‘नीलो फूल’ अमेरिकामा स्क्रिनिङ, पन्तलाई सम्मान

‘नीलो फूल’ अमेरिकामा स्क्रिनिङ, पन्तलाई सम्मान

काठमाडौँ : पहिलो संविधानसभा सदस्य सुनिलबाबु पन्त अमेरिकामा सम्मानित भएका छन्। सनफ्रान्सिस्कोमा भएको आप्रवासी तेस्रोलिंगीहरूको तेस्रो सम्मेलनमा पन्त सम्मानित भएका हुन्।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायबाट पहिलो पटक संविधानसभामा प्रतिनिधित्व गर्न सफल पन्तलाई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक युवाहरूलाई उत्साहित बनाउन र उनीहरूको जीविकोपार्जनमा सहयोग पुर्‍याउन निरन्तर क्रियाशील रहने विश्वास लिइएको प्रशंसा पत्र दिइएको छ।

नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको पहिचान र अधिकारका लागि दुई दशक भन्दा अघिदेखि सङ्गठित अभियान चलाएका पन्तले निर्माण एवं निर्देशन गरेको लघु कथानक चलचित्र नीलो फूल अमेरिकाको एक सिनेमा हलमा प्रदर्शन पनि भएको छ।

नीलो फूल : नमोबुद्धमा चल्यो ‘बलजफती विवाह’को छलफल

पन्त र प्रधुम्न मिश्रले गत वर्ष निर्माण गरेको नीलो फूल अमेरिकाको सिनेमा हलमा स्क्रिनिङ भएको हो। ३९ मिनेट अवधिको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको विवाहमा आधारित चलचित्र नीलो फूलले स्वदेशदेखि विदेशसम्म नै वाहवाही पाएको छ।

नीलो फूल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पनि प्रदर्शन भएको थियो। चलचित्र प्रदर्शनका लागि अमेरिका पुगेका पन्तलाई नेपालमा पहिलो पटक तेस्रोलिंगीको नागरिकता लिएका विष्णु अधिकारीले स्वागत गरेका थिए।

पन्तले नेपाल सरकारविरुद्ध दायर गरेको रिटमा ६ पुस २०६४ मा सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश अनुसार अधिकारीले तेस्रोलिंगी पहिचानमा पहिलो नागरिकता लिएका थिए।

नीलो फूल : रोजेको मान्छेसँग विवाह गर्न नपाउँदा…

नीलो फूल युट्युबमा अपलोड

विवाहको कानुनमा अध्ययन मात्रै, एमिकस क्युरीको सहयोगमा आदेश दिने उच्चको तयारी

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading