टेकनाथ रिजालको बयान, ‘जसले आश्रय दियो, उसैले फसायो’

टेकनाथ रिजालको बयान, ‘जसले आश्रय दियो, उसैले फसायो’

काठमाडौँ : सरकार अबको दुई महिनापछि सुरु हुने आर्थिक वर्षको बजेट निर्माणमा जुटिरहेको छ। सरकारले बजेटका सिद्धान्त र प्राथमिकता सङ्घीय संसद्मा प्रस्तुत गरिसकेको छ।

नीति तथा कार्यक्रममाथि सांसदहरूले बोल्ने क्रम चलिरहेको छ। भ्रष्टाचार नियन्त्रणमा सरकार र नागरिक समाज एकै ठाउँमा उभिएको उल्लेख गरिएको नीति तथा कार्यक्रम फिर्ता लिन नेकपा एमालेले माग गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले फिर्ता लिन या पुनर्लेखन गर्न सरकारलाई भनेका छन्।

भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर रूपमा प्रस्तुत भएको देखिएको छ। सुशासन कायम गर्न सरकारलाई जनताले साथ दिएका छन्। देशको अर्थतन्त्र खोक्रो बनाएर व्यक्ति मोटाउने प्रवृत्ति विरुद्ध जनता उर्लिन मात्रै बाँकी छ। देशका विभिन्न ठाउँबाट खबरदारी भइरहेको छ। सरकारले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘सुशासनमा कुनै सम्झौता हुने छैन’ भनिएको छ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा राखेको लक्ष्य अनुसार राजश्व सङ्कलन हुन सकेको छैन। कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) को तथ्याङ्क अनुसार जेठ ७ गते लक्ष्य भन्दा कम ५४.९८ प्रतिशत राजश्व सङ्कलन भएको छ। कर राजश्व लक्ष्यको ५३.९८ प्रतिशत मात्रै सङ्कलन भएको छ।

अर्थतन्त्र चलायमान भएको तथ्याङ्कले नै पुष्टि गरेको छैन। केन्द्रीय तथ्याङ्क कार्यालयले कुल गार्हस्थ्य उत्पादन (जिडिपी) २ प्रतिशतमा खुम्चने अनुमान गरेको छ। भूकम्प र कोभिड १९ को महामारीलाई अर्थतन्त्र तहसनहस हुनुको कारण देखाउने गरिएको छ। कोरोना नेपालमा मात्रै होइन, विश्वभर फैलिएको महामारी हो।

नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८० वैशाखको आर्थिक तथा वित्तीय स्थिति तयार गर्ने क्रममा रहेको जनाएको छ। २०७९ चैत महिनामा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.७६ प्रतिशत रहेको थियो। आयात १८.१, निर्यात २६.३ र कुल वस्तु व्यापार घाटा १७.१ प्रतिशतले घटेको थियो।

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २४.२ प्रतिशतले बढेको थियो चैत महिनामा। बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ७ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.५ प्रतिशतले बढेको विवरण राष्ट्र बैङ्कले सार्वजनिक गरिसकेको छ।

वैशाख महिनामा चैतको भन्दा केही सुधार देखिने राष्ट्र बैङ्कले जनाएको छ। तथ्याङ्क विश्लेषणको काम भइरहेको राष्ट्र बैङ्कको आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले बताए। ‘सुधारको क्रममा छ। नराम्रो दिशामा छैन,’श्रेष्ठले पहिचानसँग भने,‘बैङ्कहरूको ब्याजदर घट्दो क्रममा छ, चैतको भन्दा वैशाखमा केही सुधार देखिन सक्छ।’

भ्रष्टाचारीहरूको तीन पुस्ते सम्पत्ति जफत गरे देशको तीन आर्थिक वर्षको बजेट धान्न सक्ने बजार अनुमानहरू सार्वजनिक भइरहेका छन्। नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले मुलुकमा केही गर्न बहुलाउनै पर्ने लेखेका छन्। सामाजिक सञ्जाल फेसबुकमा उपमहासचिव रिमालले ‘हो, मुलुकमा केही गर्न हामी अब बहुलाउनै पर्ने भो’ लेखेका हुन्।

संविधान निर्माणमा बहुलाएरै लागेको उनले उल्लेख गरेका छन्। ‘फेरी पनि मेरो यो शब्द प्रयोगमा विभिन्न व्यक्तिहरूको असहमति देख्छु, सामाजिक सञ्जालमा आलोचना गरिरहेको देख्छु। म ती आलोचना स्विकार्छ, धन्यवाद।’रिमालले लेखेका छन्।

संविधानको आफू अनुकूल व्याख्या गरेर दुईदुई पटक केपी ओलीले संसद् विघटन गरेका थिए। सर्वोच्च अदालतले संसद् विघटनलाई असंवैधानिक ठहर गरेपछि ओली बालुवाटारबाट बालकोटको बार्दलीमा पुगेका थिए। पूर्वप्रधानमन्त्री समेत रहेका ओलीका राजनीतिक सल्लाहकार थिए रिमाल। रिमालले अहिले मुलुकमा केही गर्न बहुलाउनै पर्ने भो भनेका हुन्।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणले भ्रष्टाचार नियन्त्रणमा केही आशा लाग्दा लक्षण देखिएका प्रतिक्रिया सार्वजनिक भइरहँदा रिमालले भने ‘बहुलाउनै पर्ने’ शब्द लेखेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीले सोमबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउँदैछ।

सरकारी वकिलको कार्यालय काठमाडौँले प्रहरीको प्रतिवेदन प्राप्त भएपछि अध्ययन गरिने जनाएको छ। जिल्ला न्यायाधीवक्ता लक्ष्मण उपाध्याय घिमिरेले प्रतिवेदन प्राप्त भएपछि अध्ययन गर्ने जानकारी दिए। ‘प्रहरीले आज (सोमबार) प्रतिवेदन बुझाउने भनेको छ,’घिमिरेले पहिचानसँग भने,‘प्रतिवेदन प्राप्त भएपछि अध्ययन गरेर निर्णयमा पुग्छौ।’

टेकनाथको बयान

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सक्कली टेकनाथ रिजालले आफूलाई राज्य संयन्त्र मिलेर फसाइएको बयान दिएका छन्। नेपाल सरकारकै दानापानी खाएर बसेको, यही आश्रय लिएकाले पैसा खाने उद्देश्य नै नरहेको रिजालले बयान दिएको स्रोतले बताएको छ।

‘राज्यका गृहमन्त्री, गृह सचिवले नै अराएको काम गरेको हुँ,उनीहरूकै आश्रयमा बसेको हुँ, उनीहरूले भने अनुसार गरिदिएको हुँ,’रिजालसँग बयान लिएको सरकारी वकिलको कार्यालय स्रोतले पहिचानसँग भन्यो,‘राज्य नै लागेर मलाई फसाइयो।’

शरणार्थीको परिचय पत्रमा टेकनाथ रिजालको लेटरप्याड प्रयोग भएको पाइएको स्रोतले बताएको छ। आरोपीहरूले रिजाललाई ७ लाख रुपैयाँ दिएको बयान दिएका छन्। रिजालले पनि पैसा लिएको अस्वीकार गरेका छैनन्।

‘पैसा लिएको अस्वीकार गरेका छैनन् रिजालले,’सरकारी वकिलको कार्यालय स्रोतले भन्यो,‘राज्यका गृहमन्त्री, गृह सचिव लागेका छन्, मैले विश्वास गर्नै पर्‍यो, उनीहरूकै आश्रयमा बसेको मलाई फसाउँछन् भन्ने सोचिन।’

सन् १९८९ मा नेपाल भागेर आएका रिजाल तत्कालीन पञ्चायती सरकारले गिरफ्तार गरेर भुटान फिर्ता पठाइदिएको थियो। भुटानमा १० वर्ष जेल जीवन बिताएर पुन नेपाल आएका रिजाल आफ्नो देश फर्कन पाएका छैनन्। स्वदेश फर्कन पाउने आशामा नेपाली नेताहरूलाई हारगुहार गर्दै आएका रिजाल नै नक्कली शरणार्थीको फन्दामा परेका छन्।

सक्कली भुटानी शरणार्थी रिजालको गिरफ्तारीसँगै भुटान फर्कने आशामा रहेकाहरू चिन्तित बनेका छन्। भुटानी शरणार्थीहरू सामाजिक सञ्जालमा रिजालको गिरफ्तारी स्वदेश फिर्तीको अभियान मार्ने षडयन्त्र भएको आरोप समेत लगाएका छन्।

सम्बन्धित समाचार

‘नक्कली शरणार्थी प्रकरणमा टेकनाथ रिजालमाथि भ्रष्टहरूको प्रतिशोध’

पञ्चायतकालमा पनि पक्राउ परेका थिए टेकनाथ रिजाल, अहिलेको गिरफ्तारीले संशय (भिडियो)

पूर्वप्रधानमन्त्री, गृहमन्त्री र सचिवको नाम पोले पछि आफैँ पक्राउ परे टेकनाथ रिजाल

शरणार्थी काण्डले ठुला माछाहरूमा छटपटी, अनुसन्धानका लागि अन्तिम तीन दिनको समय

किन बोल्दैनन् भुटानी शरणार्थी समाधानमा नेताहरू?

नक्कलीको लफडामा सक्कलीले गरे प्रश्न, भुटानी शरणार्थी सबैको पैसा कमाउने मुहान हो?

पक्राउ परेका रायमाझीको बयान सुरु, परिचयपत्र नपाएको खाँटी भुटानीको गुनासो

सक्कली भुटानीको पीडा : शरणार्थीलाई कन्त बिजोग बनाए (भिडियो)

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण थप ४ दिन हिरासतमा, रायमाझी भेटिएनन्

नेपालीलाई भुटानी बनाउने प्रकरण : के हो देउवा र ओली कनेक्सन?

भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण हिरासत कक्षमा, काँग्रेस र एमालेमा त्रास

नक्कली भुटानी बनाउने गिरोह : सुरुदेखिकै फाइल खोल्न सक्कलीले दिए सुझाव

फिल्म चलाउन प्रचण्डलाई गगनको टिप्स, भुटानी शरणार्थीले दिने भए घुस्याहरुको विवरण

शरणार्थी प्रकरणमा दलहरूको संरक्षण, प्रहरी बिचौलिया मात्रै पक्राउ गर्न बाध्य

भुटानी शरणार्थी प्रकरण डिसमिस हुने आशङ्का

नक्कली भुटानी शरणार्थी प्रकरणमा पोलापोल, राप्रपालाई व्यवस्थाकै विरोध गर्ने मसला

नक्कली भुटानी शरणार्थी : प्रचण्डलाई ओलीको दबाब, रायमाझी सम्पर्क बाहिर

भुटानीका नाममा नेपाली नागरिकमाथि लुट…

भुटानी शरणार्थी प्रकरण : पूर्वउर्जामन्त्री रायमाझीविरुद्ध पक्राउ पुर्जी, उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

भुटानी राजाको अत्याचार : अन्तर्राष्ट्रिय समुदाय जानकार तर, मौन

शरणार्थीका नाममा अमेरिका पठाउने ८१ जनाको पहिचान, पूर्वपरराष्ट्रमन्त्रीका सहयोगी सहित ३ जना पक्राउ

भुटानमा प्रजातन्त्र आउनै दिँदैन भारत, नेपालको स्वार्थ यस्तो…

भुटान फर्कन हारगुहार (भिडियो)

भुटानको निरङ्कुशता : परिवार भेट्न नपाएको ३० वर्ष

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading