तपस्वी बमजन दोषी ठहर, १० वर्ष कैद सजाय

तपस्वी बमजन दोषी ठहर, १० वर्ष कैद सजाय

397
SHARES

काठमाडौं : आफूलाई तपस्वी बताउने रामबहादुर बमजनलाई १० वर्ष कैद सजाय भएको छ। सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बाल यौन दुराचार गरेको कसुरमा बमजनलाई १० वर्ष कैदको फैसला सुनाएको हो।

पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि गरेको अदालतका सूचना अधिकारी सिकिन्दर कापरले जानकारी दिए। बमजन बालयौन दुरुपयोगमा दोषी ठहर भएका हुन। सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले १० असारमा बमजनलाई दोषी ठहर गरेको थियो।

सजाय निर्धारणको लागि असार १७ गते सोमबारका लागि पेशी तोकिएको थियो। सोही अभियोग लागेका तोप्चेङ महात्मा गुरु भनिने ज्ञानकुमार बमजन र जेबी गुरु भनिने जितबहादुर तामाङले भने सफाइ पाएका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले गत पुस २४ गते बमजनलाई काठमाडौँको बुढानीलकण्ठबाट पक्राउ गरी सर्लाही पठाएको थियो। सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको आरोप पनि उनीमाथि छ।

उनीहरूलाई सिन्धुली आश्रमबाट बेपत्ता पारिएको दाबी गरिएको छ। सर्लाहीको आश्रममा भने उनले बालयौन दुरुपयोग गरेको भनी प्रहरीमा जाहेरी परेको थियो। सोही आरोपमा उनी दोषी ठहरिएका हुन्। बमजन जोडिएको अरू मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

समाचार शेयर गर्नुहोस्
397
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.