निमा जाङ्मु शेर्पालाई सगरमाथा आरोहणमा सफलता

निमा जाङ्मु शेर्पालाई सगरमाथा आरोहणमा सफलता

186
SHARES

काठमाडौं : विश्वको सर्वोच्च शिखरको सगरमाथाको चुचुरोमा मानवले पहिलो पटक पाइला टेकेको ७० वर्ष पुगिसकेको छ। यो बिचमा धेरै व्यक्तिहरू सगरमाथा आरोहणको विभिन्न कृतिमान (रेकर्ड)हरू बनाउँदै आएका छन्।

यस्तैमा सोलुखुम्बुकी निमा जाङ्मु शेर्पाले १० दिनमा चीन तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्न सफल भएकी छन्। चीन तर्फबाट सगरमाथाको चुचुरोमा छोटो समयमा पुग्ने निमा पहिलो महिला बनेकी छन्।

निमाले यही वसन्त ऋतुको मे २४ तारिखको बिहान १०ः०५ बजे चीन तर्फबाट सगरमाथाको छोटो समयमा सफल आरोहण गरेकी क्लाइबालय ट्रेक्स एन्ड एक्सपिडिसन कम्पनीका निर्देशक मिङ्मा शेर्पाले जानकारी दिए।

क्लाइबालय निर्देशक मिङ्माले नै उनलाई सगरमाथा चढ्नका लागि आवश्यक बन्दोबस्तीका सामानहरू, लाग्ने सम्पूर्ण शुल्कहरूको साथै अरू खर्चको व्यवस्था गरिदिएको बताए।

२०४५ साल जेठमा सोलुखुम्बुको नाम्चे–५ साम्देमा जन्मेकी निमाले सन् २०१९ देखि ट्रेकिङ क्षेत्रमा काम गर्दै आएकी र यसअघि उनले लोबुचे पिक, आइल्याण्ड पिक र रामदुङ पिकको सफल आरोहण गरिसकेको जानकारी दिइन।

१० दिनमै सगरमाथाको चुचुरोमा पुग्छु, रेकर्ड राख्छु भन्ने केही त्यस्तो योजना नरहेको र सगरमाथाको चुचुरोमा १० दिनमा पाइला टेकेर ११ औँ दिनमा सगरमाथा आधार शिविरमा आइपुगेको शेर्पाले बताइन्।

नेपालीहरूको सहयोगमा विदेशीहरूले हिमाल आरोहणको क्षेत्रमा नयाँ-नयाँ कीर्तिमान राख्ने भए पनि पछिल्लो समय निमा जस्तै निडर व्यक्तिहरूले गर्दा नेपालीहरूले पनि रेकर्ड राख्न सफल भएका छन्।

समाचार शेयर गर्नुहोस्
186
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.