आगलागीबाट २७ जनाको मृत्यु, तीन जनाविरुद्ध वन मुद्दा दर्ता

आगलागीबाट २७ जनाको मृत्यु, तीन जनाविरुद्ध वन मुद्दा दर्ता

288
SHARES

काठमाडौं : २४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा २७ जनाको मृत्यु भएको हो।

प्राधिकरणले आगलागीबाट १८, डढेलोले छ र चट्याङ लागेर तीन जनाले ज्यान गुमाएका जनाएको छ। ओखलढुङ्गा र काभ्रेमा वनमा आगो लगाउने पक्राउ परेका छन्।

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–११ को नगरपार्कमा आगो लगाएको आरोपमा २६ वर्षीय महेश विक र २३ वर्षीय सुजन विक पक्राउ परेका हुन्।

ओखलढुङ्गा जिल्ला अदालतले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ। जिल्लाका वनमा आगलागीका घटना बढेसँगै प्रहरीले आगो लगाउनेको खोजी अभियान थालेको जनाएको छ।

काभ्रेको मण्डन देउपुर नगरपालिका ११ स्थित तर्किन्टार राष्ट्रिय वनमा आगलागी गरिरहेको अवस्थामा पक्राउ परेका मैते तामाङविरुद्ध काभ्रेपलान्चोक जिल्ला अदालतमा वन मुद्दा दायर भएको छ।

वन डढेलो लगाउने तामाङविरुद्ध वन ऐन, २०७६ को दफा ४९ (घ) को कसुर गरेकोमा दफा ५० (४) बमोजिम वन जङ्गलमा डढेलो लगाइ हानीनोक्सानी गरेको बिगो ५० हजार र जलेको पाइप तथा तारको ३०५०० रुपैयाँ असुल गरी ३ वर्ष कैद, ६० हजार जरिवाना वा दुवै सजाय माग गरेर मुद्दा दायर गरिएको वन अधिकृत एवं अनुसन्धान अधिकृत हरिचन्द्र तिमल्सिनाले जानकारी दिए।

देशका विभिन्न स्थानमा सुरु भएको वर्षासँगै काठमाडौं उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण घट्दै गएको छ। केही समय यता लगातार जसो विश्वको प्रदूषित सहरको एक नम्बरको सूचिमा पर्दै आएको काठमाडौं आठौँ स्थानमा झरेको छ।

समाचार शेयर गर्नुहोस्
288
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.