प्रचण्डसँग मध्यरातमा भेट्ने ओली समाचार पढेर हाँसे

प्रचण्डसँग मध्यरातमा भेट्ने ओली समाचार पढेर हाँसे

फाइल तस्बिर

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटलाई काँग्रेस सभापति शेरबहादुर देउवासँग भएको भनेर हल्ला फैलाइएको पुष्टि भएको छ।

चैत १३ गते मध्यरातमा देउवासँग नभई ओलीसँग प्रधानमन्त्री प्रचण्डको भेट भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली राति पौने १० बजे बालुवाटार पुगेर ११ बजे बाहिरिए पनि देउवाको नाम सहित केही सञ्चारमाध्यममा समाचार आए पनि औपचारिक रूपमा प्रधानमन्त्री र देउवाको सचिवालयले खण्डन भने गरेका छैनन्।

प्रधानमन्त्री प्रचण्डसँग पूर्वप्रधानमन्त्रीको भेट भएको सूचनालाई केही सञ्चारमाध्यमले देउवाको भेट भनेर हल्ला फैलाए पछि एमाले अध्यक्ष ओलीले भने समाचार देखाउँदै ‘हाम्रा मिडिया’ भन्दै हाँसो नै गरेका स्रोतले बताएको छ।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्य र देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले चैत १३ गते मध्यरातमा भेट नभएको बताएका थिए। ‘चैत १३ गते प्रचण्डसँग ओलीको भेट भएको हो,’प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार आचार्यले पहिचानसँग भने,‘देउवासँग भेट भएको होइन।’

प्रचण्डसँग भेट गर्ने ओली तर समाचारमा देउवाको भेट भनेर आएको समाचार झुटो भएको प्रेस सल्लाहकार आचार्यले बताए। ‘केही मिडियाले पछि बुझे पछि सच्याएका पनि थिए,’आचार्यले भने,‘पूर्वप्रधानमन्त्री भन्ने बित्तिकै ओली नभई देउवा भनेर झुक्किए जस्तो छ।’

प्रधानमन्त्री निवास बालुवाटारमा देउवा झन्डै १ घण्टा प्रचण्डसँग छलफल गरेर फर्किएको बालुवाटार स्रोतको हवाला दिँदै केही सञ्चारमाध्यमहरूले समाचार प्रकाशित गरेका थिए। भोलिपल्टै १४ चैतमा प्रचण्ड र देउवा दुवैको सचिवालयले भेट नै नभएको दाबी गरेका थिए।

अन्नपूर्ण पोस्टले चैत १४ गते मध्यरातसम्म प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति देउवाबीच छलफल भनेर समाचार प्रकाशित गरेको थियो भने थाहा खबरले प्रचण्डलाई भेट्न मध्यरातमा बालुवाटार पुगे देउवा भनेर समाचार प्रकाशित गरेको थियो।

अरू दर्जन बढी सञ्चारमाध्यमले त्यही समाचार कपी पेस्ट गरेका थिए भने कतिपय अनलाइनले त्यसलाई अर्थपूर्ण भनेर समेत प्रकाशित गरेका थिए।

पहिचान अनलाइनले भने चैत १३ गते मध्यरातको भेट हल्ला मात्रै भनेर प्रकाशित गरेको थियो।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading