‘श्रीमती बलियो भयो भने, घर बलियो हुन्छ नि सर।’

‘श्रीमती बलियो भयो भने, घर बलियो हुन्छ नि सर।’

295
SHARES

‘श्रीमती एम.फिल गर्दै छिन् सर। बिहे भएको १४ वर्ष भयो। बच्चा हुर्किए। अब उनले पिएचडी नगरुन्जेल ट्याक्सी चलाउँछु।’

दीपेन्द्रजीको बोलाइमा साँचो भावना थियो।

‘मैले त द्वन्द्वको बेला विदेश जानु पर्‍यो। पढ्न पाएन।’ उनी श्रीमतीको पढाइ बारे कुरा गर्दा गर्व र हर्षले उत्साहित देखिन्थे।

मैले सोधेँ- तपाई श्रीमतीको प्रगतिमा कत्ति खुसी है ? तपाईँको खुसी र साथ देखेर खुसी लाग्यो।

‘श्रीमती बलियो भयो भने, घर बलियो हुन्छ नि सर।’ उसको लिडरसिप र कन्फिडेन्सले मन जित्यो।’
लाग्छ दीपेन्द्रजीको ती सबै वाक्य रेकर्ड गर्न पाएको भए…।

‘जे जस्तो भए नि आफ्नो देशमा फस्ट दर्जाको नागरिक भएर बस्छु नि सर। विदेश त म जान्न। हिसाब किताब राख्छु। फाल्तु खर्च गर्दिन। ट्याक्सीबाटै राम्रो कमाई छ। खुसी छु सर।…. श्रीमतीले एमफिल गरोस्। पिएचडी गराउँछु। बच्चाहरू पढाउँछु। हाम्रो देशमै केही गर्छु सर।…’ ट्याक्सीको स्टेरिङ नजिकै डायरी थियो जसमा दैनिक आयव्यय थियो। उहाँको बोलीमा आत्मविश्वास थियो: मुहारमा मुस्कान र मनमा एउटा करुणा भाव सहितको मानवीय चेतना।

पाटन ढोकाबाट तीनकुनेसम्म साँझको बेला करिब २५ मिनेट हामी यसरी बग्यौँ जसरी हाम्रो विपरीत दिशामा बागमती खोला बगिरहेको थियो शान्त, आफ्नै सुरमा।

हामीलाई लाग्यो पाटन ढोकाको बैठकमा हामीले भेटेका ‘नेता’ र ‘व्यवसायी’ भन्दा उहाँको इमानले भरिएको मुस्कानसहितको यो तस्बिर नेपालको भविष्य हो। हाम्रो सपनाको समाज दीपेन्द्रजी जस्तै चेतना र इमान बोकेको समाज हो।

मिलन पाण्डे राजनैतिक एवं सामाजिक अभियन्ता हुन्। राजनीति, समाज, शिक्षाको बारेमा कलम चलाउँदै आएका पाण्डेको यो लेख हामीले उनको ट्वीटरबाट साभार गरेका हौं।

समाचार शेयर गर्नुहोस्
295
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.