थानीको राजीनामा सनाखत पछि मात्रै स्वीकृत

थानीको राजीनामा सनाखत पछि मात्रै स्वीकृत

620
SHARES

काठमाडौं : नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले राजीनामा दिएका छन्।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई भेटेर थानीले बुधवारबाट लागू हुने गरी राजीनामा बुझाएका हुन्।

थानीले राजीनामाको कारण भने खुलाएका छैनन्। तर आफूसँगको भेटमा भने व्यक्तिगत कारण भन्नुभएको मन्त्री रिजालले जानकारी दिए। उनको राजीनामा बुधवार सनाखत गराएर स्वीकृत गर्ने मन्त्री रिजालले बताए।

तीन वर्षका लागि नियुक्त भएका थानीले २१ महिनामै कार्यकाल सकिनु १५ महिना अगावै पदबाट राजीनामा दिए। थानी खुल्ला प्रतिस्पर्धाबाट २०७८ फागुनमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए।

थानी नेतृत्वमा भएको समय नेपाल आयल निगम ऋणमुक्त भएको छ। सक्रिय राजनीतिमा जानको लागि राजीनामा दिएको हुन सक्ने निगम स्रोतले जनाएको छ।

उनी नेपाली काँग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)का निवर्तमान अध्यक्षसमेत हुन्।

समाचार शेयर गर्नुहोस्
620
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.