ढोलाहिटी हत्याको कारण पुरानो रिसइवी

ढोलाहिटी हत्याको कारण पुरानो रिसइवी

136
SHARES

ललितपुर : ललितपुरको ढोलाहिटीमा चक्कु प्रहारबाट दुई जनाको हत्या पुरानो रिसइवीका कारण भएको खुलेको छ। गत तिहारमा नराम्रो व्यवहार गरेको र अपशब्द बालेको निहुँमा दुई समुहबीच विवाद सिर्जना हुँदा चक्कु प्रहार गरी हत्यासम्म पुगेको ललितपुर प्रहरीले जनाएको छ।

ललितपुर प्रहरीले मङ्गलवार घटनाबारे पत्रकार सम्मेलन गर्दै दुई महिना अघि देखिएको विवादले उग्र रूप लिएपछि हत्या सम्म पुगेको बताएको हो।

होलीको दिन ढोलाहिटीमा रहेको डी पोपिना रेस्टुरेन्टका सञ्चालकहरू खाजा खाएर रमाइलो गरिरहेका थिए। त्यही बेला अर्को समूहले गएर केही समय विवाद गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।

सञ्चालकहरूले झगडा नगरी सम्झाई बुझाई गरी होटेल बाहिर निकालेपछि मृतक रेवश राईले फोन गरेर अर्को समूह बोलाएपछि झडप भएको ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिए।

घटनाले उग्र रूप लिएपछि होटेल सञ्चालक समेत रहेका विजय राईले रेवश राईको छाती र कोखामा चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ।

हत्या प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले होटेल सञ्चालकसहित चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा होटेल डी पोपिनाका सञ्चालक ३१ वर्षीय विजय राई, खोटाङ साकेला गाउँपालिका २ रतन्छाप घर भई हाल ललितपुर १५ खुमलटार बस्ने होटेलकै अर्का सञ्चालक ३० वर्षीय सुलभ राई, भोजपुर ट्याम्केमयुङ गाउँपालिका ३ अन्नपूर्ण घर भई ललितपुर २६ जैनखेल बस्ने ३८ वर्षीय विशाल हाङ मुकारुङ राई, काठमाडौं गोकर्णेश्वर नगरपालिका ११ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका इमाडोल ६ सानागाउँ बस्ने वर्ष २५ को छिङविहाङ राई रहेका छन्।

घटनामा संलग्न रहेका भनिएका पाजु गुरुङ भन्ने व्यक्ति भने अझै फरार रहेको र खोजी भइरहेको प्रहरीले बताएको छ। मृतकका आफन्तले भने घटना बाहिर आएको जस्तो ग्याङफाईट नभएको बताउँदै चक्कुले तिघ्रामा लाग्दैमा ज्यान जानु शङ्कास्पद भएको बताएका छन्।

प्रहरीले घटनामा संलग्न चार जना र फरार एक जना गरी पाँच जनालाई कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाएको छ। प्रहरीले अन्य ८ जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

थप अनुसन्धानको लागि नियन्त्रणमा रहेका अन्य व्यक्तिहरू:

जिल्ला खोटाङ दिप्रुङ गाउँपालिका वडा नं. १ याम्खाचा घर भई हाल ललितपुर जिल्ला, ल.पु.म.न.पा. २६ जैनखेल बस्ने वर्ष २७ को सुशील राई।

जिल्ला खोटाङ दिप्रुङ गाउँपालिका वडा नं. १ याम्खाचा घर भई हाल ललितपुर जिल्ला, ल.पु.म.न.पा. २६ ढोलाहिटी बस्ने वर्ष ३२ को प्रदीप राई।

जिल्ला धनकुटा शहिदभूमि गाउँपालिका वडा नं. १ घर भई हाल ललितपुर जिल्ला, इमाडोल सानागाउँ बस्ने भक्त बहादुर राईको छोरा वर्ष २९ को नाम्नु हाङ राई।

जिल्ला झापा गौरादह नगरपालिका वडा नं. ५ महारानीझोडा घर भई हाल काठमाडौं, नयाँ बानेश्वर बस्ने अर्जुन राई को छोरा वर्ष २७ को अनन्त राई।

जिल्ला खोटाङ जन्तेढुंगा गा.पा. वडा नं. १ बुपुङं घर भई हाल ललितपुर, विशालचोक नख्खिपोट बस्ने महेश्वर राई को छोरा वर्ष २६ को विराट राई।

जिल्ला सुनसरी १८ धरान, बुद्धचोक हाल जिल्ला ललितपुर, हात्तिवन बस्ने महेन्द्र राई को छोरा वर्ष २९ को अनीश राई।

जिल्ला सुनसरी, धरान, सिद्धकाली चोक घर भई हाल ललितपुर जिल्ला, नख्खिपोट बस्ने वर्ष २१ को चिराक राई।

जिल्ला सुनसरी, धरान उ.म.न.पा. ६ बरगाछी घर भई हाल ललितपुर म.न.पा. १४ शोभाहिटी बस्ने वर्ष २९ को साहिल श्रेष्ठ।

छुरा हान्ने सहित १८ पक्राउ, कसको भूमिका के? अनुशन्धान जारी

समाचार शेयर गर्नुहोस्
136
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.