मतदाता नामावली दर्ता : त्रुटि सच्याउन अनुरोध

मतदाता नामावली दर्ता : त्रुटि सच्याउन अनुरोध

387
SHARES

काठमाडौँ : निर्वाचन आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु भएको जनाएको छ। उपनिर्वाचन प्रयोजनको लागि स्थगित गरिएको मतदाता नामावली दर्ता गर्ने कार्य सुचारु गर्ने निर्णय भएको आयोगले जनाएको छ।

उपनिर्वाचन हुने इलाम र बझाङ जिल्लामा वैशाख २५ गतेदेखि र बाँकी सबै जिल्लामा आज (सोमबार) देखि प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट साबिकमा झैँ प्रदेश/जिल्ला निर्वाचन अधिकारीले प्रमुख नाम दर्ता अधिकारीको रूपमा काम गर्ने गरी मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य मतदाता नामावली ऐन, २०७३ को व्यवस्था बमोजिम सुचारु गरिएको आयोगले विज्ञप्ति निकालेर जानकारी दिएको छ।

पेसा, व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगाना भन्दा फरक अर्को कुनै जिल्लामा बसोबास गरिरहेको व्यक्तिले नाम दर्ताका लागि आवश्यक प्रमाण सहित प्रि-रजिष्ट्रेशन प्रणाली मार्फत आवेदन गरेमा त्यस्तो व्यक्तिको नाम निजको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्ला मतदाता नामावली सङ्कलनको कार्य साबिकमा झैँ प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयले गर्ने व्यवस्थालाई निरन्तरता दिइएको आयोगले जनाएको छ।

त्यसैगरी कुनै मतदाताले आफ्नो मतदाता नामावलीमा रहेको नाम, जन्म मिति, नागरिकता सम्बन्धी विवरण, बाबुको नाम, आमाको नाम, पति वा पत्नीको नाम, बाजेको नाम तथा वडा भित्रको मतदान स्थल लगायतका विवरणमा रहेको त्रुटि सच्याउन, मतदाताको नामावली सार्न, मतदाताको दोहोरो नाम हटाउन, नागरिकता त्याग, रद्द तथा मृत्यु भई नामावलीबाट नाम हटाउन निवेदन दिन र झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश भएको भए उजुरी दिन समेत सकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

समाचार शेयर गर्नुहोस्
387
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.