नक्कली शरणार्थी : बयान दिन आनाकानी, ‘बिरामी भए, सन्चो छैन’ भन्ने बहाना

नक्कली शरणार्थी : बयान दिन आनाकानी, ‘बिरामी भए, सन्चो छैन’ भन्ने बहाना

काठमाडौं : नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएको आरोपमा पक्राउ परेकाहरूको बयान दिन आनाकानी गरेका छन्। आरोपीहरू मध्ये केहीले ‘बिरामी भए, सन्चो छैन’ भनेकाले पालोमा बयान हुन नसकेको जिल्ला अदालत काठमाडौँले जनाएको छ।

आइतबार बयान दिने पालोमा परेका पुर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईले मङ्गलवार मात्रै बयान दिएका छन्। ‘खोइ किन हो? उहाँले बयान दिन आनाकानी गरिरहनु भएको छ,’अदालत स्रोतले भन्यो,‘बिरामी भए, सन्चो छैन भनिरहनु छ, उहाँहरूले बयान त दिनै पने हुन्छ।’

बिसन्चो भएको बहाना बनाएर आइतबार बयान दिन इन्कार गरेका राईले मङ्गलवार बयान दिए। काठमाडौँ जिल्ला अदालतमा आरोपी राईसँगै मङ्गलवार सन्देश शर्मा र नरेन्द्र केसीको बयान लिइएको छ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान लिने क्रम चलिरहेको छ। यसअघि केशवप्रसाद दुलाल, सागर राई, सन्दीप रायमाझी, लक्ष्मी महर्जन र टङ्ककुमार गुरुङको बयान लिएको थियो।

पुर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डे, भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजालको बयान लिन बाँकी छ। ‘पालोमा बयान हुन सकेन,’स्रोतले भन्यो,‘दुई तीन जनाको स्कीप भएको छ।’

जिल्ला अदालत काठमाडौँले पक्राउ परेकामध्ये ८ जनाको बयान लिइसकेको जनाएको छ। अब ९ जनाको बयान लिन बाँकी छ। सकभर शुक्रवारसम्म बयान लिने काम सकिने जिल्ला सरकारी वकिलको कार्यालयका सहन्यायाधीवक्ता अच्युतमणि नेउपानेले बताए। ‘शुक्रवारसम्म सकिन्छ होला,’उनले भने,‘बयान दिन आनाकानी गर्नेहरू पनि रहेको मैले पनि सुनेको छु,उनीहरूले बयान दिनै पर्छ ।’

पक्राउ परेकाहरूको जिल्ला अदालत काठमाडौँले जेठ १२ देखि बयान लिन सुरु गरेको हो। आरोपीहरूले इन्कारी बयान दिएका छन्। ‘आरोप स्वीकारेका छैनन्,’स्रोतले भन्यो,‘उहाँको बयान इन्कारी नै आइरहेको छ।’

पक्राउ परेका पुर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र बालकृष्ण खाँणको बुधवार या बिहीबार बयान हुने सहन्यायाधीवक्त नेउपानेले बताए। बहालवाला सचिव टेकनारायण पाण्डे, भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजाल सहितको बयान सकिएपछि थुनछेक बहस हुनेछ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना प्रतिवादी छन्। प्रतिवादी मध्ये १७ जना पक्राउ परेका छन्। १३ जना अझै फरार छन्।

सरकारी वकिलको कार्यालयले नेपाल प्रहरीले अनुसन्धान गरेर बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला अदालत काठमाडौँमा ३० जनालाई आरोपी बनाउँदै २२४ पृष्ठ लामो अभियोग पत्र दायर गरेको छ।

रिजालको अभियोग पत्र

प्रतिवादी मध्येका टेकनाथ रिजालले बयानको क्रममा नेपाली नागरिकहरूलाई नक्कली शरणार्थी बनाइ अमेरिका पठाइ दिने भनी पीडितहरूबाट रकम लिने कायमा प्रतिवादीहरू केशव प्रसाद दुलाल, सानु भण्डारी, राम शरण के.सी., प्रेमराज पन्थी, इन्द्रजित राई र टोपबहादुर रायमाझी सुरु अवस्था देखि नै संलग्न छन् भन्ने आफूलाई थाहा भएको भनी खुलाएका छन्। रिजालले टोपबहादुर रायमाझी, सानु भण्डारी र केशव दुलालबिच टोपबहादुर रायमाझीकै घरमा भेट भई नेपालीहरूलाई नक्कली भुटानी बनाई अमेरिका पठाउने बारेमा छलफल र कुराकानी भएको बयान दिएको अदालतमा दर्ता भएका अभियोग पत्रमा उल्लेख गरिएको छ।

रिजालले ५/६ वर्ष पहिले राम शरण केसी आफ्नै घरमा गई नेपालीहरूलाई नक्कली भुटानी बनाई अमेरिका लैजाने योजना बारेमा जानकारी दिएको बयान दिएको अभियोग पत्रमा उल्लेख छ। केसी सो को लागि मद्दत माग्न आएको भन्ने खुलाएको, केसीलाई भेषराज शर्मा लम्साल र केशव दुलालसँग चाहबेलको एवान पाटी प्यालेसमा भेट गराइ दिएको रिजालले बयान दिएका छन्। केसीलाई टेकनाथ रिजालले प्रतिवादी केशव प्रसाद दुलाल र भेषराज लम्सालसँग भेट गराइ निज टेकनाथ रिजालले अब काम हुन्छ भुटानी शरणार्थी बनाइ अमेरिका लगिदिने सम्पूर्ण काय वहाँहरूले गर्नु हुन्छ भने ग्यारेन्टी गरेको अभियोग रिजालमाथि लगाइएको छ।

मिति २०७६ असार/श्रावणमा आफ्नो र आफ्नो चिनजानका ३४ जना व्यक्तिहरूको भुटानी शरणार्थी कार्ड परिचय पत्र भुटान ह्युमन राइट अर्गनाइजेशन मेम्बरशीप कार्ड बनाई सो कार्डमा टेकनाथ रिजालले सहिछाप गरी दिएको भनी खुलाएको र सो कुरा टेकनाथ रिजालले स्वीकार गरी बयान गरेको अभियोग पत्रमा लेखिएको छ।

‘निज प्रतिवादी टेकनाथ रिजाल, केशव प्रसाद दुलाल र इन्द्रजित राईको फोटो मिसिल संलग्न देखिनु, निज प्रतिवादी टेकनाथ रिजाललाई गौशाला स्थित रहेको प्रतिवादी केशव प्रसाद दुलालले नक्कली भुटानी शरणार्थी बनाउने कायका लागि फारम भने र बायोमेट्रिक गने कार्यका लागि बुक गरेको रोजस्टार होटेलमा ३/४ दिनसम्म राखेको,’अभियोग पत्रमा लेखिएको छ,‘निज प्रतिवादी राम शरण केसीबाट प्रतिवादी टेकनाथ रिजालले ११ लाख नगदै निजको घर झापामा लिएको हो भनी प्रतिवादी रामशरण केसीले खुलाइ लेखाइ दिएको साथै प्रतिवादी सानु भण्डारीको घरबाट बरामद भएको डायरीमा यी प्रतिवादी टेकनाथ रिजालको लागी खर्च भएको भनी विवरण फेला परेको।’

रिजालमाथि झापा खुदुनावारी ४ बस्ने सुमित्रा पौडेललाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउनको लागि सानु भण्डारी र केशव प्रसाद दुलालसँग भेट गराई दिई रकम समेत दिएको अभियोग लगाइएको छ।

‘लामो समयसम्म काम नभएकोले कामको लागि प्रतिवादी टेकनाथ रिजाललाई ताकेता गरेको भन्ने निजै सुमित्रा पौडेलले खुलाइ लेखाई दिएको समेतका आधार कारणबाट प्रतिवादी टेकनाथ रिजाल पनि प्रतिवादीहरू इन्द्रजित राई, सानु भण्डारी, केशव दुलाल, टेक नारायण पाण्डे, टोप बहादुर रायमाझी, राम शरण केसी समेतसँग मिलेमतो गरी सङ्गठित तवरले पीडित जाहेरवालाहरूलाई ठगी गर्ने काय गर्नुका साथै नेपालमा लामो समय सम्म भुटानी शरणार्थीको रूपमा बसी नेपाल सरकारबाट सेवा सुविधा समेत लिई नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाई तोस्रो मुलुक पठाई दिन्छु भनी ठगी काय गरेबाट नेपाल राष्ट्रको हितको प्रतिकुल हुने काम समेत गरेको देखिदा यी प्रतिवादी टेकनाथ रिजालले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने समूहमा आबद्ध भई भुटानी शरणार्थीसँग सम्बन्धित नक्कली प्रतिवेदन, गृह मन्त्रालयका पत्रहरूका आधारमा विश्वास दिलाइ करोडौँ रकम उठाइ पीडितहरूलाई हानी नोक्सानी पुर्‍याइ ठगी गरी लाभ लिई मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा (१) र (२) बमोजिम ठगीको कसुर गरेको पुष्टि हुन आयो।’

टेकनाथ रिजालले बालकृष्ण पन्थी संयोजक रहेको भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरू पहिल्याउन गठित कार्यदलको प्रतिवेदन २०७६ मा ४२९ जना छुट भएको भुटानी शरणार्थी भनी उल्लेख भएकोमा सो प्रतिवेदनका आधारमा गैर भुटानी शरणार्थीलाई अमेरिका पठाउन सम्भव नभएको हुँदा करोडौँ रकम आर्जन उद्देश्यले प्रतिवादीहरूले एक आपसमा मिलेमतो गरी बालकृष्ण पन्थी संयोजक रहेको सक्कली प्रतिवेदनलाई गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे मार्फत बाहिर ल्याएर सो प्रतिवेदनको पृष्ठ ३ को ६ नंं बुँदामा अन्तिम वाक्यको ब्यहोरा थप गरेको अभियोग पत्रमा लेखिएको छ।

पृष्ठ १८ को निष्कर्षमा ब्यहोरा फेरबदल गरी गृह मन्त्रालयमा सक्कल प्रतिवेदनको ठाउँमा नक्कली प्रतिवेदन राखी भुटानी शरणार्थीका नाममा नेपाली नागरिकलाई परिचय पत्र जारी गरी लिखत किर्ते, सङ्गठित अपराध र ठगी गरी अकुत सम्पत्ति आर्जन गरेको र नक्कली प्रतिवेदन तथा भुटानी शरणार्थीको नक्कली परिचय पत्र बनाइ लिखत किर्तेको कसुर समेत गरेको देखिदा निज प्रतिवादी टेकनाथ रिजाललाई मुलुकी अपराध संहिता २७४ को दफा २७६ को उपदफा (१) र (२) बमोजिम सरकारी लिखत किर्तेको कसुर गरेको पुष्टि हुन आएको अभियोग लगाइएको छ।

त्यसैगरी प्रतिवादी टेकनाथ रिजालले आफूलाई लाभ पुर्‍याउने र अकुत सम्पत्ति कमाउने उद्देश्यले राष्ट्रहित प्रतिकुल काम गरेको निजहरूले गरेको उक्त कसुरले नेपालको स्वाभिमान तथा अन्तर्राष्ट्रिय छविमा आँच आएको र नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा हेर्ने दृष्टिकोणमा समेत आँच आउने गरी राष्ट्रको साख गिराउने कार्य समेत गरेकोले निज प्रतिवादी टेकनाथ रिजालले राष्ट्रहित प्रतिकुल काम गरेको देखिदा मुलुकी अपराध संहिता २०७४ को दफा ५१ को उपदफा (१) र (२) को खण्ड (क) र उपदफा (७) बमोजिम राज्य विरुद्धको कसुर गरेको देखिन्छ, अभियोग पत्रमा लेखिएको छ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइ दिने भनी योजना बनाई भुटानी शरणार्थीको नक्कली कार्ड समेत बनाई बहालवाला गृहमन्त्री, गृह सचिव, सुरक्षा सल्लाहकार, गृहमन्त्रीका निजी सचिव समेतलाई करोडौँ रुपैयाँ नगद उपहार दिई सो क्षेत्रका विशेषज्ञहरूलाई आपराधिक समूहको सङ्गठनमा मिसाइ श्रेणीबद्ध संरचना तयार गरी सङ्गठित आपराधिक क्रियाकलापमा लागेका सदस्यहरूको कामको जिम्मेवारी बाँडफाँड गरी तहगत आधारमा सबै भन्दा माथि अपराधको नाइकेका रूपमा प्रतिवादीहरू सानु भण्डारी र केशव दुलाल, इन्द्रजित राई, सन्दीप रायमाझी, प्रतीक थापा बसेर त्यसपछिको लेयरमा सो कायलाई कार्यान्वयन गर्ने प्रतिवादीहरू सन्देश शर्मा, आङटावा शेर्पा, निरज राई, टंक कुमार गुरुङ, सागर राई रही त्यस मुनी कार्यदल बनाउने नीति नियम बनाउने प्रतिवादीहरू टेक नारायण पाण्डे, नरेन्द्र केसी, टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, टेकनाथ रिजाल र शम्सेर मिया समेतले नीतिगत रूपमा प्रभाव पार्ने काय गरी सङ्गठित रूपमा ठगीको रकम उठाउने आपराधिक कार्यमा प्रतिवादीहरू राम शरण केसी, राजेश अयाल, विक्रम भन्ने गोविन्द चौधरी, सुनिल बुढाथोकी, निरञ्जन कुमार पोखरेल, धिरेन राई, मोहन राज राई, अशोक पोखरेल, सागर राई, दिपा हुमागाञी, विनीता साङदेन लिम्बु, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, राजेश अयाल समेतले ठगीको रकम सङ्कलन गरी आपराधिक लाभका लागि रकम उठाउने कार्य गरी तहगत संरचनाको आधारमा गोप्य ढङ्गले आ आफ्नो भूमिका निर्वाह गरी सङ्गठित अपराध समेत गरेको देखिएको अभियोग रिजाललाई लगाइएको छ।

टेकनाथ रिजाल समेतले नियोजित र सङ्गठित रूपमा समूहमा आबद्ध भई एकै वारदातमा एकभन्दा बढी कसुर गरी एकीकृत कसुर समेत गरेको देखिएको अभियोग लगाइएको छ।

सम्बन्धित समाचार

भुटानी शरणार्थीले खोजे भारतीय सहयोग, गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

नक्कली शरणार्थी : बयान लिन खोज्दा बादलका सुरक्षा सल्लाहकार राईलाई बिसन्चो

नक्कली शरणार्थी : निर्दोष फस्ने, दोषी उम्कने चिन्ता

नक्कली शरणार्थी प्रकरण : टेकनाथ रिजालले नै दिएका थिए प्रहरीमा निवेदन

नक्कली भुटानी शरणार्थी : अब अदालतमा थुनछेक बहस

नक्कली शरणार्थी प्रकरणमा एक-अर्कालाई पोलापोल, काँग्रेस र एमाले आक्रोशित

नक्कली शरणार्थी प्रकरण : ३३ जनाविरुद्ध मुद्दा, २७ करोड ५० लाख बिगो दाबी

टेकनाथ रिजालको बयान, ‘जसले आश्रय दियो, उसैले फसायो’

‘नक्कली शरणार्थी प्रकरणमा टेकनाथ रिजालमाथि भ्रष्टहरूको प्रतिशोध’

पञ्चायतकालमा पनि पक्राउ परेका थिए टेकनाथ रिजाल, अहिलेको गिरफ्तारीले संशय (भिडियो)

पूर्वप्रधानमन्त्री, गृहमन्त्री र सचिवको नाम पोले पछि आफैँ पक्राउ परे टेकनाथ रिजाल

शरणार्थी काण्डले ठुला माछाहरूमा छटपटी, अनुसन्धानका लागि अन्तिम तीन दिनको समय

किन बोल्दैनन् भुटानी शरणार्थी समाधानमा नेताहरू?

नक्कलीको लफडामा सक्कलीले गरे प्रश्न, भुटानी शरणार्थी सबैको पैसा कमाउने मुहान हो?

पक्राउ परेका रायमाझीको बयान सुरु, परिचयपत्र नपाएको खाँटी भुटानीको गुनासो

सक्कली भुटानीको पीडा : शरणार्थीलाई कन्त बिजोग बनाए (भिडियो)

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण थप ४ दिन हिरासतमा, रायमाझी भेटिएनन्

नेपालीलाई भुटानी बनाउने प्रकरण : के हो देउवा र ओली कनेक्सन?

भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण हिरासत कक्षमा, काँग्रेस र एमालेमा त्रास

नक्कली भुटानी बनाउने गिरोह : सुरुदेखिकै फाइल खोल्न सक्कलीले दिए सुझाव

फिल्म चलाउन प्रचण्डलाई गगनको टिप्स, भुटानी शरणार्थीले दिने भए घुस्याहरुको विवरण

शरणार्थी प्रकरणमा दलहरूको संरक्षण, प्रहरी बिचौलिया मात्रै पक्राउ गर्न बाध्य

भुटानी शरणार्थी प्रकरण डिसमिस हुने आशङ्का

नक्कली भुटानी शरणार्थी प्रकरणमा पोलापोल, राप्रपालाई व्यवस्थाकै विरोध गर्ने मसला

नक्कली भुटानी शरणार्थी : प्रचण्डलाई ओलीको दबाब, रायमाझी सम्पर्क बाहिर

भुटानीका नाममा नेपाली नागरिकमाथि लुट…

भुटानी शरणार्थी प्रकरण : पूर्वउर्जामन्त्री रायमाझीविरुद्ध पक्राउ पुर्जी, उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

भुटानी राजाको अत्याचार : अन्तर्राष्ट्रिय समुदाय जानकार तर, मौन

शरणार्थीका नाममा अमेरिका पठाउने ८१ जनाको पहिचान, पूर्वपरराष्ट्रमन्त्रीका सहयोगी सहित ३ जना पक्राउ

भुटानमा प्रजातन्त्र आउनै दिँदैन भारत, नेपालको स्वार्थ यस्तो…

भुटान फर्कन हारगुहार (भिडियो)

भुटानको निरङ्कुशता : परिवार भेट्न नपाएको ३० वर्ष

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading