नक्कली शरणार्थी प्रकरण : ३३ जनाविरुद्ध मुद्दा, २७ करोड ५० लाख बिगो दाबी

नक्कली शरणार्थी प्रकरण : ३३ जनाविरुद्ध मुद्दा, २७ करोड ५० लाख बिगो दाबी

काठमाडौं : नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका ३३ जनाविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन प्रहरीले प्रतिवेदन बुझाएको छ।

अनुसन्धान सुरु भएको ५८ औँ दिनमा जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली शरणार्थी प्रकरणमा रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको हो।

प्रहरीले बुझाएको प्रतिवेदनमा ३३ जनामाथि तीन अभियोग लगाउन भनिएको छ। उनीहरूमाथि राज्यविरुद्धको अपराधको कसुर, सङ्गठित ठगी र किर्तेसम्बन्धी कसुरमा मुद्दा लगाउने राय सहितको प्रतिवेदन बुझाइएको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले जानकारी दिए।

उनीहरू विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति सुद्धिकरणमा पनि मुद्दा दर्ताका लागि पठाउने कडायतले बताए। ‘अख्तियारको दुरुपयोग गरेकाले अख्तियारमा ध्यानाकर्षण हुन्छ,’उनले भने,‘त्यो अख्तियारमा पनि पठाइन्छ, सम्पत्ति सुद्धिकरणमा पनि पठाइन्छ।’

नक्कली शरणार्थी प्रकरणमा १६ जना प्रहरी हिरासतमा छन्। अन्य १७ जनालाई प्रहरीले फरारको सूचीमा राखेको छ। फरारको सूचीमा प्रतीक थापा, केशव तुलाधर, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, अशोक पोखरेल, धीरेन राई, नीरज राई, दीपा हुमागाईँ छन्।

यस्तै राजेश अर्याल, मोहनराज राई, आशिष् बुढाथोकी, विनीता लिम्बु, निरञ्जनकुमार खरेल र सुनिल बुढाथोकी पनि फरार छन्। त्यस्तै, वतन नखुलेकामा गोकुल थापा र रमा थापा फरार छन्। यसै प्रकरणमा हिरासतमा रहेकाहरूको बयानका क्रममा प्रतिवादीहरूले पोलेका तर तत्काल प्रमाण जुटाउन नसकिएका अन्य ७ जना रहेका स्रोतले बताएको छ।

यस प्रकरणमा नाम जोडिएका हाइ प्रोफाइल व्यक्तिमाथि छानबिन अगाडी नबढाइएकोमा आलोचना समेत भइरहेको छ। विशेष गरेर पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा, काँग्रेस सांसद मञ्जु खाँण, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई र पूर्वगृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ बारे प्रश्न उठेको छ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका निजी सचिव राजेश बज्राचार्यको समेत नाम यो प्रकरणमा जोडिएको छ। तर, प्रहरीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिहाल्ने प्रमाण भने फेला नपारेको जनाएको छ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै १०६ जनाको उजुरीपछि अनुसन्धानको क्रममा नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली काँग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, सन्दीप रायमाझीलाई प्रहरीले हिरासतमा राखेको छ।

केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पनि प्रहरी हिरासतमा छन्। पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा नीरज लगायत भने फरार छन्। पक्राउ परेकाहरूमाथि जनही साढे २० वर्षको कैद सजाय माग दाबी हुने गरी मुद्दा दायर हुनुपर्ने राय प्रहरीले दिएको छ।

यद्यपि यसको निर्णय गर्ने अख्तियारी सरकारी वकिलको कार्यालयलाई छ। प्रतिवादी बनाइएका ३३ जना विरुद्ध २७ करोड ५० लाख ५७ हजार रुपैयाँ बिगो कायम गरिएको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक सिताराम रिजालले बताए। ‘३३ जना प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन पेस भएको छ,’उनले भने,‘के के अभियोग लगाउने भन्ने सरकारी वकिलको कार्यालयको पाटो हो।’

सरकारी वकिलको कार्यालयले प्रहरी प्रतिवेदन अध्ययनपछि प्रमाणका आधारमा कुन कुन मुद्दा क कस्लाइ लाग्ने भन्ने निर्णय गर्नेछ। प्रहरीले पेस गरेको रायसहितको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर बुधवारसम्ममा मुद्दा चलाइने सरकारी वकिलको कार्यालयका सहन्यायधिवक्ता अच्युतमणि नेउपानेले बताए। ‘प्रहरीले गरेको अनुसन्धानको मुद्दा सबै अध्ययन गर्छौ,’उनले भने,‘त्यसपछि मुद्दा चल्ने नचल्ने निर्णय गर्छौ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सक्कली टेकनाथ रिजालले भने आफूलाई राज्य संयन्त्र मिलेर फसाइएको बयान दिएका छन्। उनले नक्कली शरणार्थी बनाउने गिरोहसँग रकम नलिएको बताएका सरकारी वकिलको कार्यालय स्रोतले बताएको छ। रिजाल विरुद्ध कुन मुद्दा लगाउने भन्ने अध्ययनपछि मात्रै टुङ्गो लाग्ने कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार

टेकनाथ रिजालको बयान, ‘जसले आश्रय दियो, उसैले फसायो’

‘नक्कली शरणार्थी प्रकरणमा टेकनाथ रिजालमाथि भ्रष्टहरूको प्रतिशोध’

पञ्चायतकालमा पनि पक्राउ परेका थिए टेकनाथ रिजाल, अहिलेको गिरफ्तारीले संशय (भिडियो)

पूर्वप्रधानमन्त्री, गृहमन्त्री र सचिवको नाम पोले पछि आफैँ पक्राउ परे टेकनाथ रिजाल

शरणार्थी काण्डले ठुला माछाहरूमा छटपटी, अनुसन्धानका लागि अन्तिम तीन दिनको समय

किन बोल्दैनन् भुटानी शरणार्थी समाधानमा नेताहरू?

नक्कलीको लफडामा सक्कलीले गरे प्रश्न, भुटानी शरणार्थी सबैको पैसा कमाउने मुहान हो?

पक्राउ परेका रायमाझीको बयान सुरु, परिचयपत्र नपाएको खाँटी भुटानीको गुनासो

सक्कली भुटानीको पीडा : शरणार्थीलाई कन्त बिजोग बनाए (भिडियो)

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण थप ४ दिन हिरासतमा, रायमाझी भेटिएनन्

नेपालीलाई भुटानी बनाउने प्रकरण : के हो देउवा र ओली कनेक्सन?

भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण हिरासत कक्षमा, काँग्रेस र एमालेमा त्रास

नक्कली भुटानी बनाउने गिरोह : सुरुदेखिकै फाइल खोल्न सक्कलीले दिए सुझाव

फिल्म चलाउन प्रचण्डलाई गगनको टिप्स, भुटानी शरणार्थीले दिने भए घुस्याहरुको विवरण

शरणार्थी प्रकरणमा दलहरूको संरक्षण, प्रहरी बिचौलिया मात्रै पक्राउ गर्न बाध्य

भुटानी शरणार्थी प्रकरण डिसमिस हुने आशङ्का

नक्कली भुटानी शरणार्थी प्रकरणमा पोलापोल, राप्रपालाई व्यवस्थाकै विरोध गर्ने मसला

नक्कली भुटानी शरणार्थी : प्रचण्डलाई ओलीको दबाब, रायमाझी सम्पर्क बाहिर

भुटानीका नाममा नेपाली नागरिकमाथि लुट…

भुटानी शरणार्थी प्रकरण : पूर्वउर्जामन्त्री रायमाझीविरुद्ध पक्राउ पुर्जी, उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

भुटानी राजाको अत्याचार : अन्तर्राष्ट्रिय समुदाय जानकार तर, मौन

शरणार्थीका नाममा अमेरिका पठाउने ८१ जनाको पहिचान, पूर्वपरराष्ट्रमन्त्रीका सहयोगी सहित ३ जना पक्राउ

भुटानमा प्रजातन्त्र आउनै दिँदैन भारत, नेपालको स्वार्थ यस्तो…

भुटान फर्कन हारगुहार (भिडियो)

भुटानको निरङ्कुशता : परिवार भेट्न नपाएको ३० वर्ष

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading