देशभरका आश्रममा मानव धर्मको योग शिविर

देशभरका आश्रममा मानव धर्मको योग शिविर

205
SHARES

काठमाडौं : अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा नेपाल मानव धर्म सेवा समितिले योग शिविर सञ्चालन गरेको छ।

योग प्रशिक्षण शिविरमा मानव धर्म सेवा समिति केन्द्र प्रमुख महात्मा चमेली वाईजीले ऋषिमुनिले योगलाई विशेष प्राथमिकता दिएको बताउँदै सबैले दैनिक योगको अभ्यास गर्नुपर्ने बताइन।

भौतिक तथा आध्यात्मिक जीवन अनुशासित बनाउन योगको आवश्यकता रहेको उनले बताइन। योगका विभिन्न आसनले मन एकाग्र पार्न पनि विशेष सहयोग पुर्‍याउने उनको भनाई थियो।

योग प्रशिक्षक पुष्करराज पन्तले प्रशिक्षण दिएको योग प्रशिक्षणमा दुई सय हाराहारीमा सहभागी थिए।

शुक्रवार नै नेपाल मानव धर्म समितिका देशभरका करिब १३५ आश्रम तथा विदेशमा रहेका आश्रमहरूमा योग शिविर सञ्चालन भएको छ।

समाचार शेयर गर्नुहोस्
205
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.