कांग्रेसमा अन्तर्घात गर्नेलाई ‘आममाफी दिन’ प्रस्ताव

कांग्रेसमा अन्तर्घात गर्नेलाई ‘आममाफी दिन’ प्रस्ताव

168
SHARES

काभ्रे : प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ मा ‘अन्तर्घात गरेर’ हराएको भन्दै कारबाही सिफारिस भएका पार्टीका नेताहरूलाई ‘आममाफी दिन’ नेपाली काँग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँले प्रस्ताव गरेका छन्।।

नेपाल विद्यार्थी सङ्घ काभ्रेले बनेपामा एसईई मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गर्न आयोजित कार्यक्रममा हुमागाईँले पार्टीलाई एकताबद्ध र बलियो बनाउन कारबाही फिर्ता गर्न प्रस्ताव गरेका हुन्।

प्रतिनिधि सभा क्षेत्र नं २ बाट हुमागाईँ नै उम्मेदवार हुँदा ‘अन्तर्घात गरी हराएको’ भन्दै नेपाली काँग्रेस काभ्रेले केन्द्रीय सदस्य मधुप्रसाद आचार्य, गणेश लामा, प्रतिनिधि सभा क्षेत्र नं २ का सभापति महेश खरेललाई कारबाहीको सिफारिस गरेको थियो। बाग्मती प्रदेश महामन्त्री रहेका प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे, बनेपा नगर सभापति महेशकुमार कर्माचार्यलाई ‘बनेपा क्षेत्रबाट प्रत्यक्षमा कम मत आउनाको कारणबारे स्पष्टीकरण सोध्ने’ निर्णय गरेको थियो।

केन्द्रीय सदस्य हुमागाईँले पार्टीमा अन्तर्घात गर्नेलाई आममाफी दिएर पार्टीमा ऊर्जा भर्नुपर्ने बताए। ‘हामीले अनुशासनको कारबाही गरेको दुई वर्ष भयो, यो बिचमा धेरै राजनीतिक परिवर्तन भयो, धेरै सरकार परिवर्तन भयो, ग्रासरुटमा हामीले गएर हेर्‍यौ, १३ वटै पालिकामा हामीले चुनाव जितेका छौँ, पार्टी मजबुद छ तर साथीहरूमा ऊर्जा छैन, मैले यसबारे बुझ्ने प्रयत्न गरे, कार्यक्रममा, टोलमा पुग्दा बुझे, सबैको एकै कुरा सुने, पार्टीभित्र एकता कायम गर्नुस्, नेताहरूको विभाजनले हामीमा ऊर्जा आएन, हामी हिँड्न सकेनौँ,’उनले भने, ‘यदि त्यसो हो भने सभापति ज्यू, तपाईँको साथमा रहेर अनुरोध गर्न चाहन्छु, हामीलाई हिजो अन्तर्घात गर्ने साथीहरू, चुनाव हराउन लाग्ने साथीहरूले गल्ती गरेकै हो, चुनाव हराउन लागेकै हो, चुनाव हराउन लागेका मध्ये केही मञ्चमा हामीसँगै माला लगाइरहने, केही साथीहरूलाई कारबाही गर्ने कामबाट हामी माथि उठौँ, जुन पार्टी पद्धतिबाट हामीले कारबाही गरेका थियौँ, त्यही पद्धतिबाट आममाफी दिऊँ, यसले काभ्रे काँग्रेसलाई थप ऊर्जा दिनेछ, हौसला दिनेछ र पार्टीमा एकलाइन स्थापित हुनेछ, यो मेरो आग्रह हो, अनुरोध हो।’

उनले पार्टीका साथीहरुबीचको असमझदारी हटाएर अघि बढ्नुपर्ने बताए। ‘साउथ एसियाका नेता एपीजे अब्दुल कलाम आजादले भनेका छन्, नङ लामो भयो भने नङ काट्ने हो, औँला काट्ने हैन, पार्टीका साथीहरू बिचमा कन्फ्युजन भयो भने, मिसअन्डरस्ट्याण्डिङ भयो भने, इगो फाल्ने हो, साथी फाल्ने हैन,’ उनले भने, ‘प्रत्येक साथीहरूले यो बुझ्न जरुरी छ, कन्फ्युजन, मिसअन्डरस्ट्याण्डिङ हुन सक्छ, त्यसो हुँदा साथी नै फाल्ने कुरा गलत हो, अपरिपक्व हो, अराजनीतिक, पार्टी राजनीति नबुझेको चरित्र हो, त्यसैले नङ लामो हुन्छ, नङ छोडौँ, औला जोगाऔँ, मिसअन्डरस्ट्याण्डिङ हुन्छ, मिसअन्डरस्ट्याण्डि छोडौँ, साथी जोगाऔँ, यसले पार्टीलाई राम्रो हुन्छ।’

पार्टी सभापति तीर्थ लामाको साथमा आफू सधैँ रहेको भन्दै उनले नेपाली काँग्रेस काभ्रेलाई बलियो बनाउने सभापतिको स्प्रिटलाई सधैँ सम्मान गर्ने बताए। ‘पार्टी सभापतिले म यो पार्टीलाई अत्यन्त राम्रो, बलियो बनाउन चाहन्छु, संस्थागत बनाउन चाहन्छु, व्यवस्थित गर्न चाहन्छु, यही पार्टीको माध्यमबाट काभ्रे काँग्रेस र काभ्रेली जनतामा उत्साह भर्न चाहन्छु,’ उनले भने, ‘म उहाँलाई अत्यन्त सम्मान गर्न चाहन्छु, म उहाँसँग हिजो पनि थिए, आज पनि छु र भोली पनि रहन्छु।’

समाचार शेयर गर्नुहोस्
168
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.