न्यायाधीश समक्ष टेकनाथको गुनासो, सुत्ने ठाउँमा सासै फेर्न पाइँदैन

न्यायाधीश समक्ष टेकनाथको गुनासो, सुत्ने ठाउँमा सासै फेर्न पाइँदैन

काठमाडौं : नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर रकम असुल्न रचिएको अपराधमा संलग्न मध्ये आइतबारसम्म ९ जनाको थुनछेक बहस सकिएको छ। पक्राउ परेका १८ मध्ये ९ जना अभियुक्तको बहस सकिएको सरकारी वकिलको कार्यालयले जनाएको छ।

आइतबार एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीको मात्रै बहस सकिएको छ। केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टङ्ककुमार गुरुङ, इन्द्रजित राई, सन्दीप रायमाझी र टोपबहादुर रायमाझीका वकिलले बहस सकेका छन्।

बहस लम्बिँदै जाँदा जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले मङ्गलवारसम्म बहस सक्न भनेका छन्। अभियुक्त टेकनारायण पाण्डेको तर्फबाट कानुन व्यवसायीहरूले बहस थाले पनि पाण्डेका कानुन व्यवसायीले सोमबार पनि बहसलाई निरन्तरता दिने बताएका छन्।

बहस हुन बाँकी पूर्वगृहमन्त्री बालकृष्ण खाँडका तर्फबाट २५ जना वकिलले वकालत नामा लेखाएका छन्। पूर्व गृहमन्त्री समेत रहेका नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण, उनका तत्कालीन निजी सचिव नरेन्द्र केसी, पूर्व सभासद् आङटावा शेर्पा, गोविन्द चौधरी, रामशरण केसी, हज कमिटीका अध्यक्ष शमशेर मियाँ, शरणार्थी नेता टेकनाथ रिजाल, ललितपुरमा हरिभक्त महर्जन र लक्ष्मी महर्जनको तर्फबाट बहस हुन बाँकी छ।

थुनछेक बहस जारी रहँदा पक्राउ परेका १८ जना आरोपी दिनभर इजलासमा बस्ने गरेका छन्। वकिलहरूको बहस इन्कारी बयानमा केन्द्रित छ। प्रतिवादीका वकिलहरूले आफ्नो पक्ष संलग्न नरहेको बताउँदै उनीहरूको प्रतिरक्षा गरिरहेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणको जारी थुनछेक बहसमा आइतबार अधिवक्ताहरू न्यायाधीशले खोज्दा भेटिएनन्। इजलास खाली भए पछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेले असन्तुष्टि जनाए। त्यही मौकामा प्रतिवादी शमशेर मियाले गुनासो राखे।

न्यायाधीश न्यौपानेले मियाको गुनासो सुनुवाइ गर्न प्रहरीलाई भने। न्यायाधीश न्यौपाने समक्ष अर्का प्रतिवादी सक्कली भुटानी शरणार्थी नेता टेकनाथ रिजालले सास फेर्न समेत नदिइएको गुनासो राखे। ‘सुत्ने ठाउँमा सासै फेर्न पाइँदैन, दमको बिरामी छु’रिजालको गुनासो थियो।

प्रधानमन्त्री, गृहमन्त्री र गृहसचिवले भुटानी शरणार्थीलाई कन्त बिजोग बनाए

रिजाल यो अभिव्यक्ति दिएको तीन दिन पछि पक्राउ परेका थिए। थुनछेक बहसको अन्तिम चरणमा प्रहरी वृत्त दरबार मार्गमा राखिएका चार जना प्रतिवादीलाई शनिवार जिल्ला प्रहरी परिसर टेकुमा पुर्‍याएको छ।

दरबारमार्ग प्रहरी वृत्तमा राखिएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, नेपाल हज समितिका अध्यक्ष शमशेर मिया, पूर्व गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी र सन्देश शर्मालाई टेकुको हिरासत कक्षमा पठाइएको दरबारमार्ग प्रहरीले जनाएको छ।

पूर्वमन्त्री खाँणलाई भिआइपी कक्षमा राखिएको छ भने शरणार्थी नेता रिजाललाई सामान्य थुनुवा कक्षमा राखिएको छ। रिजालले नक्कली शरणार्थी बनाएर रकम असुल्ने उच्चपदस्थलाई जोगाएर आफूलाई फसाउन खोजेको बताउँदै आएका छन्।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले यस प्रकरणमा जेठ १० गते ३० जनाविरुद्ध पाँच अभियोगमा मुद्दा दर्ता गरेको थियो। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करोडौँ रकम लिएर ठगी गरेको आरोपमा ठगीको कसुरसहित किर्ते, राज्यविरुद्धको अपराध, एकीकृत कसुर र सङ्गठित अपराधमा मुद्दा दर्ता भएको छ।

