उज्यालो भविष्य संस्था स्थापनाको १० वर्ष पुरा

उज्यालो भविष्य संस्था स्थापनाको १० वर्ष पुरा

313
SHARES

काठमाडौं : मानव सेवा, पर्यटन विकास, शैक्षिक जागरण, महिला तथा बालबालिकाको अधिकार लगायतका क्षेत्रमा क्रियाशील उज्यालो भविष्य संस्था दोलखाले स्थापनाको १० वर्ष पुरा भएको अवसरमा विभिन्न व्यक्तिहरू लाई सम्मान गरेको छ।

काठमाडौँमा भएको कार्यक्रममा पत्रकार चिरञ्जीवी मास्के, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, शताब्दी पुरुष (एक सय दुई वर्ष) हरि बहादुर बस्नेत, सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका प्रमुख मिना कार्की बस्नेत, साहित्यकार दामोदर प्रसाद न्यौपाने, समाजसेवी सविता उप्रेती, हेमा मानन्धर, खड्ग शिवाकोटी र मोहन खत्री र माया थामिलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले सम्मान गरे।

मन्त्री तामाङले दोलखामा निर्माणाधीन फिल्मशिटीको लागि सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले नेपालमा धार्मिक पर्यटक भित्राउन काठमाडौँको पशुपति नाथ, लुम्बिनी, पोखरा लगायतका क्षेत्रको विशेष व्यवस्थापन गर्नुपर्ने बताए।

उज्यालो भविष्य संस्थाका अध्यक्ष राजन बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं सांसद गङ्गा कार्की, नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, नेपाली काँग्रेसका नेता तारा बहादुर कोइराला, जिल्ला विकास समितिका पूर्व सभापति रुद्र बहादुर खड्का, नेपाली काँग्रेसका महासमिति सदस्य एवं तरुण दलका नेता सन्तोष पाण्डे, क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता बद्री कुमार चौलागाई, नेकपा एमाले दोलखा काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष उमेश खड्का, नेपाली काँग्रेस दोलखा काठमाडौँ सम्पर्क समितिका सभापति सरोज शिवाकोटी, नेपाल प्रेस युनियनका केन्द्रीय सचिव लालकुमार मोक्तान लगायतले मन्तव्य राखेका थिए।

समाचार शेयर गर्नुहोस्
313
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.