नक्कली भुटानी शरणार्थी : सक्कलीको सकियो बयान, आइतबार थुनछेक बहस

नक्कली भुटानी शरणार्थी : सक्कलीको सकियो बयान, आइतबार थुनछेक बहस

काठमाडौं : नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर रकम असुल्ने गिरोहका १८ जनाको बयान सकिएको छ। बिहीबार पक्राउ परेका हरिभक्त महर्जन समेतको बयान शुक्रवार नै सकिएको छ।

सरकारी वकिलको कार्यालयले दर्ता गरेको अभियोगपत्रमा ३० जनालाई प्रतिवादी बनाइएको छ। १२ जना अझै फरार छन्। पक्राउ परेका मध्ये शुक्रवार पूर्वगृहमन्त्री बालकृष्ण खाँण, भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजाल र महर्जनले जिल्ला अदालत काठमाडौँले बयान लिएको छ।

अमेरिका लैजान रचिएको अपराधसम्बन्धी मुद्दामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, बहालवाला सचिव टेक नारायण पाण्डे सहित १८ जनाको आइतबार थुनछेक बहस हुनेछ। जिल्ला अदालत काठमाडौँले न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस हुने जनाएको छ।

थुनछेक बहस सकिएपछि आरोपितलाई साधारण तारेखमा वा धरौटीमा छोड्ने वा पुर्पक्षका क्रममा कारागार पठाउने टुङ्गो लाग्छ। सरकारी वकिलको कार्यालयले ठगी, सङ्गठित अपराध, किर्ते र राज्यविरुद्धको अपराधको कसुरमा कारबाही माग दाबीसहित जेठ १० मा मुद्दा दायर गरेको थियो।

२०७९ चैत १२ मा केशव दुलालसहित तीन जनालाई पक्राउ परेका थिए। मुद्दा अदालतमा दर्ता भइसकेपछि लक्ष्मी महर्जन र हरिभक्त महर्जन पक्राउ परेका थिए।

प्रहरीले जेठ ८ मा राज्य विरुद्ध अपराध, सङ्गठित र ठगीसम्बन्धी अपराधमा मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो। जेठ १० मा सरकारी वकिल कार्यालयले प्रहरीबाट आएको प्रतिवेदनमा बाहेक किर्तेको थप कसुर लगाएर ३० जनाविरुद्ध अदालतमा अभियोगपत्र दायर गरेको थियो।

धिरेन राई, दीपाञ्जली हुमागाञी, केशव तुलाधार, अशोक पोखरेल, निरज राई, प्रतीक थापा, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, बिनिता सामदेव लिम्बु, निरन्जरकुमार खरेल र सुनिल बुढाथोकीलाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर भएको छ। मुद्दा दायर भएका १२ जना नै प्रहरीको फरार सुचीमा छन्।

सम्बन्धित समाचार

नक्कली शरणार्थी : बयान दिन आनाकानी गर्ने पूर्वगृहमन्त्री खाँणको रिजालसँगै लिने तयारी

टेकनाथलाई रिहा गर्न माग गर्दै भुटानी सङ्घसंस्थाले निकाले अपिल

नक्कली शरणार्थी : बयान दिन आनाकानी, ‘बिरामी भए, सन्चो छैन’ भन्ने बहाना

भुटानी शरणार्थीले खोजे भारतीय सहयोग, गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

नक्कली शरणार्थी : बयान लिन खोज्दा बादलका सुरक्षा सल्लाहकार राईलाई बिसन्चो

नक्कली शरणार्थी : निर्दोष फस्ने, दोषी उम्कने चिन्ता

नक्कली शरणार्थी प्रकरण : टेकनाथ रिजालले नै दिएका थिए प्रहरीमा निवेदन

नक्कली भुटानी शरणार्थी : अब अदालतमा थुनछेक बहस

नक्कली शरणार्थी प्रकरणमा एक-अर्कालाई पोलापोल, काँग्रेस र एमाले आक्रोशित

नक्कली शरणार्थी प्रकरण : ३३ जनाविरुद्ध मुद्दा, २७ करोड ५० लाख बिगो दाबी

टेकनाथ रिजालको बयान, ‘जसले आश्रय दियो, उसैले फसायो’

‘नक्कली शरणार्थी प्रकरणमा टेकनाथ रिजालमाथि भ्रष्टहरूको प्रतिशोध’

पञ्चायतकालमा पनि पक्राउ परेका थिए टेकनाथ रिजाल, अहिलेको गिरफ्तारीले संशय (भिडियो)

पूर्वप्रधानमन्त्री, गृहमन्त्री र सचिवको नाम पोले पछि आफैँ पक्राउ परे टेकनाथ रिजाल

शरणार्थी काण्डले ठुला माछाहरूमा छटपटी, अनुसन्धानका लागि अन्तिम तीन दिनको समय

किन बोल्दैनन् भुटानी शरणार्थी समाधानमा नेताहरू?

नक्कलीको लफडामा सक्कलीले गरे प्रश्न, भुटानी शरणार्थी सबैको पैसा कमाउने मुहान हो?

पक्राउ परेका रायमाझीको बयान सुरु, परिचयपत्र नपाएको खाँटी भुटानीको गुनासो

सक्कली भुटानीको पीडा : शरणार्थीलाई कन्त बिजोग बनाए (भिडियो)

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण थप ४ दिन हिरासतमा, रायमाझी भेटिएनन्

नेपालीलाई भुटानी बनाउने प्रकरण : के हो देउवा र ओली कनेक्सन?

भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण हिरासत कक्षमा, काँग्रेस र एमालेमा त्रास

नक्कली भुटानी बनाउने गिरोह : सुरुदेखिकै फाइल खोल्न सक्कलीले दिए सुझाव

फिल्म चलाउन प्रचण्डलाई गगनको टिप्स, भुटानी शरणार्थीले दिने भए घुस्याहरुको विवरण

शरणार्थी प्रकरणमा दलहरूको संरक्षण, प्रहरी बिचौलिया मात्रै पक्राउ गर्न बाध्य

भुटानी शरणार्थी प्रकरण डिसमिस हुने आशङ्का

नक्कली भुटानी शरणार्थी प्रकरणमा पोलापोल, राप्रपालाई व्यवस्थाकै विरोध गर्ने मसला

नक्कली भुटानी शरणार्थी : प्रचण्डलाई ओलीको दबाब, रायमाझी सम्पर्क बाहिर

भुटानीका नाममा नेपाली नागरिकमाथि लुट…

भुटानी शरणार्थी प्रकरण : पूर्वउर्जामन्त्री रायमाझीविरुद्ध पक्राउ पुर्जी, उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

भुटानी राजाको अत्याचार : अन्तर्राष्ट्रिय समुदाय जानकार तर, मौन

शरणार्थीका नाममा अमेरिका पठाउने ८१ जनाको पहिचान, पूर्वपरराष्ट्रमन्त्रीका सहयोगी सहित ३ जना पक्राउ

भुटानमा प्रजातन्त्र आउनै दिँदैन भारत, नेपालको स्वार्थ यस्तो…

भुटान फर्कन हारगुहार (भिडियो)

भुटानको निरङ्कुशता : परिवार भेट्न नपाएको ३० वर्ष

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading