नक्कली शरणार्थी : मानवीय व्यवहार गर्न न्यायाधीशको आदेश

नक्कली शरणार्थी : मानवीय व्यवहार गर्न न्यायाधीशको आदेश

काठमाडौं : नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएको अभियोगमा पक्राउ परेकाहरूले प्रहरी हिरासतमा अमानवीय व्यवहार भएको गुनासो गरेका छन्।

सोमबारको थुनछेक बहस सुरु हुनुअघि अभियुक्तहरूले जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेसामु आफूहरूमाथि अमानवीय व्यवहार भएको गुनासो पोखेका हुन्।

भुटानी शरणार्थी नेता टेकनाथ रिजालले हिरासतमा प्रहरीले ‘अमानवीय व्यवहार’ गरेको भन्दै गुनासो गरेपछि न्यायाधीश न्यौपानेले प्रहरीलाई सचेत गराएका छन्।

न्यायाधीश न्यौपानेले जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायव उपरीक्षक पवन भट्टराईलाई बोलाएर मानवीय व्यवहार नभएको बारे सोधेका छन्।

जवाफमा डिएसपी भट्टराईले प्रहरीबाट मानवीय व्यवहार नै भएको बताएका छन्। तर, शरणार्थी नेता रिजालले आफूलाई अन्य कैदीसँग राखिएको भन्दै त्यस्तोलाई मानवीय व्यवहार नभनिने तर्क गरे।

न्यायाधीश न्यौपानेले प्रहरीलाई अब गुनासो आएमा राम्रो नहुने चेतावनी नै दिए। नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले भने सोमबार पनि हिरासतमा नमाज पढ्न नपाएको गुनासो गरेका थिए।

नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दामा थुनछेक बहस सकाउन जिल्ला अदालत काठमाडौँले मङ्गलवारसम्मको बटमलाईन तोकेको छ।

सुनुवाइ जारी रहेको मुद्दामा सोमबार न्यायाधीशले प्रतिवादी तर्फका वकिलहरू खोज्दा नभेटिएपछि मङ्गलवारसम्ममा थुनछेक बहस सकाउन बटमलाईन तोकेका हुन्।

न्यायाधीश न्यौपानेले आइतबार पनि प्रीतिवादीका अधिवक्ताहरू खोज्नुपरेको थियो। सोमबार दिउँसो प्रतिवादी रामशरण केसीको तर्फबाट बहस सकिएपछि प्रतिवादी टेकनाथ रिजालका अधिवक्तालाई बहसका लागि इजलासमा बोलाइएको थियो।

तर, रिजालका कानुन व्यवसायी इजलासमा पुगेनन्। रिजालका तर्फबाट वकालतनामा लेखाएका राजेन्द्र घिमिरेले पालो तलमाथि पर्दा उपस्थित हुन नसकिएको बताए।

पूर्वगृहमन्त्री बालकृष्ण खाँण पछि रिजालको थुनछेक बहस हुने पालो रहेको उनले बताए। न्यायाधीश खोजेको समयमा इजलासमा अधिवक्ताहरूले बहस नगरेपछि मङ्गलवारसम्म टिपोट बुझाउनुपर्ने बटमलाईन न्यायाधीश न्यौपानेले सुनाएका छन्।

थुनछेक बहसमा मङ्गलवार चार अभियुक्तका कानुन व्यवसायीहरूले आफ्नो बहस सकाएका छन्। उपराष्ट्रपति कार्यालयका निवर्तमान तथा पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री बालकृष्ण खाँणका सहयोगी नरेन्द्र केसी, गोविन्द चौधरी र रामशरण केसीको पक्षमा प्रतिरक्षा बहस सकिएको छ।

तत्कालीन गृहसचिव पाण्डेलाई शङ्काको भरमा मुद्दा चलाइएको भन्दै सामान्य तारिखमा रिहा गर्न माग भएको छ। यस प्रकरणमा पक्राउ परेका १८ मध्ये अब ६ जनाको प्रतिरक्षा बहस बाँकी छ।

पूर्वगृहमन्त्री खाँण, हज कमिटीका अध्यक्ष शमशेर मियाँ, हरिभक्त महर्जन, लक्ष्मी महर्जन र भुटानी शरणार्थी नेता टेकनाथ रिजालको प्रतिरक्षा बहस बाँकी रहेको जिल्ला अदालत काठमाडौँले जनाएको छ।

सम्बन्धित समाचार

न्यायाधीश समक्ष टेकनाथको गुनासो, सुत्ने ठाउँमा सासै फेर्न पाइँदैन

प्रधानमन्त्री, गृहमन्त्री र गृहसचिवले भुटानी शरणार्थीलाई कन्त बिजोग बनाए

नक्कली शरणार्थी : अभियुक्तहरूलाई पीडितको रूपमा प्रस्तुत

नक्कली शरणार्थी : थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने दलिल

नक्कली शरणार्थी : थुनछेक बहसमा टोपबहादुर र बालकृष्णको हेराहेर

नक्कली शरणार्थी प्रकरणमा टेकनाथको बयान, मन्त्रिपरिषद् जिम्मेवार हुनुपर्छ

नक्कली भुटानी शरणार्थी : सक्कलीको सकियो बयान, आइतबार थुनछेक बहस

नक्कली शरणार्थी : बयान दिन आनाकानी गर्ने पूर्वगृहमन्त्री खाँणको रिजालसँगै लिने तयारी

टेकनाथलाई रिहा गर्न माग गर्दै भुटानी सङ्घसंस्थाले निकाले अपिल

नक्कली शरणार्थी : बयान दिन आनाकानी, ‘बिरामी भए, सन्चो छैन’ भन्ने बहाना

भुटानी शरणार्थीले खोजे भारतीय सहयोग, गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

नक्कली शरणार्थी : बयान लिन खोज्दा बादलका सुरक्षा सल्लाहकार राईलाई बिसन्चो

नक्कली शरणार्थी : निर्दोष फस्ने, दोषी उम्कने चिन्ता

नक्कली शरणार्थी प्रकरण : टेकनाथ रिजालले नै दिएका थिए प्रहरीमा निवेदन

नक्कली भुटानी शरणार्थी : अब अदालतमा थुनछेक बहस

नक्कली शरणार्थी प्रकरणमा एक-अर्कालाई पोलापोल, काँग्रेस र एमाले आक्रोशित

नक्कली शरणार्थी प्रकरण : ३३ जनाविरुद्ध मुद्दा, २७ करोड ५० लाख बिगो दाबी

टेकनाथ रिजालको बयान, ‘जसले आश्रय दियो, उसैले फसायो’

‘नक्कली शरणार्थी प्रकरणमा टेकनाथ रिजालमाथि भ्रष्टहरूको प्रतिशोध’

पञ्चायतकालमा पनि पक्राउ परेका थिए टेकनाथ रिजाल, अहिलेको गिरफ्तारीले संशय (भिडियो)

पूर्वप्रधानमन्त्री, गृहमन्त्री र सचिवको नाम पोले पछि आफैँ पक्राउ परे टेकनाथ रिजाल

शरणार्थी काण्डले ठुला माछाहरूमा छटपटी, अनुसन्धानका लागि अन्तिम तीन दिनको समय

किन बोल्दैनन् भुटानी शरणार्थी समाधानमा नेताहरू?

नक्कलीको लफडामा सक्कलीले गरे प्रश्न, भुटानी शरणार्थी सबैको पैसा कमाउने मुहान हो?

पक्राउ परेका रायमाझीको बयान सुरु, परिचयपत्र नपाएको खाँटी भुटानीको गुनासो

सक्कली भुटानीको पीडा : शरणार्थीलाई कन्त बिजोग बनाए (भिडियो)

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण थप ४ दिन हिरासतमा, रायमाझी भेटिएनन्

नेपालीलाई भुटानी बनाउने प्रकरण : के हो देउवा र ओली कनेक्सन?

भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँण हिरासत कक्षमा, काँग्रेस र एमालेमा त्रास

नक्कली भुटानी बनाउने गिरोह : सुरुदेखिकै फाइल खोल्न सक्कलीले दिए सुझाव

फिल्म चलाउन प्रचण्डलाई गगनको टिप्स, भुटानी शरणार्थीले दिने भए घुस्याहरुको विवरण

शरणार्थी प्रकरणमा दलहरूको संरक्षण, प्रहरी बिचौलिया मात्रै पक्राउ गर्न बाध्य

भुटानी शरणार्थी प्रकरण डिसमिस हुने आशङ्का

नक्कली भुटानी शरणार्थी प्रकरणमा पोलापोल, राप्रपालाई व्यवस्थाकै विरोध गर्ने मसला

नक्कली भुटानी शरणार्थी : प्रचण्डलाई ओलीको दबाब, रायमाझी सम्पर्क बाहिर

भुटानीका नाममा नेपाली नागरिकमाथि लुट…

भुटानी शरणार्थी प्रकरण : पूर्वउर्जामन्त्री रायमाझीविरुद्ध पक्राउ पुर्जी, उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

भुटानी राजाको अत्याचार : अन्तर्राष्ट्रिय समुदाय जानकार तर, मौन

शरणार्थीका नाममा अमेरिका पठाउने ८१ जनाको पहिचान, पूर्वपरराष्ट्रमन्त्रीका सहयोगी सहित ३ जना पक्राउ

भुटानमा प्रजातन्त्र आउनै दिँदैन भारत, नेपालको स्वार्थ यस्तो…

भुटान फर्कन हारगुहार (भिडियो)

भुटानको निरङ्कुशता : परिवार भेट्न नपाएको ३० वर्ष

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading