घातक हतियारको प्रयोगमा प्रतिबन्ध लगाउन सर्वोच्चमा रिट

घातक हतियारको प्रयोगमा प्रतिबन्ध लगाउन सर्वोच्चमा रिट

काठमाडौं : भीड नियन्त्रणका लागि मेटल बुलेट वा प्राणघातक हतियारको प्रयोगमा प्रतिबन्ध लगाउन सर्वोच्च अदालतमा रिट दायर भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले निहत्था नागरिकमाथि घातक हतियारको प्रयोगलाई प्रतिबन्ध गर्न माग सहित रिट निवेदन पेस गरेका हुन्।

रिट निवेदनको टुङ्गो नलागेसम्म निहत्था नागरिक माथि प्राण घातक हतियारको प्रयोग नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गर्न माग गरिएको छ।

रिट निवेदनमा माग दाबी

1. जनप्रदर्शन एव भीड नियन्त्रणका लागि घातक हतियार (lethal weapon) एव मेटल बुलेटको प्रयोगलाई प्रतिबन्धित गरी पाऊ

2. भीड नियन्त्रणका लागि अत्यधिक बल प्रयोग एव हिंसात्मक साधनको प्रयोगलाई वर्जित गरी पाऊ

3. भीड नियन्त्रणको अहिसात्मक तौर तरिकाबारे प्रदर्शन व्यवस्थापनका लागि खटिने प्रहरीहरूलाई अनिवार्य प्रशिक्षण दिनु पर्ने, यसलाई अनिवार्य रूपमा प्रहरीको ट्रेनिङ म्यानुअलमा समावेश गर्नु पर्ने

4. भीड नियन्त्रणका गैरघातक हतियारको प्रयोग गर्दा पनि मानव अधिकारका आधारभूत मापदण्डहरूको प्रयोग सुनिश्चित गर्नु पर्ने

5. निहत्था नागरिकमाथि घातक हतियारको प्रयोग गर्ने एव जीवन अपहरणमा संलग्न जो कोहीलाई command responsibility अन्तरगत गैर कानुनी आदेश दिने वा सो आदेशको कार्यान्वयन गर्ने कार्यलाई ciminally liable तुल्याउँदै ज्यान सम्बन्धी कसुरमा अभियोजन गर्नु पर्ने

6. Basic Principles on the Use of Force and Firearms by Law Enforcement Officials 1990 लाई कार्यान्वयन गर्न आवश्यक कानुनी बन्दोबस्त गर्नु पर्ने

7. प्रहरीहरूलाई आत्म सुरक्षाको साधनको अभावले पनि अत्यधिक बलको प्रयोग हुने गरेकोले प्रहरीहरूलाई पर्याप्त मात्रामा हेलमेट, सुरक्षा ज्याकेट एव बुलेट प्रुफको निरन्तर आपूर्तिको व्यवस्था मिलाई पाऊ

साथै माथिको प्रकरणहरूमा उल्लेख गरिए बमोजिम जनप्रदर्शन वा भीड नियन्त्रण प्रक्रियामा घातक हतियार एव मेटल बुलेटको प्रयोगले विगतमा ठुलो सङ्ख्यामा निर्दोष नागरिकहरूले ज्यान गुमाउनु पर्ने अवस्थाको सिर्जना भएकोले यो रिट निवेदनको टुङ्गो नलागे सम्म निहत्था नागरिक माथि प्राण घातक हतियारको प्रयोग नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरी पाउ

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading