६० किलो सुन तस्करी : नेपाली नागरिकता बाहक अर्का चिनियाँ नागरिक पक्राउ

६० किलो सुन तस्करी : नेपाली नागरिकता बाहक अर्का चिनियाँ नागरिक पक्राउ

171
SHARES

काठमाडौं : ६० किलो सुन तस्करी अनुसन्धानको क्रममा नेपाली नागरिकता बाहक चिनियाँ नागरिक पक्राउ परेका छन्। गत वर्ष २ साउन २०८० मा बरामद भएको ६० के.जी.अवैध सुनको थप अनुसन्धानको क्रममा अवैध सुन खरिद बिक्री बापत अवैध सुनको भुक्तानी दिने मानिसहरूको खोजतलास गर्ने क्रममा चिनियाँ नागरिक शेरब ग्याम्मो भन्ने सोनाम गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले पक्राउ गरेको हो।

काठमाडौं महानगरपालिका वडा नं.०६ मा डेरा गरी बस्ने चिनिया नागरिक सेराप भन्ने व्यक्तिहरू अवैध सुन र युएसडीटी (USDT)को कारोबारमा संलग्न रहेको प्रमाणको आधारमा ब्युरोबाट खटिएको टोलीले बौद्ध तिनचुली चारघरे स्थित डेरा गरी बस्ने वर्ष ३७ को आफूलाई चिनिया नागरिक बताउने गुरुङलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ।

भाडा कोठामा रित पूर्वक खान तलासी गर्ने क्रममा अवैध सुन ६ थान र नगद ४८ लाख समेत बरामद गरी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।

आधिकारिक रूपमा परीक्षण बाँकी रहेको ९९९.९ गोल्ड लेखिएको १ के.जी.लेखिएको ६ थान, नेपाली ४८ लाख रुपैयाँ, मोबाइल ३ थान र सोनाम गुरुङको नाममा रहेको देखिने नेपाली नागरिकताको प्रमाण पत्र १ थान बरामद गरिएको सिआइबीले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
171
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.