सत्ता गठबन्धन : केन्द्रको ‘बदला’ प्रदेशमा

सत्ता गठबन्धन : केन्द्रको ‘बदला’ प्रदेशमा

काठमाडौं : नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई असहयोग गरे प्रदेश सरकार परिवर्तन गर्ने धम्की दिएको छ।

नेपाली काँग्रेसले मुख्यमन्त्री पाएको सुदूरपश्चिम प्रदेश सरकारको काम प्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्रले केन्द्र सरकारमा गडबड गर्न खोजे प्रदेश सरकार बदल्ने धम्की दिएको हो।

अहिले प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका कमलबहादुर शाह छन्। उनी मुख्यमन्त्रीमा नियुक्त भएको २७ माघमा एक वर्ष पुरा हुँदैछ। प्रधानमन्त्री प्रचण्डले भने एक वर्षे सकाएका छन्। उनले सरकार असफल नभएको तर, हुटहुटी अनुसार काम गर्न नसकेको स्वीकार गरिसकेका छन्।

सरकारको काम प्रति केन्द्रमा काँग्रेसको शेखर कोइराला पक्षले असन्तुष्टि जनाउँदै आएको छ। सरकारको नेतृत्व परिवर्तनको बहस समेत काँग्रेस नेताहरूले चलाएका छन्।

काम नगर्ने मन्त्री हटाउने प्रधानमन्त्रीको प्रस्तावमा असहमति जनाएर काँग्रेसले प्रधानमन्त्री नै फेर्न लागेको चर्चा चल्न थाले पछि काँग्रेसले नेतृत्व गरेको सुदूरपश्चिम प्रदेश सरकारबाट माओवादीले धम्की दिएको हो।

माओवादीले प्रचण्डलाई काँग्रेसले हात बाँधेर राखेको आरोप पनि लगाएको छ। ‘केन्द्रमा हाम्रो नेतृत्वको हात बाँधिराख्नु पर्ने, प्रदेशमा उहाँहरूले स्वेच्छाचारिता गर्नुपर्ने, त्यो त स्वतन्त्रता हुँदैन,’माओवादी प्रदेश सांसद मानबहादुर धामीले भने,‘गठबन्धन हो, घोषणापत्र अलगअलग हो।’

केन्द्रमा प्रचण्ड नेतृत्वको सरकारलाई काँग्रेसले अत्तो थापेको भन्दै माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशबाट बदला लिने सङ्केत दिएको हो। मुख्यमन्त्री शाहको काम कारबाहीमा सत्तारुढ माओवादी केन्द्रले असन्तुष्टि जनाएर केन्द्र सरकारमा गडबड नगर्न काँग्रेसलाई भनेको छ।

सुदूरपश्चिम प्रदेश सभामा माओवादी केन्द्रका १० सांसद छन्। ७ सांसदहरूले शनिवार प्रधानमन्त्री प्रचण्डलाई भेटेर सुदूरपश्चिम सरकार नै हेरफेर गर्न भनेका छन्।

प्रचण्ड सरकारसँग काँग्रेसले जस्तै प्रदेश सरकारमा माओवादीले सरकार र संसद्ले प्रभावकारी काम गर्न नसक्दा जनता सामु जानै नसक्ने अवस्था बनेको बताएको छ।

माओवादीले पनि आफ्नो भूमिका प्रभावकारी रूपमा निभाउन नसकेको सांसद धामीले बताए। उनले केन्द्रमा काँग्रेसले अत्ता थापेकाले प्रदेशमा त्यसको झिल्को पुगेको सङ्केत गरे।

हाल प्रदेश सरकारमा माओवादीको तर्फबाट उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रमेश धामी, सामाजिक विकास मन्त्रीमा झपट साउद र गीता माल राज्यमन्त्री छन्। प्रधानमन्त्री प्रचण्डले अहिले राष्ट्रिय सभा निर्वाचनको चटारो भएकाले निर्वाचन सकिए लगत्तै सरकारबारे ठोस कदम अघि बढाउने आश्वासन दिएका छन्।

सुदूरपश्चिम प्रदेशसभा अहिले बिजनेस विहीन बनेको छ। बर्खे अधिवेशनमा एउटा पनि कानुन बनाउन नसकेका प्रदेश सांसदहरू अहिले फुर्सदिला बनेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading