निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

घटुवामा नपर्न प्रधानमन्त्रीसँग गुहार

घटुवामा नपर्न प्रधानमन्त्रीसँग गुहार

583
SHARES

काठमाडौं : घटुवाको सिफारिसमा परेको राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गुहार मागेको छ।

संविधान विपरीत नियुक्त भएका आयोगका पदाधिकारीका कारण घटुवाको सिफारिसमा परेको आयोगले प्रधानमन्त्री प्रचण्डलाई भेटेर आयोगको स्तर ‘ए’ श्रेणीमै कायम राख्ने आवश्यक पहल गर्न अनुरोध गरेको हो।

आयोगका अध्यक्ष तपबहादुर मगरसहितका पदाधिकारीहरूले आयोगको स्तर निर्धारणको विषयमा पहल गरिदिन अनुरोध गरेको आयोगले जनाएको छ। भेटमा प्रधानमन्त्री प्रचण्डले यसबारे आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको आयोगले विज्ञप्तिमा लेखिएको छ।

घटुवाको सिफारिसमा परेको आयोगमा पर्नै छाडे उजुरी

आयोगका अध्यक्ष मगरले हालसम्म प्राप्त गरेको स्तर ‘ए’ श्रेणी कायम राख्न राष्ट्रिय मानव अधिकार आयोग ऐनमा पेरिस सिद्धान्त बमोजिम हुने गरी आर्थिक स्वायत्तता, पदाधिकारीहरूको नियुक्ति, कर्मचारीहरूको वृत्ति विकासको सुनिश्चिततालगायतका विषयलाई समेट्नुपर्ने बताए।

पदाधिकारी नियुक्ति अपारदर्शी रहेको भन्दै मानव अधिकार संस्थाहरूको अन्तर्राष्ट्रिय सञ्जालद्वारा ‘क’ श्रेणीमा रहेको नेपालको मानव अधिकार आयोगलाई ‘ख’ मा घटुवा गर्न सिफारिस गरिएको छ।

प्रचण्ड र ओली भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच संसद्मा विचाराधीन विधेयक पारित गर्नेबारे छलफल भएको छ।

संसद्‌मा विचाराधीन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) ऐनसम्बन्धी विधेयकलाई सत्ता पक्ष र प्रतिपक्ष मिलेर अघि बढाउने विषयमा प्रचण्ड र ओलीबीच छलफल भएको हो।

विधेयक अघि बढाउनका लागि प्रधानमन्त्री प्रचण्डलेले ओलीसँग सहयोग मागेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने समसामयिक राजनीतिबारे छलफल भएको बताए।

विधिको शासन उल्लङ्घनले अन्तर्राष्ट्रिय बेइज्जती, स्वेच्छाले पद त्याग गर्नुहोस : त्रिपाठी

समाचार शेयर गर्नुहोस्
583
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.