भ्यागुता आकारको झुम्का लगाउनेलाई सजाय

भ्यागुता आकारको झुम्का लगाउनेलाई सजाय

एजेन्सी : रुसले यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायविरोधी कानुनमा टेकेर पहिलोपटक सजाय सुनाएको छ।

अदालतहरुले गतबर्ष चरमपन्थी घोषित गरिएको एलजीबीटी आन्दोलनका प्रतिकहरु प्रदर्शन गर्ने व्यक्तिलाई दोषी ठहर्ययाउन सुरु गरेका अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।

रुसका दुई अदालतले फेब्रुअरी महिनाको पहिलो हप्ता ‘अन्तर्राष्ट्रिय एलजीबीटी सामाजिक आन्दोलन’ का सम्बन्धमा सजाय सुनाएको द गार्जिएनमा उल्लेख छ। भोल्गोग्राडको दक्षिणी क्षेत्रको अदालतले एक व्यक्तिलाई दोषि ठहर गरेको छ।

अदालतको सञ्चार सेवाका अनुसार, एलजीबीटी झण्डाको एउटा तस्वीर अनलाइन पोस्ट गरेपछि, ती व्यक्तिलाई चरमपन्थी संगठनको प्रतिक प्रदर्शन गरेकोमा दोषि ठहर गर्दै अदालतले सजाय सुनाएको हो।

समाचारमा जनाइएअनुसार, आर्टियोम पी भनेर चिनिने ति व्यक्तिलाई १ हजार रुबेल अर्थात ८.६९ डलर जरिवाना तिर्न आदेश दिइएको थियो। उनले तस्वीर पोस्ट गरेर मुख्र्याइँ गरेको भन्दै अपराध स्वीकार गरेको अदालतले उल्लेख गरेको छ।

यस्तैगरी मस्कोको पूर्वमा निजनी नोभगोरोडको अदालतले एक महिलालाई इन्द्रेणी छवि झल्काउने भ्यागुता आकारको झुम्का लगाएको अभियोगमा सजाय सुनाएको छ। उनलाई पाँच दिनका लागि प्रशासनीक हिरासतमा बस्नुपर्ने सजाय सुनाइएको एलजीबीटी अधिकार समूह एजिसले जनाएको छ।

एक व्यक्तिले ति महिलाको नजिक गएर झुम्का हटाउन माग गरेको भिडियो खिची अनलाइनमा पोस्ट गरेपछि प्रहरीले उनलाई चौकीमा बोलाएको थियो।

इन्स्टाग्राममा इन्द्रेणी झण्डाका तस्बिरहरू पोस्ट गर्ने एक फोटोग्राफरविरुद्ध दक्षिण–पश्चिम रूसको साराटोभमा अर्को हप्ता पुनः सुनुवाई सुरु हुने स्वतन्त्र रूसी समाचार आउटलेट मिडियाजोनाले जनाएको छ।

इन्द्रेणी झण्डाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्दछ। रुसी कानूनले देशमा चरमपन्थी मानिएका संगठनहरूको प्रतीक प्रदर्शन गर्न निषेध गरेको छ। त्यस्ता संगठनहरुको सूचीमा सामाजिक नेटवर्क मेटा पनि पर्दछ।

रूसको सर्वोच्च अदालतले गत नोभेम्बरमा एलजीबीटी अन्दोलनमाथि प्रतिबन्ध लगाएको थियो। जसले यौन झुकाव र लैङ्गिक पहिचानको अभिव्यक्तिमाथि बढ्दो प्रतिबन्धको श्रृंखलालाई निरन्तरता दिएको छ।

गत जुलाईमा पारित गरिएको एउटा कानूनले तेस्रोलिंगी रूसीहरूका लागि लिङ्गको कानुनी वा चिकित्सकीय परिवर्तनलाई निषेध गरिदिएको थियो।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.