एमालेसँग झोक्किए देउवा, मदन भण्डारीको हत्यारा किन पत्ता लागेन?

एमालेसँग झोक्किए देउवा, मदन भण्डारीको हत्यारा किन पत्ता लागेन?

225
SHARES

काठमाडौं : गठबन्धन अदलबदल भएपछि पहिलो पटक एउटै मञ्चमा देखिएका तीन दलका शीर्ष नेताले एकअर्कालाई छेडखानी गरेका छन्। एमालेले गाली गरेपछि काँग्रेस सभापति शेरबहादुर देउवा झनक्क रिसाएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भने तिललाई पहाड नबनाउन भनेका छन्। ओलीको गाली खाइरहने माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने खुसी देखिएका छन्। एमालेको ७५ औँ हीरक जयन्ती समारोहमा अध्यक्ष ओलीले जिब्रो चिप्लिएर फुत्किएको बोलीमा हङ्गामा हुने गरेको बताए।

ओली भन्दा अघि नै भाषण गर्न मञ्चमा पुगेका देउवा एमालेसँग झोक्किए। मदन भण्डारीका विषयमा आफूले राम्रो बोल्ने तयारीका साथ आए पनि एमालेले काँग्रेसलाई गाली गरेपछि आफू चुप बस्न नसकेको देउवाले बताए।

काँग्रेसलाई गाली गर्ने एमालेहरूले मदन भण्डारीको हत्या कसरी र किन भयो? भनेर नेतृत्वलाई भन्न सक्ने ल्याकत राख्न चुनौती दिए।

आफू र आफ्नो पार्टी विरुद्ध नकारात्मक टिप्पणी नआएपछि प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड भने ओलीसँग निकै खुसी देखिए। उनले कुनै पनि नकारात्मक टिप्पणी समेत नगर्ने बताए।

समारोहमा ‘गणतन्त्र गौरव’ सम्मानबाट पूर्वराष्ट्रपति एवं पार्टीका तत्कालीन उपाध्यक्ष विद्या भण्डारी सम्मानित भएकी छन्। एमाले अध्यक्ष ओलीले नेकपा स्थापनाको ७५ वर्षको अवसर पारेर पार्टीले तयार परेको वृत्तचित्र सार्वजनिक पनि गरेका छन्।

समाचार शेयर गर्नुहोस्
225
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.