नक्कली शरणार्थी : निर्दोष फस्ने, दोषी उम्कने चिन्ता

नक्कली शरणार्थी : निर्दोष फस्ने, दोषी उम्कने चिन्ता

काठमाडौं : पशुपतिनाथमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने विवादले शुक्रवारको प्रतिनिधिसभा बैठक शनिवार ४ बजेका लागि बोलाइएको छ। नीति तथा कार्यक्रममाथिको छलफल सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने संसद्को तालिका फेल खाएको छ।

संसद्को दोस्रो ठुलो दल नेकपा एमालेले जलहरी सुन कि पित्तल भनेर भ्रष्टाचार भएको आरोप लगाउने सांसदले माफी माग्नु पर्ने माग गरेर बैठक चल्न दिएन। १० पुसमा बसेको प्रतिनिधिसभाको बैठकमा सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले केपी ओली प्रधानमन्त्रीमा नियुक्त हुँदा ७ खर्ब रहेको ऋण ओली सरकारबाट बाहिरिँदा १७ खर्ब कसरी पुग्यो? भनेर प्रश्न गरे।

सरकारले राम्रो काम गर्न लागेको भन्दै सांसद दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीमा इश्र्या, डाहा देखिएको बताएका थिए। ओलीलाई सार्थक बहसको प्रक्रियामा सहभागी नै हुन नसकेको भनेर उनले आलोचना समेत गरे।

ओली प्रधानमन्त्री हुँदा भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै उनले भने,‘उहाँ सरकारमा बस्दा कति भ्रष्टाचारका काण्डहरू आए? यति, ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्रीको दुई अर्बको भ्रष्टाचार। त्यति मात्रै होइन, पशुपतिनाथमा जलहरी लाउँदा पनि सुन लाउने भनेर पित्तल लाइदिएर गरेका भ्रष्टाचारहरू। यस्ता सयौँ, हजारौँ भ्रष्टाचारका काण्डहरू छन्।’

पशुपतिनाथमा जलहरी लाउँदा समेत भ्रष्टाचार गरेको आरोप अध्यक्ष ओलीमाथि नै लागेपछि एमालेले संसद् बैठक चल्न दिएन। २७५ सदस्यीय प्रतिनिधिसभामा एमालेका ७८ सांसद छन्। त्यसमध्ये काँग्रेसका टेकबहादुर गुरुङ भ्रष्टाचार काण्डमा मुछिएकाले निलम्बनमा छन् भने एमालेका लक्ष्मी महतो कोइरी पनि निलम्बनमा छन्।

मङ्सिर ४ मा भएको निर्वाचनपछि पुस २५ गते प्रतिनिधिसभाको पहिलो बैठक बसेको थियो। पुस २६ गते नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्बाट विश्वासको मत लिएका थिए। त्यतिवेला एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डलाई संसद्को पहिलो दल नेपाली काँग्रेसले पनि विश्वासको मत दिएको थियो। विश्वासको मत दिएपछि काँग्रेसलाई एमाले अध्यक्ष ओलीले ढोक्सामा माछा नपर्ने अभिव्यक्ति दिएका थिए।

तर, चैत ६ गते प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिनु पर्‍यो। एमाले प्रतिपक्षमा बस्न पुग्यो। काँग्रेस सरकारमा पुग्यो। एमालेले सरकारमा हुँदा भ्रष्टाचार नियन्त्रण गर्न होइन भ्रष्टाचारका काण्ड चलाउने नाम राखेको आरोप लागेपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशनको १४ औँ बैठक नै अवरुद्ध गर्‍यो।

एमालेले सुनको जलहरी होइन भने प्रमाणित गर्न सरकारलाई चुनौती नै दिएको छ। प्रमाणित गरेर कारबाही गर्न एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले चुनौती दिए। एमालेले ओलीले भ्रष्टाचार गरेका छैनन् भनेर सरकारले भन्नुपर्ने अडान राखेको छ। भ्रष्टाचार गरेको आरोप लगाउने सांसद दाहालले माफी माग्नुपर्ने अन्यथा संसद् चल्न नदिने एमालेको अड्डी छ।

पशुपतिको जलहरीमा भ्रष्टाचार भएको छैन भनी सरकारले भन्न सक्दैन। संसद्मा बोलेका कारण माफी माग्न लगाउने कानुनी व्यवस्था पनि छैन। एमालेले संसदीय छानबिनको प्रस्ताव समेत अस्वीकार गरेको छ।

सरकारले अहिले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्नलाई पक्राउ गरेर बयान लिइरहेको छ। यो प्रकरणमा एमालेका नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, काँग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन्। पूर्वगृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापा बादलको कार्यकालमा बनेको समितिको नक्कली कामको पर्दाफास भए पनि उनै बादल भने कता छन् पत्तो छैन।

पक्राउ परेकाहरूको बयानका आधारमा नक्कली शरणार्थी बनाएर रकम असुल्ने धन्दा सिंहदरबार र बालुवाटारबाटै भएको देखिएको छ। सरकारले शरणार्थी प्रकरणसँगै अरू पनि भ्रष्टाचारका फायल खोल्ने बताइरहँदा सत्तामा नभएको एमालेलाई राम्रो काम गर्ला भन्ने चिन्ता लागेर नीति तथा कार्यक्रमको विरोध गरेको समेत सांसद दाहालले आरोप लगाएका थिए।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको शुक्रवारदेखि जिल्ला अदालत काठमाडौँले बयान लिन सुरु गरेको छ। नेपाली नागरिकलाई भुटान मानवअधिकार सङ्गठनको सदस्य दिएको आरोपमा दुई दशकदेखि निर्वासित जीवन बिताइरहेका शरणार्थी नेता टेकनाथ रिजाल पनि गिरोहसँगै पक्राउ परेका छन्।

नेपाल सरकारको सुविधा लिएर निर्वासित जीवन बिताइरहेका रिजालको जिल्ला अदालतमा बयान हुनै बाँकी छ। रिजाल शरणार्थी समस्याको दीर्घकालीन समाधानका लागि नेपाल सरकार, नेपाली राजनीतिक दलका नेताहरूको ढोका चाहिरहेका थिए।

उनको गिरफ्तारीसँगै शरणार्थी समस्या समाधानको च्याप्टर जस्तै क्लोज भएको छ। नेपालले भारतलाई बोल्न लगाउनु पर्ने माग गर्दै आएका रिजाल नै यति बेला नेपालको जेलमा बन्दी बनेका छन्। आसन्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा भुटानी शरणार्थी समस्याबारे कुराकानी केही पनि नहुने प्रचण्डको राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले बताइसकेका छन्।

प्रधानमन्त्रीको भारत भ्रमण : भुटानी शरणार्थी समस्या एजेन्डामै नपर्ने

भ्रष्टाचारको दलदलमा फसेका नेपाली राजनीतिज्ञहरू आफू पानी माथिको ओभानो बन्न तँछाडमछाड गरिरहेका छन्। दलहरूभित्रै पनि भ्रष्टाचारीलाई उम्काउने र जेल भित्र कोच्नु पर्ने बराबर आवाज बुलन्द भइरहेको छ।

व्यक्तिका लागि राजनीतिक दलहरू नै सती जानेसम्मको स्थितिमा पुग्न लागेका छन्। छानबिनमा सहयोग गरेर निर्दोष फस्न नदिनु पर्ने ठाउँमा दलहरू दोषी उम्काउन लागेको भन्दै नागरिक खरबदारी पनि भइरहेको छ।

कुण्ठा पोख्ने र धम्की दिने

दलका नेताहरू सामाजिक सञ्जालमार्फत नागरिकको ध्यान आफूतिर आकृष्ट गर्ने प्रयास गरिरहेका छन्। सर्वोच्च अदालतमा सांसद पद खारेज गर्न माग गरिएको रिट दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले घण्टी बजाउन पनि जानेको धम्की दिएका छन्। ‘घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ,’ लामिछानेले फेसबुकमा लेखेका छन्।

मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ भनेका लामिछानेलाई एमालेका उपमहासचिव विष्णु रिमालले सत्य स्थापित भए मात्र इरिटेशन रोक्न सकिने जवाफ दिएका छन्। रिमालले समाजबाट निराशा र दिक्दारीको तुवाँलो हटाउन पहिलो काम झुट्टा सूचनामा ब्रेक लगाउनु पर्ने भनेका छन्। ‘अफवाहप्रति सचेत बन्नु पर्छ, बनाउनु पर्छ। सत्य स्थापित भए मात्र इरिटेशन रोक्न सकिन्छ, आशा जगाउन सकिन्छ’ रिमालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

रिमाल जिफन्टको अध्यक्ष हुँदै एमालेको उपमहासचिव बनेका हुन्। एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा रिमाल प्रमुख राजनीतिक सल्लाहकार थिए। ओली प्रधानमन्त्री हुँदा पशुपतिनाथमा सुनको भनेर पित्तलको जलहरी लाइदिएर समेत भ्रष्टाचार भएको आरोप लागेपछि रिमालकै दल एमालेले संसद् चल्न दिएन।

रिमालको स्ट्याटसमा रामकृष्ण शर्माले ‘सरलाई चुनाव लड्नु परेन, डाडु पन्युँ चाट्न यसै पाइएकै छ। गफ लडायो बस्यो..मजदुरका नामबाट राजनीति सुरु गरेको तपाई यति चिल्लो र राज्य शक्तिमा हालीमुहाली गरिराख्ने कसरी हुनुभयो? कुन योग्यताले, कुन क्षमताले? एक जनाको प्रिय पात्र भएकै नाताले होइन? एमालेमा ३ दशक बिताएका विष्णु दमाई, विष्णु पण्डित, विष्णु यादव, विष्णु चौधरी, विष्णु राईहरूको हालत के छ? भनेर प्रश्न गरेका छन्।

रास्वपाका सभापति लामिछानेले अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौँमा पेस गरी नेपाली नागरिकता पुन कायम गराएको लेखेर पोस्ट गरेको स्ट्याटसमा ‘कसैलाई दुःख दिने मनसाय राखी उजुरी गर्नु/मुद्दा हाल्नु पनि गैरकानुनी कृत्य हो’ भन्ने प्रतिक्रिया आएको छ।

रिमाल पुरानो दलका नेता हुन भने लामिछाने मङ्सिर ४ को चुनाव भन्दा पाँच महिना अगाडि दर्ता भएको रास्वपाको सभापति हुन्। नेताहरूका स्ट्याटसमा सकारात्मक र नकारात्मक दुवै किसिमका प्रतिक्रिया आइरहेका छन्।

सत्तारुढ र प्रतिपक्ष एक अर्कामा हिलो छ्यापाछ्यापमा उत्रिएका छन्। भ्रष्टाचारको सुरुदेखिका फायल खोल्ने लामिछानेको माग र नक्कली शरणार्थी प्रकरणले ल्याएको तरङ्ग संसारभर फैलिएको छ।

सम्बन्धित समाचार

नक्कली शरणार्थी प्रकरण : टेकनाथ रिजालले नै दिएका थिए प्रहरीमा निवेदन

नक्कली भुटानी शरणार्थी : अब अदालतमा थुनछेक बहस

नक्कली शरणार्थी प्रकरणमा एक-अर्कालाई पोलापोल, काँग्रेस र एमाले आक्रोशित

नक्कली शरणार्थी प्रकरण : ३३ जनाविरुद्ध मुद्दा, २७ करोड ५० लाख बिगो दाबी

टेकनाथ रिजालको बयान, ‘जसले आश्रय दियो, उसैले फसायो’

‘नक्कली शरणार्थी प्रकरणमा टेकनाथ रिजालमाथि भ्रष्टहरूको प्रतिशोध’

पञ्चायतकालमा पनि पक्राउ परेका थिए टेकनाथ रिजाल, अहिलेको गिरफ्तारीले संशय (भिडियो)

पूर्वप्रधानमन्त्री, गृहमन्त्री र सचिवको नाम पोले पछि आफैँ पक्राउ परे टेकनाथ रिजाल

शरणार्थी काण्डले ठुला माछाहरूमा छटपटी, अनुसन्धानका लागि अन्तिम तीन दिनको समय

किन बोल्दैनन् भुटानी शरणार्थी समाधानमा नेताहरू?

नक्कलीको लफडामा सक्कलीले गरे प्रश्न, भुटानी शरणार्थी सबैको पैसा कमाउने मुहान हो?

पक्राउ परेका रायमाझीको बयान सुरु, परिचयपत्र नपाएको खाँटी भुटानीको गुनासो

सक्कली भुटानीको पीडा : शरणार्थीलाई कन्त बिजोग बनाए (भिडियो)

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण थप ४ दिन हिरासतमा, रायमाझी भेटिएनन्

नेपालीलाई भुटानी बनाउने प्रकरण : के हो देउवा र ओली कनेक्सन?

भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण हिरासत कक्षमा, काँग्रेस र एमालेमा त्रास

नक्कली भुटानी बनाउने गिरोह : सुरुदेखिकै फाइल खोल्न सक्कलीले दिए सुझाव

फिल्म चलाउन प्रचण्डलाई गगनको टिप्स, भुटानी शरणार्थीले दिने भए घुस्याहरुको विवरण

शरणार्थी प्रकरणमा दलहरूको संरक्षण, प्रहरी बिचौलिया मात्रै पक्राउ गर्न बाध्य

भुटानी शरणार्थी प्रकरण डिसमिस हुने आशङ्का

नक्कली भुटानी शरणार्थी प्रकरणमा पोलापोल, राप्रपालाई व्यवस्थाकै विरोध गर्ने मसला

नक्कली भुटानी शरणार्थी : प्रचण्डलाई ओलीको दबाब, रायमाझी सम्पर्क बाहिर

भुटानीका नाममा नेपाली नागरिकमाथि लुट…

भुटानी शरणार्थी प्रकरण : पूर्वउर्जामन्त्री रायमाझीविरुद्ध पक्राउ पुर्जी, उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

भुटानी राजाको अत्याचार : अन्तर्राष्ट्रिय समुदाय जानकार तर, मौन

शरणार्थीका नाममा अमेरिका पठाउने ८१ जनाको पहिचान, पूर्वपरराष्ट्रमन्त्रीका सहयोगी सहित ३ जना पक्राउ

भुटानमा प्रजातन्त्र आउनै दिँदैन भारत, नेपालको स्वार्थ यस्तो…

भुटान फर्कन हारगुहार (भिडियो)

भुटानको निरङ्कुशता : परिवार भेट्न नपाएको ३० वर्ष

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading