अभियन्ता ई: सँग महानगरको सहमति

अभियन्ता ई: सँग महानगरको सहमति

475
SHARES

काठमाडौं : काठमाडौं महानगरपालिका र अभियन्ता ईःबीच सहमति भएको छ। अभियन्ता ईःले राखेका माग पुरा गर्न महानगरपालिका सहमत भएको छ। महानगरपालिकासँग सहमतिसँगै अभियन्ता ईःले आन्दोलन स्थगित गरेको छ।

फुटपाथ, बाटो तथा राइट–वेमा व्यापार गर्न पाउनु पर्ने मागमा महानगरपालिका र अभियन्ता ईःले सात दिन भित्र उचित ठाउँ पहिचान गर्ने सहमति भएको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए।

फुटपाथ व्यवसायीलाई विकल्प दिइनुपर्नेलगायत माग राखी काठमाडौं महानगरपालिका कार्यालयअगाडि ९ दिनदेखि उभिएर विरोध जनाइरहेका अभियन्ता ईःका मागमा महानगरले बल्ल सहमति गरेको हो।

साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै राष्ट्रिय सभागृह अगाडि धर्नामा रहेका ई: ले सहमतिसँगै धर्ना स्थगित गरेका छन्।

राष्ट्रिय मानवअधिकार आयोगले राति १२ बजेदेखि बिहान ५ बजेसम्म कुर्सीमा बस्ने र बाँकी समय लौरो टेकेर उभिने गरेका इःका अभियन्ताको दुवै खुट्टा सुन्निएको पाइएकोले गम्भीर बन्न आग्रह गरेको थियो।

महानगर प्रमुख बालेन शाहले भने अभियन्ता ईःका माग पुरा गर्न नसकिने जवाफ दिएका थिए।

समाचार शेयर गर्नुहोस्
475
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.