नक्कली शरणार्थी : बयान दिन आनाकानी गर्ने पूर्वगृहमन्त्री खाँणको रिजालसँगै लिने तयारी

नक्कली शरणार्थी : बयान दिन आनाकानी गर्ने पूर्वगृहमन्त्री खाँणको रिजालसँगै लिने तयारी

काठमाडौं : नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर रकम उठाउने प्रकरणमा पक्राउ परेकाहरू बयान शुक्रवार सकिने भएको छ।

पक्राउ परेका १७ जनामध्ये १५ जनाको बयान सकिएको छ। पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण र भुटानी शरणार्थी नेता टेकनाथ रिजालको बयान शुक्रवार हुँदैछ।

भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढेपछि फरार रहेका हरिभक्त महर्जनलाई प्रहरीले बिहीबार पक्राउ परेको छ। फरार मध्येका एक लक्ष्मी महर्जन केही दिनअघि पक्राउ परेकी थिइन्। नक्कली शरणार्थी प्रकरणका अर्का प्रतिवादी हरिभक्त बिहीबार काठमाडौँबाट पक्राउ परे।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले दायर गरेको मुद्दामा भइरहेको बयान शुक्रवार सकिनेछ। सरकारी वकिलको कार्यालयले जेठ १० मा आरोपित ३० जना विरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो।

उनीहरुविरुद्ध राष्ट्रहित प्रतिकूल, सङ्गठित अपराध, ठगी र किर्तेका दफा लगाएर बिगो, कैद र जरिवानाको माग दाबी गरिएको छ। आरोपित विरुद्ध २८ करोड ८१ लाख रुपैयाँ बिगो कायम गरिएको छ।

पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक र थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरजसहित १२ जना अझै फरार छन्। बिहीबार पक्राउ परेका हरिभक्त नेपाल प्रहरी अस्पताल महाराजगन्जमा सई पदमा कार्यरत नर्स लक्ष्मी महर्जनका श्रीमान् हुन्।

जिल्ला अदालत काठमाडौँमा मुद्दा चलाइएकामध्ये पक्राउ परेकामाथि जारी बयान शुक्रवार सक्ने र आइतबारदेखि थुनछेक बहस थाल्ने अदालतको तयारी छ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहमा संलग्न भएको अभियोग लागेका पूर्वगृहमन्त्री खाँण र रिजालको बयान शुक्रवार लिइने जिल्ला अदालत काठमाडौँले जनाएको छ।

पूर्वउपप्रधानमन्त्री एवं एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, पुर्वसभासद आङ्टावा शेर्पा र हज समितिका अध्यक्ष शमशेर मियाँको बयान बिहीबार लिइएको छ। आफ्नो पालोमा बयान दिन आनाकानी गदै आएका पूर्वगृहमन्त्री खाँणको शुक्रवार बयान लिने तयारी जिल्ला अदालत काठमाडौँको छ।

रिजालले आफ्नो पालोमा शुक्रवार नै बयान दिदैछन्। अहिलेसम्म बयान दिएका आरोपितहरूले इन्कारी बयान दिएका स्रोतले बताएको छ।

भुटानी मानव अधिकारवादी नेता रिजाल पक्राउ परेपछि अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड, नेदरल्याण्ड र नेपालमा रहेका भुटानी शरणार्थीहरूले रिजाललाई नक्कली भुटानी शरणार्थी बनाउने गैर कानुनी गिरोहमा संलग्न अपराधमा तानिएकोमा आपत्ति र चिन्ता व्यक्त गरेका छन्।

उनीहरूले संयुक्त विज्ञप्ति निकालेर सक्कली शरणार्थी नेता रिजालको हालैको गिरफ्तारी अविश्वसनीय र सन्दिग्ध रहेको उल्लेख गरेका छन्। भुटानमा लोकतान्त्रिक परिवर्तनका कट्टर समर्थक रिजाललाई आरोप लगाउँदै केही कथित व्यक्तिहरूले नियोजित षड्यन्त्र गरेका विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘उहाँको छवि धमिलो पार्न, सबै दोषहरू उहाँ माथि थोपरेर र शक्तिशाली अपराधीहरूलाई बचाउने प्रपञ्च देखिन्छ,’विज्ञप्तिमा लेखिएको छ,‘उनी नेपाल सरकारको दयामा बाँचिरहेका छन् र उनलाई अहिले सबैभन्दा बढी सहयोगको आवश्यकता छ।’

ऊनीमाथि लगाइएको भ्रष्टाचार र नेपाली नागरिकलाई कागजी भुटानी शरणार्थी बनाएको अपराधको आरोप गलत भएको उनीहरूको जिकिर छ। ‘हामीलाई भय छ, उनलाई अन्याय पूर्ण बलिपशु बनाइँदै छ, र हाम्रो प्राथमिक चिन्ता उनले उचित न्याय पाउने हुन कि होइनन् भन्ने हो’ विज्ञप्तिमा लेखिएको छ।

उनीहरूले रिजालको अविलम्ब रिहाइको लागि, नेपाली नागरिकहरूलाई भुटानी शरणार्थी बनाउने नियतले गरेको कार्यको भर्त्सना गर्दै घटनामा संलग्न दोषीहरूलाई छिट्टै कानुनी कठघरामा ल्याइने विश्वासका साथ चलिरहेको अनुसन्धानलाई समर्थन गर्न विज्ञप्तिमा हस्ताक्षरकर्ताहरुले आह्वान पनि गरेका छन्।

उनीहरूले रिजाललाई अविलम्ब रिहा गर्न नेपाल सरकारसँग संयुक्त रूपमा अनुरोध पनि गरेका छन्। सरकारलाई छिटो, पारदर्शी र निष्पक्ष न्यायिक प्रक्रिया सुनिश्चित गर्न र रिजालको पछि लाग्ने, उहाँको नेतृत्व र नेपालमा रहेका भुटानी शरणार्थीहरू र भुटानी प्रवासीहरूको मुद्दालाई बरबाद गर्न सक्रिय सबैलाई अदालतमा पेस गर्न उनीहरूले आग्रह गरेका छन्।

सम्बन्धित समाचार

टेकनाथलाई रिहा गर्न माग गर्दै भुटानी सङ्घसंस्थाले निकाले अपिल

नक्कली शरणार्थी : बयान दिन आनाकानी, ‘बिरामी भए, सन्चो छैन’ भन्ने बहाना

भुटानी शरणार्थीले खोजे भारतीय सहयोग, गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

नक्कली शरणार्थी : बयान लिन खोज्दा बादलका सुरक्षा सल्लाहकार राईलाई बिसन्चो

नक्कली शरणार्थी : निर्दोष फस्ने, दोषी उम्कने चिन्ता

नक्कली शरणार्थी प्रकरण : टेकनाथ रिजालले नै दिएका थिए प्रहरीमा निवेदन

नक्कली भुटानी शरणार्थी : अब अदालतमा थुनछेक बहस

नक्कली शरणार्थी प्रकरणमा एक-अर्कालाई पोलापोल, काँग्रेस र एमाले आक्रोशित

नक्कली शरणार्थी प्रकरण : ३३ जनाविरुद्ध मुद्दा, २७ करोड ५० लाख बिगो दाबी

टेकनाथ रिजालको बयान, ‘जसले आश्रय दियो, उसैले फसायो’

‘नक्कली शरणार्थी प्रकरणमा टेकनाथ रिजालमाथि भ्रष्टहरूको प्रतिशोध’

पञ्चायतकालमा पनि पक्राउ परेका थिए टेकनाथ रिजाल, अहिलेको गिरफ्तारीले संशय (भिडियो)

पूर्वप्रधानमन्त्री, गृहमन्त्री र सचिवको नाम पोले पछि आफैँ पक्राउ परे टेकनाथ रिजाल

शरणार्थी काण्डले ठुला माछाहरूमा छटपटी, अनुसन्धानका लागि अन्तिम तीन दिनको समय

किन बोल्दैनन् भुटानी शरणार्थी समाधानमा नेताहरू?

नक्कलीको लफडामा सक्कलीले गरे प्रश्न, भुटानी शरणार्थी सबैको पैसा कमाउने मुहान हो?

पक्राउ परेका रायमाझीको बयान सुरु, परिचयपत्र नपाएको खाँटी भुटानीको गुनासो

सक्कली भुटानीको पीडा : शरणार्थीलाई कन्त बिजोग बनाए (भिडियो)

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण थप ४ दिन हिरासतमा, रायमाझी भेटिएनन्

नेपालीलाई भुटानी बनाउने प्रकरण : के हो देउवा र ओली कनेक्सन?

भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण हिरासत कक्षमा, काँग्रेस र एमालेमा त्रास

नक्कली भुटानी बनाउने गिरोह : सुरुदेखिकै फाइल खोल्न सक्कलीले दिए सुझाव

फिल्म चलाउन प्रचण्डलाई गगनको टिप्स, भुटानी शरणार्थीले दिने भए घुस्याहरुको विवरण

शरणार्थी प्रकरणमा दलहरूको संरक्षण, प्रहरी बिचौलिया मात्रै पक्राउ गर्न बाध्य

भुटानी शरणार्थी प्रकरण डिसमिस हुने आशङ्का

नक्कली भुटानी शरणार्थी प्रकरणमा पोलापोल, राप्रपालाई व्यवस्थाकै विरोध गर्ने मसला

नक्कली भुटानी शरणार्थी : प्रचण्डलाई ओलीको दबाब, रायमाझी सम्पर्क बाहिर

भुटानीका नाममा नेपाली नागरिकमाथि लुट…

भुटानी शरणार्थी प्रकरण : पूर्वउर्जामन्त्री रायमाझीविरुद्ध पक्राउ पुर्जी, उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

भुटानी राजाको अत्याचार : अन्तर्राष्ट्रिय समुदाय जानकार तर, मौन

शरणार्थीका नाममा अमेरिका पठाउने ८१ जनाको पहिचान, पूर्वपरराष्ट्रमन्त्रीका सहयोगी सहित ३ जना पक्राउ

भुटानमा प्रजातन्त्र आउनै दिँदैन भारत, नेपालको स्वार्थ यस्तो…

भुटान फर्कन हारगुहार (भिडियो)

भुटानको निरङ्कुशता : परिवार भेट्न नपाएको ३० वर्ष

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading