नमोबुद्धका सन्तोषसँगै थप सहिद घोषणा, याङग्रीमायाको नाम दुई ठाउँमा

नमोबुद्धका सन्तोषसँगै थप सहिद घोषणा, याङग्रीमायाको नाम दुई ठाउँमा

264
SHARES

काठमाडौं : सरकारले तत्कालीन माओवादी सशस्त्र द्वन्द्वमा जीवन उत्सर्ग गरेका काभ्रे नमोबुद्ध नगरपालिका २ का सन्तोष तामाङलाई सहिद घोषणा गरेको छ।

साबिकको मथुरापाटी फूलबारी ३, सालथुंगेका तामाङको २६ चैत २०६० सालमा नेपाली सेनासँगको भिडन्तमा ज्यान गएको थियो। मन्त्रिपरिषद्को २४ पुसमा बसेको बैठकले गरेको निर्णय अनुसार राजपत्रमा प्रकाशित थप सहिदहरूको नाममा तामाङको नाम पनि रहेको छ।

विभिन्न आन्दोलन, सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा जीवन उत्सर्ग गरेका तर सहिद घोषणा हुन बाँकी रहेका २ हजार ६७४ जनाको नाम सरकारले राजपत्रमा प्रकाशित गरेको छ। सहिद घोषणा हुने मध्ये तामाङ पनि एक हुन्।

काभ्रेका १६८ जना सहिद घोषणा भएका छन्। उनीहरूको नाम राजपत्रमा प्रकाशित भएको छ। याङग्रीमाया वाइबाको नाम भने दोहोरो परेको भेटिएको छ। काभ्रेका सहिदको नाममा एउटै ठेगाना, एउटै मितिका याङग्रीमायाको नाम ३६ नम्बर र ११९ नम्बर दुई ठाउँमा भेटिएको हो।

काभ्रे सापिङ ४ का कृष्णप्रसाद पराजुली, पात्लेखेत ८ कल्छेका गङ्गाबहादुर तामाङ सहिद घोषणा भएका छन्। पराजुलीले ८ जेठ २०६२ र गङ्गाबहादुरले १५ माघ २०५५ मा जीवन उत्सर्ग गरेका थिए।

यस्तै उग्रचण्डी नाला ४ का रामेश्वर श्रेष्ठ, रविओपि २ का राजाराम पौड्याल, राजु, कुरुवास चापाखोरी १ का गजबसिंह थोकर, विशाल, सस्युखर्क २ पधेराटोलका श्रीदास तामाङ सेते सहिद घोषणा भएका छन्।

काभ्रे बोल्देफेदिचे २ माउरेका रकम लोप्चन, पनौती ३ रायगाउका दीपेन्द्र रायमाझी, सापिङ ४ रिट्ठेका नारायण अधिकारी, शिखर आम्बोटे ५ काफलडाँडाका अमृता भुजेल पार्वती, खनालथोक २ चरङ्गेफेदीका शिला श्रेष्ठ रोशनी पनि सहिद घोषणा भएका छन्।

फलामेटार ६ कोठेका धनकुमारी गोले, मंगलटार पिङथलीका कुलबहादुर तामाङ क्षितिज, भिमखोरी ७ तल्लो केराबारीका धनबहादुर स्याङतान, बनखुचौर १ गोल्टरका पूर्मिला माझी पूर्णमाया, फलामेटार १ का अर्जुन बहादुर थिङ, भिमखोरी ८ फस्रेडाँडाका ज्ञानबहादुर मोक्तान सानु, भिमखोरी ९ च्याख्लेका युद्धप्रकाश रायमाझी, भिमखोरी १ पौवाका रेसम बहादुर पुलामी प्रसाद सहिद घोषणा भएका छन्।

सरकारको अर्को उपलब्धि, थप ३ हजार राष्ट्रिय सहिद

काभ्रे पाँचखाल ९ तिनपिप्लेका अप्सरा अधिकारी, साल्मेचाकल ९ हात्तीसारका देवराज सापकोटा दर्शन, अनखुचौर ३ गोल्टारका विमला वाइबा, पोखरीचौरी ७ लिसेपानीका बद्री तिवारी, चण्डेनीमण्डन १ का बलराम क्षेत्री पराजुली, मादनकुडारी ८ डाडाटोलका राजु भुजेल विकल्प, मादनकुँडारी ६ विङथलीका पञ्च तामाङ पन्चा, डाँडाटोलका चक्रबहादुर गौतम, छापका हजारसिंह लामा, पोखरीचौरी ३ सुलिकोटका पुण्यप्रसाद गौतम, नाग्रेगागर्चे २ टक्सारका वखनसिंह लामा लोप्साङ, बाँझखेतका सञ्जीव तामाङ र सोनाम तामाङ पनि सहिद घोषणा भएका छन्।

यस्तै नाग्रेगगर्चे २ टक्सारका सूर्य तामाङ, सल्लेभुम्लु ३ भुम्लुका ठुलोकान्छा विश्वकर्मा, फलामेटार ४ चिप्लेदमारका याङग्रीमाया वाइबा, मिठु माया वाइबा, सुवास वाइबा, जनक वाइबा, डाडाँगाउ ४ धनमनाका केनामसिं घिसिङ विशाल, खनालथोक २ चरङ्गेफेदीका कृष्ण न्यौपाने सरोज, दाप्चाछत्रेबाँझ ४ दाप्चाका मीन कुमार तामाङ सहिद घोषणा भएका छन्।

तत्कालीन विद्रोही माओवादीका सुप्रिमो कमान्डर पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक सरकारको नेतृत्व गरेका छन्।

उनले यो कार्यकालमा देश र जनताको लागि काम गर्ने प्रतिबद्धता जनाउँदै आएको छन्। तर प्रचण्डको काम भने सहिद घोषणामा मात्रै देखिएको छ।

थप सहिदको नाम हेर्नुहोला

समाचार शेयर गर्नुहोस्
264
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.