत नेता मोहनविक्रम सिंहसम्मलाई भेटेर भुटान फर्कने वातावरण बनाइदिन भनेका थिए। उनी तेस्रो देश लैजाने कुराकै विरोधी थिए।

तामझामका साथ आफ्नै छोराहरू तेस्रो देश पुर्नवास हुँदा रिजाल एक्लै परे। तर, अहिले उनैले सक्कलीका नाममा नक्कली बनाएर अमेरिका पठाउने गिरोहसँग मिलेर रकम लिएको गम्भीर आरोप लागेको छ। यसले विश्वभर छरिएर रहेका शरणार्थीहरूमा संशय पैदा गरेको छ।

टेकनाथको गिरफ्तारीले अत्यन्तै दुखित बनाएको भुटानका राजबन्दी रिहा अभियानका अन्तर्राष्ट्रिय संयोजक राम कार्कीले उल्लेख गरेका छन्। गिरफ्तारीको खबरले अस्तव्यस्त बनाइरहेको कार्कीले सामाजिक सञ्जालमा लेखेका छन्।

उनले पहिचानसँग कुरा गर्दै भनेका थिए,‘निर्वासन पुस्तक सबै माझ पुर्‍याउन सहयोग गरिदिनु है।’ रिजालकै अनुरोधमा निर्वासन पुस्तकको यो सत्रौँ अध्याय वाचन गर्दैछौ। यो अध्यायमा पहिलो पटक नेपालबाट गिरफ्तारीमा परेर भुटान लैजान ड्रुक एयर लिन आएको घटना विवरण समावेश छ।

सम्बन्धित समाचार

शरणार्थी काण्डले ठुला माछाहरूमा छटपटी, अनुसन्धानका लागि अन्तिम तीन दिनको समय

किन बोल्दैनन् भुटानी शरणार्थी समाधानमा नेताहरू?

नक्कलीको लफडामा सक्कलीले गरे प्रश्न, भुटानी शरणार्थी सबैको पैसा कमाउने मुहान हो?

पक्राउ परेका रायमाझीको बयान सुरु, परिचयपत्र नपाएको खाँटी भुटानीको गुनासो

सक्कली भुटानीको पीडा : शरणार्थीलाई कन्त बिजोग बनाए (भिडियो)

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण थप ४ दिन हिरासतमा, रायमाझी भेटिएनन्

नेपालीलाई भुटानी बनाउने प्रकरण : के हो देउवा र ओली कनेक्सन?

भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण हिरासत कक्षमा, काँग्रेस र एमालेमा त्रास

नक्कली भुटानी बनाउने गिरोह : सुरुदेखिकै फाइल खोल्न सक्कलीले दिए सुझाव

फिल्म चलाउन प्रचण्डलाई गगनको टिप्स, भुटानी शरणार्थीले दिने भए घुस्याहरुको विवरण

शरणार्थी प्रकरणमा दलहरूको संरक्षण, प्रहरी बिचौलिया मात्रै पक्राउ गर्न बाध्य

भुटानी शरणार्थी प्रकरण डिसमिस हुने आशङ्का

नक्कली भुटानी शरणार्थी प्रकरणमा पोलापोल, राप्रपालाई व्यवस्थाकै विरोध गर्ने मसला

नक्कली भुटानी शरणार्थी : प्रचण्डलाई ओलीको दबाब, रायमाझी सम्पर्क बाहिर

भुटानीका नाममा नेपाली नागरिकमाथि लुट…

भुटानी शरणार्थी प्रकरण : पूर्वउर्जामन्त्री रायमाझीविरुद्ध पक्राउ पुर्जी, उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

भुटानी राजाको अत्याचार : अन्तर्राष्ट्रिय समुदाय जानकार तर, मौन

शरणार्थीका नाममा अमेरिका पठाउने ८१ जनाको पहिचान, पूर्वपरराष्ट्रमन्त्रीका सहयोगी सहित ३ जना पक्राउ

भुटानमा प्रजातन्त्र आउनै दिँदैन भारत, नेपालको स्वार्थ यस्तो…

भुटान फर्कन हारगुहार (भिडियो)

भुटानको निरङ्कुशता : परिवार भेट्न नपाएको ३० वर्ष

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading