ओली निवासमा अचेत भएका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

ओली निवासमा अचेत भएका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

333
SHARES

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा सुरक्षा प्रमुख सशस्त्र प्रहरी बलका निरीक्षक उमेश थापाको मृत्यु भएको छ। शनिवार बिहान अचेत अवस्थामा फेला परेका ४२ वर्षका थापालाई भक्तपुर अस्पतालका चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

भक्तपुर सूर्य विनायक नगरपालिका वडा नं. ९ गुण्डु स्थित सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोक, काठमाडौं दरबन्दी भई हाल एमाले अध्यक्ष ओलीको निजी निवास बालकोटमा सुरक्षा प्रमुखको रूपमा खटिएका सशस्त्र प्रहरी बलका वर्ष ४२ को सशस्त्र प्रहरी निरीक्षक उमेश थापा शनिवार बिहान अचेत अवस्थामा फेला परेका थिए।

अचेत अवस्थामा फेला पारी तत्कालै उपचारको लागि भक्तपुर अस्पताल ल्याएकोमा उपचारकै क्रममा बिहान ६ः५० बजेको समयमा सम्बन्धित चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।

घटनास्थलमा प्रहरी वृत्त जगाती भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी लाश पोष्टमाटर्मको लागि टिचिङ अस्पताल महाराजगन्ज, काठमाडौं पठाइएको परिसरका सूचना अधिकारी राजन कार्कीले जानकारी दिए। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
333
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.