तेस्रोलिंगी आनिक नगर समन्वय समितिको सदस्यमा मनोनीत

तेस्रोलिंगी आनिक नगर समन्वय समितिको सदस्यमा मनोनीत

बुटवल : बुटवल उपमहानगरपालिकाको तेसोलिंगी आनिक रानालाई नगर समन्वय समितिको सदस्य बनाएको छ।

साहसी कदम नेपाल रुपन्देहीकी तेस्रोलिंगी रानालाई गत कार्तिक २१ गतेको निर्णय अनुसार लैङ्गिक अल्पसङ्ख्यक (तेस्रोलिंगी) उत्थान नगर समन्वय समितिको सदस्य तोकिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ।

समितिको सदस्यमा मनोनयन भएकोमा रानालाई उपमहानगरपालिकाले बधाई सहित सक्रियताको अपेक्षा गरेको छ।

रानालाई सदस्य मनोनयन गरेको पत्रमा ‘यस बुटवल उपमहानगरपालिकाको लैङ्गिक एवं मूल प्रवाहीकरण र पछाडि पारिएका व्यक्ति, वर्ग समुदायको हित प्रवर्द्धन गर्ने सम्बन्धी कार्यविधि २०७५ (पहिलो संशोधन) २०७७ को दफा १५ बमोजिम लैङ्गिक अल्पसङ्ख्यक (तेस्रोलिंगी) उत्थान नगर समन्वय समितिको व्यवस्था बमोजिम तपाईँलाई कार्यालयको मिति २०८०।०७।२१ गतेको निर्णय अनुसार लैङ्गिक अल्पसङ्ख्यक (तेस्रोलिंगी) उत्थान नगर समन्वय समितिको सदस्य तोकिएको ब्यहोरा जानकारीका लागि अनुरोध छ।’

आनिक यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकार, एचआइभी एड्स, स्वास्थ्य शिक्षा क्षेत्रमा लुम्बिनी प्रदेशमा कार्यरत छिन्। पहिचान सहितको नागरिकता लिन जाँदा प्रशासन कार्यालयले चिकित्सकको सिफारिस माग गरे पछि २०७३ मा सर्वोच्च अदालतमा रिट निवेदन दिने मध्ये आनिक एक थिइन।

आनिक गत २०७४ को स्थानीय तहमा बुटवल उपमहानगरपालिकामा उम्मेदवार समेत बनेकी थिइन। राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक अधिकारका लागि क्रियाशील आनिकलाई उपमहानगरपालिकाले सदस्य मनोनयन गरेकोमा पहिलो संविधान सभा सदस्य सुनिलबाबु पन्तले बधाई दिएका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.