नक्कली शरणार्थी : बयान लिन खोज्दा बादलका सुरक्षा सल्लाहकार राईलाई बिसन्चो

नक्कली शरणार्थी : बयान लिन खोज्दा बादलका सुरक्षा सल्लाहकार राईलाई बिसन्चो

काठमाडौं : नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईले बयान दिन आनाकानी गरेका छन्।

आइतबार बयानका लागि जिल्ला अदालत काठमाडौं लगिएका राईले स्वास्थ्यमा समस्या आएको भन्दै बयान दिएनन्।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलाससामु आइतबार इन्द्रजित राईले बयान दिन नमानेका हुन्। ‘बयान लिन खोज्दा आज गर्दिन, सन्चो छैन भनेछन्,’जिल्ला सरकारी वकिलको कार्यालयका सहन्यायाधीवक्ता अच्युतमणि नेउपानेले भने,‘अब उनको बयान मङ्गलवार लिइनेछ।’

राईले बयान दिन नमानेपछि पछिल्लो पटक पक्राउ परेकी लक्ष्मी महर्जनको आइतबार जिल्ला अदालत काठमाडौँमा बयान भएको छ। राईको साटो महर्जनको बयान दिइएको जिल्ला अदालत काठमाडौँले जनाएको छ।

प्रहरीको हिरासतमा रहेकामध्ये आइतबार तीन जनाको बयान लिइएको छ। काठमाडौं जिल्ला अदालतमा सन्दीप रायमाझी, टङ्ककुमार गुरुङ र लक्ष्मी महर्जनको बयान लिइएको सहन्यायाधिवक्ता न्यौपानेले जानकारी दिए।

बयानका लागि इन्द्रजित राई, टङ्ककुमार र सन्दीपलाई लगिएको थियो। सहन्यायाधिवक्ता न्यौपानेका अनुसार तीनै जनाको बयान लिने काम सकिएको छ। सोमबार सार्वजनिक बिदा परेकाले राईको अब पर्सी मङ्गलवार बयान हुने उने बताए।

शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको बयान जिल्ला अदालत काठमाडौँमा शुक्रवारदेखि सुरु भएको हो। यो प्रकरणमा आइतबारसम्म ५ जनाको बयान सकिएको छ। शुक्रवार सागर राई र केशव प्रसाद दुलालको बयान लिइएको थियो।

नक्कली शरणार्थी प्रकरणमा पूर्वउर्जामन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवं काँग्रेस नेता बालकृष्ण खाँण, बहालवाल सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, काँग्रेस पूर्वसभासद् आङटावा शेर्पा, भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजाल सहित १७ जना पक्राउ परेका छन्। १३ जना अझै फरार छन्।

पक्राउ परेकाहरूको बयानपछि बहस हुनेछ। बयान सकिएपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने मध्ये एक निर्णय सुनाउनेछ।

अभियोजन दर्ता गरिएकामध्ये काठमाडौँ महानगरपालिका ३० का केशव तुलाधर, ललितपुर १९ का हरिभक्त महर्जन, इटहरी उपमहानगरपालिका ४ घर भई अमेरिका बस्ने अशोक पोखरेल, मोरङ कानेपोखरी ५ का धिरेन राई, दीपाञ्जली हुमागाईँ फरार छन्।

ललितपुर ठेचोका निरज राई, काठमाडौं जीतपुरफेदीका राजेश अर्याल, मोरङ मिक्लाजुङ ६ का मोहनराज राई, बुढानीलकण्ठ १० का आशीष बुढाथोकी, मोरङ शनिश्चरे १० की विनीता सामदेव लिम्बु, रौतहट फतुहा हर्साह ९ का निरन्जरकुमार खरेल, झापा गौरादह १ का सुनिल बुढाथोकी, चितवनको भरतपुर महानरपालिका १० का प्रतीक थापा फरार छन्। प्रतीक तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा हुन्।

सम्बन्धित समाचार

नक्कली शरणार्थी : निर्दोष फस्ने, दोषी उम्कने चिन्ता

नक्कली शरणार्थी प्रकरण : टेकनाथ रिजालले नै दिएका थिए प्रहरीमा निवेदन

नक्कली भुटानी शरणार्थी : अब अदालतमा थुनछेक बहस

नक्कली शरणार्थी प्रकरणमा एक-अर्कालाई पोलापोल, काँग्रेस र एमाले आक्रोशित

नक्कली शरणार्थी प्रकरण : ३३ जनाविरुद्ध मुद्दा, २७ करोड ५० लाख बिगो दाबी

टेकनाथ रिजालको बयान, ‘जसले आश्रय दियो, उसैले फसायो’

‘नक्कली शरणार्थी प्रकरणमा टेकनाथ रिजालमाथि भ्रष्टहरूको प्रतिशोध’

पञ्चायतकालमा पनि पक्राउ परेका थिए टेकनाथ रिजाल, अहिलेको गिरफ्तारीले संशय (भिडियो)

पूर्वप्रधानमन्त्री, गृहमन्त्री र सचिवको नाम पोले पछि आफैँ पक्राउ परे टेकनाथ रिजाल

शरणार्थी काण्डले ठुला माछाहरूमा छटपटी, अनुसन्धानका लागि अन्तिम तीन दिनको समय

किन बोल्दैनन् भुटानी शरणार्थी समाधानमा नेताहरू?

नक्कलीको लफडामा सक्कलीले गरे प्रश्न, भुटानी शरणार्थी सबैको पैसा कमाउने मुहान हो?

पक्राउ परेका रायमाझीको बयान सुरु, परिचयपत्र नपाएको खाँटी भुटानीको गुनासो

सक्कली भुटानीको पीडा : शरणार्थीलाई कन्त बिजोग बनाए (भिडियो)

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण थप ४ दिन हिरासतमा, रायमाझी भेटिएनन्

नेपालीलाई भुटानी बनाउने प्रकरण : के हो देउवा र ओली कनेक्सन?

भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण हिरासत कक्षमा, काँग्रेस र एमालेमा त्रास

नक्कली भुटानी बनाउने गिरोह : सुरुदेखिकै फाइल खोल्न सक्कलीले दिए सुझाव

फिल्म चलाउन प्रचण्डलाई गगनको टिप्स, भुटानी शरणार्थीले दिने भए घुस्याहरुको विवरण

शरणार्थी प्रकरणमा दलहरूको संरक्षण, प्रहरी बिचौलिया मात्रै पक्राउ गर्न बाध्य

भुटानी शरणार्थी प्रकरण डिसमिस हुने आशङ्का

नक्कली भुटानी शरणार्थी प्रकरणमा पोलापोल, राप्रपालाई व्यवस्थाकै विरोध गर्ने मसला

नक्कली भुटानी शरणार्थी : प्रचण्डलाई ओलीको दबाब, रायमाझी सम्पर्क बाहिर

भुटानीका नाममा नेपाली नागरिकमाथि लुट…

भुटानी शरणार्थी प्रकरण : पूर्वउर्जामन्त्री रायमाझीविरुद्ध पक्राउ पुर्जी, उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

भुटानी राजाको अत्याचार : अन्तर्राष्ट्रिय समुदाय जानकार तर, मौन

शरणार्थीका नाममा अमेरिका पठाउने ८१ जनाको पहिचान, पूर्वपरराष्ट्रमन्त्रीका सहयोगी सहित ३ जना पक्राउ

भुटानमा प्रजातन्त्र आउनै दिँदैन भारत, नेपालको स्वार्थ यस्तो…

भुटान फर्कन हारगुहार (भिडियो)

भुटानको निरङ्कुशता : परिवार भेट्न नपाएको ३० वर्ष

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading