नक्कली शरणार्थी प्रकरणमा टेकनाथको बयान, मन्त्रिपरिषद् जिम्मेवार हुनुपर्छ

नक्कली शरणार्थी प्रकरणमा टेकनाथको बयान, मन्त्रिपरिषद् जिम्मेवार हुनुपर्छ

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आइतबारदेखि थुनछेक बहस सुरु हुने भएको छ। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुल्ने गिरोहमाथि ठगी, लिखित किर्ते, राज्यविरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरको मुद्दामा आइतबारदेखि जिल्ला अदालत काठमाडौँमा थुनछेक बहस हुने भएको हो।

न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा हुने थुनछेक बहसमा सरकारी वकिलको कार्यालयबाट ८ जना र प्रतिवादीहरूको तर्फबाट करिब ५० जना वकिलहरूले बहस गर्ने तयारी गरिएको छ।

थुनछेक बहसको पहिलो दिन सरकारी वकिलको कार्यालयबाट आइतबार दुई जनाले बहस गर्ने तयारी रहेको कार्यालय प्रमुख एवं सहन्यायधिवक्ता अच्युतमणि नेउपानेले जानकारी दिए। यद्यपि बहस गर्ने वकिलको टुङ्गो लागिसकेको छैन।

प्रतिवादीको तर्फबाट तर्क गर्ने वकिलको पनि आइबार बिहान नै टुङ्गो लाग्नेछ। बिहान १० बजे दुवै पक्षको वकिलको छलफलपछि बहस सुरु हुनेछ।

समयलाई समेत मध्यनजर गरी बहसको प्रक्रिया टुङ्गो लगाइने अदालतका प्रवक्ता दीपक दाहालले जानकारी दिए। दुवै पक्षको बहसपछि अभियुक्तहरूलाई धरौटीमा छाडेर वा पुर्पक्षको लागि थुनामै राखेर मुद्दाको सुनुवाइ अगाडी बढाउने आदेश हुनेछ।

जिल्ला अदालत काठमाडौँमा आरोपित १८ जनाले नै इन्कारी बयान दिएका स्रोतले बताएको छ। बयानका क्रममा भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजालले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर रकम असुल्ने गिरोहमा तत्कालीन मन्त्रिपरिषद् नै संलग्न रहेको बयान दिएका छन्।

मन्त्रिपरिषद्को निर्णय बिना कुनै काम नभएको भन्दै रिजालले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गराएको उल्लेख गरेका छन्। उनले रायमाझी, केशव दुलाल र सानु भण्डारीले बालुवाटारमा प्रचण्डसँग भेट गराए पनि कुराकानी नभएको बयान दिएका छन्।

प्रतिवादी टोपबहादुर रायमाझीसँग नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भन्ने सिलसिलामा कुराकानी हुँदा चिनजान भएको रिजालले बयान दिएका छन्।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने योजना आफूले नबनाएको रिजालले बयान दिएका छन्। ‘मैले बुझेसम्म यो नेपाल सरकारको माथिल्लो तहबाट बनेको हो। म शरणार्थीको पक्षमा आवाज उठाइरहेको व्यक्ति न इन्डिया जान पाउँछु न त नेपालमा नै कुनै अधिकार पाएको छु, न त काठमाडौँमा सिंहदरबारमा छिर्न पाउने अवस्था छ,’रिजालको लिखित बयानमा लेखिएको छ,‘सरकारले नै यस्तो नीति र कानुन बनाएर लाने काम गर्छ भने मैले भन्नु केही छैन, मेरो भनाइ के छ भने लामो समयदेखि दुःख पाएर बसेका भुटानी शरणार्थीहरूसँग कुनै पनि रकम लिन मिल्दैन, निजहरूलाई सहज र सरल रूपमा अमेरिका वा अन्य देश उनीहरूको रोजाइमा जाने व्यवस्था मिलाउनु हुन्छ भने मेरो समर्थन छ, यसको लागि मलाई कुनै रकम पनि चाहिँदैन र त्यस्तो कुरा मलाई नहोला’ भनेको थिएँ।’

एकपटक केपी ओली र प्रचण्डलाई भेट गराउन आफूले आग्रह गरेको रिजालले बयान दिएका छन्। ‘मलाई टिकट काटेर झापाबाट बोलाई एयरपोर्टमा गोविन्दकुमार चौधरी लिन गएका र निजले टोपबहादुर रायमाझीको घरमा लगी निज टोपबहादुर रायमाझीको घरमा शरणार्थीको विषयमा कुराकानी हुँदा कुरा क्लियर नभएपछि प्रचण्डसँग भेट गराइदिन भनी प्रचण्ड निवासमा लगेका थिए। प्रचण्ड निवासमा म, टोपबहादुर रायमाझी, सानु भण्डारी र केशरप्रसाद दुलाल गएका थियौँ,’रिजालले बयानमा भनेका छन्,‘प्रचण्ड निवासमा प्रचण्डसँग भेटघाट हुँदा निजले ’उहाँहरू को?’ भनी सानु भण्डारी र केशवप्रसाद दुलाललाई सोध्नुभएको थियो। टोपबहादुर रायमाझीले निजहरू सानु भण्डारी र केशवप्रसाद दुलाल भएको भनी चिनाउनु भयो। मैले प्रचण्डसँग भुटानी शरणार्थीको व्यवस्थापन सम्बन्धमा कुराकानी गर्न आएको भनी कुरा गर्दा प्रचण्डले म आज एकदमै व्यस्त छु, टोपबहादुर रायमाझीसँग सबै कुरा गर्नुहोला, सम्बोधन हुनसक्ने भए निजले समाधान गर्नुहुन्छ भनी भन्नुभयो।’

रिजालले सानु भण्डारीसँग कुनै रकम लेनदेन नरहेको उल्लेख गरेका छन्। ‘निजले छुट भएका भुटानी शरणार्थीको कुराकानी गर्न मलाई काठमाडौं बोलाएको र म आउँदा जाँदाको टिकट काटेको, होटेलमा बस्दाको पैसा तिरेका थिए। त्यही रकम लेखेका भए मलाई जानकारी छैन,’रिजालले बयानमा भनेका छन्,‘अन्य कुनै रकम मैले लिएको छैन र नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लाने सन्दर्भमा पैसा लिने कुराको सुरुदेखि नै मैले विरोध गरेको थिएँ र मलाई कुनै रकम चाहिँदैन भनेको थिएँ।’

शरणार्थीको विषयमा कुरा गर्ने केशवप्रसाद दुलाल, सानु भण्डारी, टोपबहादुर रायमाझीजस्ता व्यक्तिहरूले गभर्मेन्ट स्तरबाट नै काम हुने भनी सहयोग गर्न आग्रह गरेका रिजालले उल्लेख गरेका छन्। ‘यसमा मलाई मुछ्न खोजेका मात्र हुन्। यसमा मेरो कुनै संलग्नता रहेको छैन। कसैबाट कुनै रकम पनि लिएको छैन र कसैलाई रकम दिनु पनि भनेको छैन,’रिजालको बयानमा लेखिएको छ,‘त्यसैले मैले ठगी गरेको भन्ने कुरा सरासर झुटा हो।’

सरकारी तवरबाट भएका काममा सहयोग भएका कारण आफूलाई जोड्नु गलत भएको उनले बयान दिएका छन्। ‘त्यसैले मलाई प्रस्तुत अभियोगबाट सफाइ दिलाई न्याय पाउँ। यदि यो कानुनको धारा साधारण भुटानी शरणार्थीलाई लाग्छ भने म न्यायालयसमक्ष आग्रह गर्दछु कि जुन भुटानी शरणार्थीको छानबिन गर्नको लागि गठित छानबिन टोली, क्याबिनेटका सदस्यहरू, मन्त्रालयमा निर्णय गर्ने अधिकारीहरू जिम्मेवार हुनुपर्छ’रिजालले बयान दिएका छन्।

‘नेपालको न्यायालयले यो काण्डको छिनोफानो गरेसँगै भुटानबाट शरणार्थीको रूपमा कति आएका थिए र यहाँ बसोबास गरेपछि क–कसको संलग्नता रहेको थियो? नेपाल भुटान वार्ता हुनुको पछाडि कसको लापरबाही ठहरिन्छ? तेस्रो देश गएका शरणार्थीहरूको सम्बन्धमा तेस्रो देशसँग कस्तो सन्धि गरिएको छ? रहेका भुटानी शरणार्थीहरूमाथि राज्यले के–कस्तो सुविधा प्रदान गरेको छ? युएनएचसिआरले नेपाल छोड्ने बेलामा के–कस्तो सन्धि गरेको थियो? शरणार्थी शिविरको अवस्था कस्तो रहेको छ भनी नेपालको सरकारलाई सोधिदिएर नेपालमा मान्छे जस्तो भएर बाँच्न पाउने वातावरण मिलाइदिनुभए भुटानी नेपालीहरू यो न्यायालयप्रति जनम जनम आभारी रहनेछौ’ रिजालले बयानमा उल्लेख गरेका छन्।

सम्बन्धित समाचार

नक्कली भुटानी शरणार्थी : सक्कलीको सकियो बयान, आइतबार थुनछेक बहस

नक्कली शरणार्थी : बयान दिन आनाकानी गर्ने पूर्वगृहमन्त्री खाँणको रिजालसँगै लिने तयारी

टेकनाथलाई रिहा गर्न माग गर्दै भुटानी सङ्घसंस्थाले निकाले अपिल

नक्कली शरणार्थी : बयान दिन आनाकानी, ‘बिरामी भए, सन्चो छैन’ भन्ने बहाना

भुटानी शरणार्थीले खोजे भारतीय सहयोग, गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

नक्कली शरणार्थी : बयान लिन खोज्दा बादलका सुरक्षा सल्लाहकार राईलाई बिसन्चो

नक्कली शरणार्थी : निर्दोष फस्ने, दोषी उम्कने चिन्ता

नक्कली शरणार्थी प्रकरण : टेकनाथ रिजालले नै दिएका थिए प्रहरीमा निवेदन

नक्कली भुटानी शरणार्थी : अब अदालतमा थुनछेक बहस

नक्कली शरणार्थी प्रकरणमा एक-अर्कालाई पोलापोल, काँग्रेस र एमाले आक्रोशित

नक्कली शरणार्थी प्रकरण : ३३ जनाविरुद्ध मुद्दा, २७ करोड ५० लाख बिगो दाबी

टेकनाथ रिजालको बयान, ‘जसले आश्रय दियो, उसैले फसायो’

‘नक्कली शरणार्थी प्रकरणमा टेकनाथ रिजालमाथि भ्रष्टहरूको प्रतिशोध’

पञ्चायतकालमा पनि पक्राउ परेका थिए टेकनाथ रिजाल, अहिलेको गिरफ्तारीले संशय (भिडियो)

पूर्वप्रधानमन्त्री, गृहमन्त्री र सचिवको नाम पोले पछि आफैँ पक्राउ परे टेकनाथ रिजाल

शरणार्थी काण्डले ठुला माछाहरूमा छटपटी, अनुसन्धानका लागि अन्तिम तीन दिनको समय

किन बोल्दैनन् भुटानी शरणार्थी समाधानमा नेताहरू?

नक्कलीको लफडामा सक्कलीले गरे प्रश्न, भुटानी शरणार्थी सबैको पैसा कमाउने मुहान हो?

पक्राउ परेका रायमाझीको बयान सुरु, परिचयपत्र नपाएको खाँटी भुटानीको गुनासो

सक्कली भुटानीको पीडा : शरणार्थीलाई कन्त बिजोग बनाए (भिडियो)

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण थप ४ दिन हिरासतमा, रायमाझी भेटिएनन्

नेपालीलाई भुटानी बनाउने प्रकरण : के हो देउवा र ओली कनेक्सन?

भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण हिरासत कक्षमा, काँग्रेस र एमालेमा त्रास

नक्कली भुटानी बनाउने गिरोह : सुरुदेखिकै फाइल खोल्न सक्कलीले दिए सुझाव

फिल्म चलाउन प्रचण्डलाई गगनको टिप्स, भुटानी शरणार्थीले दिने भए घुस्याहरुको विवरण

शरणार्थी प्रकरणमा दलहरूको संरक्षण, प्रहरी बिचौलिया मात्रै पक्राउ गर्न बाध्य

भुटानी शरणार्थी प्रकरण डिसमिस हुने आशङ्का

नक्कली भुटानी शरणार्थी प्रकरणमा पोलापोल, राप्रपालाई व्यवस्थाकै विरोध गर्ने मसला

नक्कली भुटानी शरणार्थी : प्रचण्डलाई ओलीको दबाब, रायमाझी सम्पर्क बाहिर

भुटानीका नाममा नेपाली नागरिकमाथि लुट…

भुटानी शरणार्थी प्रकरण : पूर्वउर्जामन्त्री रायमाझीविरुद्ध पक्राउ पुर्जी, उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

भुटानी राजाको अत्याचार : अन्तर्राष्ट्रिय समुदाय जानकार तर, मौन

शरणार्थीका नाममा अमेरिका पठाउने ८१ जनाको पहिचान, पूर्वपरराष्ट्रमन्त्रीका सहयोगी सहित ३ जना पक्राउ

भुटानमा प्रजातन्त्र आउनै दिँदैन भारत, नेपालको स्वार्थ यस्तो…

भुटान फर्कन हारगुहार (भिडियो)

भुटानको निरङ्कुशता : परिवार भेट्न नपाएको ३० वर्ष

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading