राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डको भेट, अध्यादेश जारी गर्ने तयारी

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डको भेट, अध्यादेश जारी गर्ने तयारी

373
SHARES
फाइल तस्बिर

काठमाडौं : सरकारले अध्यादेश जारी गर्ने तयारी गरेको छ। संसद् अधिवेशन अन्त्य गरेको सरकारले लगानी प्रतिकूल ठानिएका करिब एक दर्जन कानुनमा संशोधन गर्न अध्यादेश जारी गर्ने तयारी गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधवार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर अध्यादेश जारी गर्ने सरकारको तयारीबारे जानकारी गराएका छन्।

शीतल निवास पुगेर प्रधानमन्त्री प्रचण्डले समसामयिक राजनीतिक घटनाक्रमबारे जानकारी गराएका राष्ट्रपतिको निजी स्वकीय सचिवालयले जनाएको छ।

सरकारले वैशाख १६ र १७ गते तेस्रो लगानी सम्मेलन आयोजना गर्दै छ। सम्मेलन अघि नै स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने गरी कानुनमा संशोधन गर्न अध्यादेश जारी हुने लगानी बोर्डका प्रवक्ता प्रद्युम्न उपाध्यायले जानकारी दिए।

सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्ने काँग्रेसको माग अस्वीकार गर्दै सरकारले संसद्को चालु अधिवेशन वैशाख २ गतेदेखि अन्त्य गरेको छ। सरकारले संसद् छलेर अध्यादेश जारी गर्न लागेको भए पनि राष्ट्रपति समक्ष सिफारिस भने गरिसकेको छैन।

‘नेपालमा अमेरिकी निजी क्षेत्रको लगानी न्यून’

लगानी बोर्डले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा १४८ परियोजना सोकेस हुने लगानी बोर्डले जनाएको छ। सम्मेलनका लागि अहिलेसम्म १ हजार तीन सय ५५ जनालाई निम्तो पठाइएकोमा चार सयभन्दा बढीले सहभागी हुने प्रतिबद्धता जनाएका छन्। अन्य ९ सय बढीले सम्मेलनमा सहभागीताका लागी इच्छा देखाएको बोर्डले जनाएको छ।

सम्मेलनमा ३६ भन्दा बढी देशबाट लगानीकर्ता नेपाल आउने छन्। सम्मेलनमा प्रदर्शन गर्ने परियोजनाको अन्तिम सूची तयार भएको लगानी बोर्डका प्रवक्ता उपाध्यायले जानकारी दिए।

लगानी सम्मेलनका क्रममा तीन परियोजनाको विकास सम्झौता प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट–पीडीए गर्ने तयारी भइरहेको उनले बताए। लगानी कर्तालाई सन्तुष्ट हुने गरी अध्ययन गरिएकोले प्रतिबद्धता अनुसार लगानी आउने लगानी बोर्डले विश्वास गरेको छ।

समाचार शेयर गर्नुहोस्
373
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.