सम्बन्धित समाचार

नक्कली शरणार्थी : अभियुक्तहरूलाई पीडितको रूपमा प्रस्तुत

नक्कली शरणार्थी : थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने दलिल

नक्कली शरणार्थी : थुनछेक बहसमा टोपबहादुर र बालकृष्णको हेराहेर

नक्कली शरणार्थी प्रकरणमा टेकनाथको बयान, मन्त्रिपरिषद् जिम्मेवार हुनुपर्छ

नक्कली भुटानी शरणार्थी : सक्कलीको सकियो बयान, आइतबार थुनछेक बहस

नक्कली शरणार्थी : बयान दिन आनाकानी गर्ने पूर्वगृहमन्त्री खाँणको रिजालसँगै लिने तयारी

टेकनाथलाई रिहा गर्न माग गर्दै भुटानी सङ्घसंस्थाले निकाले अपिल

नक्कली शरणार्थी : बयान दिन आनाकानी, ‘बिरामी भए, सन्चो छैन’ भन्ने बहाना

भुटानी शरणार्थीले खोजे भारतीय सहयोग, गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

नक्कली शरणार्थी : बयान लिन खोज्दा बादलका सुरक्षा सल्लाहकार राईलाई बिसन्चो

नक्कली शरणार्थी : निर्दोष फस्ने, दोषी उम्कने चिन्ता

नक्कली शरणार्थी प्रकरण : टेकनाथ रिजालले नै दिएका थिए प्रहरीमा निवेदन

नक्कली भुटानी शरणार्थी : अब अदालतमा थुनछेक बहस

नक्कली शरणार्थी प्रकरणमा एक-अर्कालाई पोलापोल, काँग्रेस र एमाले आक्रोशित

नक्कली शरणार्थी प्रकरण : ३३ जनाविरुद्ध मुद्दा, २७ करोड ५० लाख बिगो दाबी

टेकनाथ रिजालको बयान, ‘जसले आश्रय दियो, उसैले फसायो’

‘नक्कली शरणार्थी प्रकरणमा टेकनाथ रिजालमाथि भ्रष्टहरूको प्रतिशोध’

पञ्चायतकालमा पनि पक्राउ परेका थिए टेकनाथ रिजाल, अहिलेको गिरफ्तारीले संशय (भिडियो)

पूर्वप्रधानमन्त्री, गृहमन्त्री र सचिवको नाम पोले पछि आफैँ पक्राउ परे टेकनाथ रिजाल

शरणार्थी काण्डले ठुला माछाहरूमा छटपटी, अनुसन्धानका लागि अन्तिम तीन दिनको समय

किन बोल्दैनन् भुटानी शरणार्थी समाधानमा नेताहरू?

नक्कलीको लफडामा सक्कलीले गरे प्रश्न, भुटानी शरणार्थी सबैको पैसा कमाउने मुहान हो?

पक्राउ परेका रायमाझीको बयान सुरु, परिचयपत्र नपाएको खाँटी भुटानीको गुनासो

सक्कली भुटानीको पीडा : शरणार्थीलाई कन्त बिजोग बनाए (भिडियो)

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण थप ४ दिन हिरासतमा, रायमाझी भेटिएनन्

नेपालीलाई भुटानी बनाउने प्रकरण : के हो देउवा र ओली कनेक्सन?

भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण हिरासत कक्षमा, काँग्रेस र एमालेमा त्रास

नक्कली भुटानी बनाउने गिरोह : सुरुदेखिकै फाइल खोल्न सक्कलीले दिए सुझाव

फिल्म चलाउन प्रचण्डलाई गगनको टिप्स, भुटानी शरणार्थीले दिने भए घुस्याहरुको विवरण

शरणार्थी प्रकरणमा दलहरूको संरक्षण, प्रहरी बिचौलिया मात्रै पक्राउ गर्न बाध्य

भुटानी शरणार्थी प्रकरण डिसमिस हुने आशङ्का

नक्कली भुटानी शरणार्थी प्रकरणमा पोलापोल, राप्रपालाई व्यवस्थाकै विरोध गर्ने मसला

नक्कली भुटानी शरणार्थी : प्रचण्डलाई ओलीको दबाब, रायमाझी सम्पर्क बाहिर

भुटानीका नाममा नेपाली नागरिकमाथि लुट…

भुटानी शरणार्थी प्रकरण : पूर्वउर्जामन्त्री रायमाझीविरुद्ध पक्राउ पुर्जी, उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

भुटानी राजाको अत्याचार : अन्तर्राष्ट्रिय समुदाय जानकार तर, मौन

शरणार्थीका नाममा अमेरिका पठाउने ८१ जनाको पहिचान, पूर्वपरराष्ट्रमन्त्रीका सहयोगी सहित ३ जना पक्राउ

भुटानमा प्रजातन्त्र आउनै दिँदैन भारत, नेपालको स्वार्थ यस्तो…

भुटान फर्कन हारगुहार (भिडियो)

भुटानको निरङ्कुशता : परिवार भेट्न नपाएको ३० वर्ष

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading