ट्रान्सजेन्डरहरुविरुद्ध घृणित अपराध

ट्रान्सजेन्डरहरुविरुद्ध घृणित अपराध

एजेन्सी : गत वर्ष इङ्गल्यान्ड र वेल्समा ट्रान्सजेन्डरहरुविरुद्ध घृणित अपराध ११ प्रतिशतले बढेको छ। गृह कार्यालयको तथ्याङ्कमा इङ्गल्यान्ड र वेल्समा ट्रान्सजेन्डरहरू विरुद्ध रेकर्ड गरिएका घृणित अपराधहरू गत वर्षमा ११ प्रतिशतले बढेर ४ हजार ७३२ सङ्ख्या पुगेको उल्लेख छ। घृणित अपराधको कुल सङ्ख्या १ लाख ४५ हजार २१४ पुगेको छ।

गृह कार्यालयले ट्रान्सजेन्डरको मुद्दामाथि बढ्दो बहसले अपराध पनि बढेको हुनसक्ने बताएको छ। धार्मिक रूपले उत्प्रेरित घृणित अपराधहरू पनि सोही अवधिमा ९ प्रतिशतले बढेर ९ हजार ३८७ पुगेको छ।

गृह कार्यालयले घृणा अपराध कार्य योजनामा सुधार नगरेको पाइएको बिबिसीले जनाएको छ। केन्टकी एक ट्रान्सजेन्डर महिला शिया कोफी आफ्ना बच्चाहरूलाई स्कुल जाने क्रममा अनगिन्ती घटनाहरू भोगेको बताउँछिन्।

‘विद्यालयमा हुँदा हामीले कति पटक दुर्व्यवहार भोगेका छौँ, त्यसको गन्ती मैले भुलेँ। मान्छेहरू आफ्नो घरको झ्यालबाट गालीगलौज एवं दुर्व्यवहार गर्ने गर्छन्’उनी भन्छिन्,‘बाटोमा हिँड्दै गर्दा घर नजिक पुगी सकेर पनि घर नगई फर्कनु परेको छ। म आफू माथिको दुर्व्यवहारको सामना गर्न सक्छु, तर जब म मेरो परिवारसँग हुन्छु यसले बढी असर गर्छ।’

घृणित अपराधका ताजा तथ्याङ्क अनुसार सन् २०१३ सम्म कुल ४१ हजार २९४ घटना भएकामा २०२२–२०२३ को बिचमा बढेर १ लाख ४५ हजार २१४ पुगेको छ।

कार्डिफ युनिभर्सिटीको हेटल्याबका निर्देशक प्रोफेसर म्याथ्यू विलियम्स अझै पनि ट्रान्स र धार्मिक समुदायहरू विरुद्धको अपराधमा निरन्तर वृद्धिबाट चिन्तित रहेको बताउँछन्।

गृह कार्यालयले गत वर्ष राजनीतिज्ञ र सञ्चार माध्यमले गरेको ‘ट्रान्सजेन्डर मुद्दा’बारेको चर्चाले अपराधमा वृद्धि भएको र प्रहरीमा अपराध पहिचान गर्ने र अभिलेख गर्ने सचेतना बढेको पनि बताएको छ। ‘घृणित अपराधको कुनै पनि उदाहरण धेरै हो। हामी प्रहरीले यस्ता घृणित आक्रमणहरूको पूर्ण रूपमा अनुसन्धान गर्ने र अपराधमा संलग्नहरूले कानुनको शक्ति महसुस गरेको सुनिश्चित गर्ने अपेक्षा गर्दछौँ’ गृह कार्यालयका प्रवक्ताले भने।

मूल घृणा अपराध रणनीति २०१२ मा गठबन्धन सरकारको समयमा पेस गरिएको थियो, र घृणा अपराधहरूको थप रिपोर्टिङलाई प्रोत्साहित गर्न र प्रहरीको प्रतिक्रियामा सुधार गर्न एक योजना बनाइएको थियो।

त्यस बेलादेखि, कयौँ पटक यो रणनीतिलाई अद्यावधिक गरिएको छ, तर गृह कार्यालयले अब सबै अपराधहरूमा ध्यान केन्द्रित गर्न र सडकमा थप प्रहरी ल्याउने विषयलाई प्राथमिकता दिइरहेकाले नयाँ संस्करण प्रकाशित नगर्ने बताएको बिबिसीले जनाएको छ।

मञ्चको छेउमा धकेल्दै


इंग्ल्यान्डमा गे, लेस्बियन र बाइसेक्शुअल व्यक्तिहरू विरुद्ध घृणा अपराध गत वर्ष ६ प्रतिशतले घटेर २५ हजार ६३९ पुगेको छ।

युकेको पहिलो गे डेटिङ शो आई किस्ड अ ब्वाईका प्रतियोगी ड्यान ह्यारी, यो शो को छायाङ्कन सुरु गर्नुभन्दा केही समय अघि घृणित अपराधको सिकार भएका थिए। समलिङ्गी भएका कारण २७ वर्षीय व्यक्तिलाई तीन जना पुरुषको समूहले लन्डनको भूमिगत प्लेटफर्ममा रेल नजिकै आइपुग्न लागेका बेला धकेली दिने धम्की दिए।

ह्यारीले किङ्स क्रस स्टेसनमा आफ्ना साथीहरूलाई बिदाइ गरेको देखेपछि मानिसहरू उनलाई देखेर हाँस्न थालेको अनुभव सुनाए। ‘उनीहरूले मलाई अपशब्द प्रयोग गरी गाली गर्न थाले, धेरै डरलाग्दा होमोफोबिक गाली दिए अनि उनीहरूले मलाई प्लेटफर्मको छेउमा लगेर धकेल्दै थिए,’ह्यारी सम्झन्छन्,‘मलाई त रेलको ट्र्याकमा पुगेर सकिन्छस् भन्दै ठुलो धम्की दिए जुन साँच्चै डर लाग्दो थियो। मलाई के गर्ने थाहा थिएन। तर कसरी कसरी ट्रेन आई पुग्दासम्म आफू सुरक्षित हुन सक्नु भाग्यको कुरा थियो।’

ट्रान्सपोर्ट फर लन्डनले आफ्नो नेटवर्कमा घृणित अपराधका घटनाहरू अनुभव गर्ने जो कोहीलाई प्रहरीमा रिपोर्ट गर्न आग्रह गरेको छ। प्रोफेसर विलियम्सले विगत केही वर्षदेखि सामाजिक सञ्जालमा ट्रान्स विरोधी अभिव्यक्तिमा उल्लेख्य वृद्धि भएको बताए।

यो सामग्री बिबिसीबाट अनुवाद गरिएको हो।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading