नक्कली शरणार्थी : अभियुक्तहरूलाई पीडितको रूपमा प्रस्तुत

नक्कली शरणार्थी : अभियुक्तहरूलाई पीडितको रूपमा प्रस्तुत

काठमाडौं : नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन रचिएको अपराधमा संलग्न अभियुक्तहरूको तर्फबाट कानुन व्यवसायीहरूले बहस गरेका छन्।

बुधवार केशव दुलाल, टङ्क गुरुङ र सानु भण्डारीको पक्षबाट बहस गरेका कानुन व्यवसायीहरूले अभियुक्तहरूलाई पीडितका रूपमा प्रस्तुत गरेका छन्।

अभियुक्त मध्येका टङ्क गुरुङलाई होटेल व्यवसाय गर्ने, कुकको कामसमेत आफै गर्ने र मिठो खाना भएका कारण अभियुक्तहरू जाने गरेकै कारण अभियुक्त बनाइएको वकिलहरूले दाबी गरेका छन्।

मुख्य योजनाकार भनेर अभियोग लगाइएका सानु भण्डारीलाई प्रहरीले मध्यरातमा उठाएर तर्साएर अभियोगपत्रमा हस्ताक्षर गर्न लगाएको वकिलहरूले तर्क प्रस्तुत गरेका छन्।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बुधवार अभियुक्तहरूको तर्फबाट कानुन व्यवसायीले बहस गरेका हुन्।

अभियुक्तमध्येका केशव दुलालको तर्फबाट बहस गरेका वकिलहरूले तत्काल प्राप्त प्रमाणका आधारमा दुलाललाई पुर्पक्षका लागि साधारण तारेखमा छाड्न माग गरेका छन्।

सानु भण्डारीको तर्फबाट बहस गर्दै वकिलहरूले भण्डारीले शरणार्थी कार्यदलले बुझाएको प्रतिवेदन किर्ते नगरेको जिकिर गरेका छन्। महाभारतका पात्र धृतराष्ट्र र सञ्जयको कथा सुनाउँदै सानुलाई संजय बनाउन खोजिएको जिकिर वकिलहरूको थियो।

पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीको छोरा सन्दीप र सानुको बिचमा लियोन ट्रेडर्स नामक कम्पनीमा सेयर भएको हुनाले ४० लाखको कारोबार गरेको वकिलहरूले दाबी गरे।

शरणार्थी प्रकरण पनि ३३ किलो सुन काण्ड जस्तै हुने त होइन भनेर पनि वकिलहरूले प्रश्न गरेका छन्। मुख्य व्यक्ति छाड्ने र अरू मात्रै फस्ने काम गर्न नहुने उनीहरूले तर्क प्रस्तुत गरेका छन्।

नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, बहालवाल सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित १८ जना पक्राउ परेका छन् । १२ जना अझै फरार छन्।

सम्बन्धित समाचार

नक्कली शरणार्थी : थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने दलिल

नक्कली शरणार्थी : थुनछेक बहसमा टोपबहादुर र बालकृष्णको हेराहेर

नक्कली शरणार्थी प्रकरणमा टेकनाथको बयान, मन्त्रिपरिषद् जिम्मेवार हुनुपर्छ

नक्कली भुटानी शरणार्थी : सक्कलीको सकियो बयान, आइतबार थुनछेक बहस

नक्कली शरणार्थी : बयान दिन आनाकानी गर्ने पूर्वगृहमन्त्री खाँणको रिजालसँगै लिने तयारी

टेकनाथलाई रिहा गर्न माग गर्दै भुटानी सङ्घसंस्थाले निकाले अपिल

नक्कली शरणार्थी : बयान दिन आनाकानी, ‘बिरामी भए, सन्चो छैन’ भन्ने बहाना

भुटानी शरणार्थीले खोजे भारतीय सहयोग, गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

नक्कली शरणार्थी : बयान लिन खोज्दा बादलका सुरक्षा सल्लाहकार राईलाई बिसन्चो

नक्कली शरणार्थी : निर्दोष फस्ने, दोषी उम्कने चिन्ता

नक्कली शरणार्थी प्रकरण : टेकनाथ रिजालले नै दिएका थिए प्रहरीमा निवेदन

नक्कली भुटानी शरणार्थी : अब अदालतमा थुनछेक बहस

नक्कली शरणार्थी प्रकरणमा एक-अर्कालाई पोलापोल, काँग्रेस र एमाले आक्रोशित

नक्कली शरणार्थी प्रकरण : ३३ जनाविरुद्ध मुद्दा, २७ करोड ५० लाख बिगो दाबी

टेकनाथ रिजालको बयान, ‘जसले आश्रय दियो, उसैले फसायो’

‘नक्कली शरणार्थी प्रकरणमा टेकनाथ रिजालमाथि भ्रष्टहरूको प्रतिशोध’

पञ्चायतकालमा पनि पक्राउ परेका थिए टेकनाथ रिजाल, अहिलेको गिरफ्तारीले संशय (भिडियो)

पूर्वप्रधानमन्त्री, गृहमन्त्री र सचिवको नाम पोले पछि आफैँ पक्राउ परे टेकनाथ रिजाल

शरणार्थी काण्डले ठुला माछाहरूमा छटपटी, अनुसन्धानका लागि अन्तिम तीन दिनको समय

किन बोल्दैनन् भुटानी शरणार्थी समाधानमा नेताहरू?

नक्कलीको लफडामा सक्कलीले गरे प्रश्न, भुटानी शरणार्थी सबैको पैसा कमाउने मुहान हो?

पक्राउ परेका रायमाझीको बयान सुरु, परिचयपत्र नपाएको खाँटी भुटानीको गुनासो

सक्कली भुटानीको पीडा : शरणार्थीलाई कन्त बिजोग बनाए (भिडियो)

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण थप ४ दिन हिरासतमा, रायमाझी भेटिएनन्

नेपालीलाई भुटानी बनाउने प्रकरण : के हो देउवा र ओली कनेक्सन?

भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण हिरासत कक्षमा, काँग्रेस र एमालेमा त्रास

नक्कली भुटानी बनाउने गिरोह : सुरुदेखिकै फाइल खोल्न सक्कलीले दिए सुझाव

फिल्म चलाउन प्रचण्डलाई गगनको टिप्स, भुटानी शरणार्थीले दिने भए घुस्याहरुको विवरण

शरणार्थी प्रकरणमा दलहरूको संरक्षण, प्रहरी बिचौलिया मात्रै पक्राउ गर्न बाध्य

भुटानी शरणार्थी प्रकरण डिसमिस हुने आशङ्का

नक्कली भुटानी शरणार्थी प्रकरणमा पोलापोल, राप्रपालाई व्यवस्थाकै विरोध गर्ने मसला

नक्कली भुटानी शरणार्थी : प्रचण्डलाई ओलीको दबाब, रायमाझी सम्पर्क बाहिर

भुटानीका नाममा नेपाली नागरिकमाथि लुट…

भुटानी शरणार्थी प्रकरण : पूर्वउर्जामन्त्री रायमाझीविरुद्ध पक्राउ पुर्जी, उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

भुटानी राजाको अत्याचार : अन्तर्राष्ट्रिय समुदाय जानकार तर, मौन

शरणार्थीका नाममा अमेरिका पठाउने ८१ जनाको पहिचान, पूर्वपरराष्ट्रमन्त्रीका सहयोगी सहित ३ जना पक्राउ

भुटानमा प्रजातन्त्र आउनै दिँदैन भारत, नेपालको स्वार्थ यस्तो…

भुटान फर्कन हारगुहार (भिडियो)

भुटानको निरङ्कुशता : परिवार भेट्न नपाएको ३० वर्ष

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading