तरकारी बजारमा मानव धर्म सेवाको रक्तदान

तरकारी बजारमा मानव धर्म सेवाको रक्तदान

197
SHARES

काठमाडौं : विश्व रक्तदाता दिवसको अवसर पारेर नेपाल मानव धर्म सेवा समितिले बृहत् रक्तदान कार्यक्रम गरेको छ। नेपाल मानव धर्म सेवा समिति, काठमाडौँले कालीमाटी फलफूल तथा तरकारी बजारमा गरेको रक्तदान कार्यक्रममा एक सय १३ जनाले रक्तदान गरेका छन्।

राप्ती भेरीका शाखा आश्रमहरूबाट ८३ जनाले रक्तदान गरेको समितिको केन्द्रीय कार्यालय गौशालाले जानकारी दिएको छ। साथै सेती क्षेत्र आश्रम अत्तरियामा २१ जना रक्तदाताले रक्तदान गरेका छन्।

लुम्बिनी क्षेत्र आश्रमले सबैभन्दा बढी रक्तदान गर्ने रक्तदातालाई सम्मान पनि गरेको छ। समितिले विभिन्न अवसर पारेर हरेक वर्ष देशै भरिका आश्रममा रक्तदान गर्ने गरेको जनाएको छ।

समिति काठमाडौं जिल्लामा अत्यधिक महिला रक्तदाताको रूपमा रक्तसञ्चार केन्द्रबाट पुरस्कृत भइसकेको छ। रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा.कार्ल ल्यान्डसटाइनरको जन्मदिन जुन १४ को सम्झनामा सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन सुरु गरिएको हो।

समाचार शेयर गर्नुहोस्
197
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.