लहडका भरमा संविधान संशोधनको कुरा गरेका होइनौँ : प्रधानमन्त्री ओली

लहडका भरमा संविधान संशोधनको कुरा गरेका होइनौँ : प्रधानमन्त्री ओली

177
SHARES

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रगमनमा लागि संविधान संशोधन हुने बताएका छन्। लोकतन्त्रका लागि लडेर आएका नेपाली काँग्रेस र एमालेसहितको वर्तमान सत्ता समीकरणले अग्रगमनका लागि संविधान संशोधन गराउने ओलीले बताए।

नेकपा एमालेमा मनोनीत उपाध्यक्ष र केन्द्रीय सदस्यहरूको शपथ ग्रहणका लागि आइतबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधान संशोधन गरेर प्रतिगमन ल्याउन खोजेको भन्ने भ्रम फैलाउने कोसिस भएको बताए।

उनले मुलुक र जनताको आवश्यकताबमोजिम संविधान संशोधनीय दस्ताबेज भएको उल्लेख गरे। ‘लोकतन्त्रलाई सुदृढ बनाउन, संविधानप्रतिको ग्राह्यता र स्वीकार्यता बढाउन, विकास र समृद्धिका थप आधार पहिल्याउन र जनतासँग एकाकार हुन संविधान संशोधन गर्ने हो,’प्रधानमन्त्री ओलीले भने,’संविधान कुनै धार्मिक ग्रन्थजस्तो असंशोधनीय विषय होइन। हामीले कुनै लहडका भरमा संविधान संशोधनको कुरा गरेका होइनौँ। मानवकेन्द्रित मुद्दालाई ध्यानमा राखेर हामी संविधान संशोधनको सोचमा छौँ।’

प्रधानमन्त्री ओलीले राजनीति स्वच्छ प्रतिस्पर्धाका आधारमा जनताका लागि हुनुपर्ने र एमालेका नेता कार्यकर्ताले जनताप्रति नरम र जबाफदेही भएर काम गर्नुपर्ने बताए। वैचारिक र साङ्गठनिकरुपमा मुलुकको नेतृत्व गर्ने हकदार पार्टी पनि एमाले नै भएको दाबी ओलीले गरे।

समाचार शेयर गर्नुहोस्
177
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.