बिमस्टेक चेम्बर अफ कमर्स गठन हुने, सचिवालय नयाँदिल्लीमा

बिमस्टेक चेम्बर अफ कमर्स गठन हुने, सचिवालय नयाँदिल्लीमा

143
SHARES

काठमाडौं : बिमस्टेक चेम्बर अफ कमर्स गठन हुने भएको छ। बिमस्टेक बिजनेस समिटमा यस क्षेत्रका उद्योग वाणिज्य महासङ्घका अध्यक्ष एवं प्रतिनिधि र बिमस्टेकका महासचिव इन्द्र मणि पाण्डे सम्मिलित बैठकले उक्त निर्णय गरेको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ।

नेपाल उद्योग वाणिज्य महासङ्घ नेपालको प्रतिनिधित्व गर्दै संस्थापक सदस्य रहने छ।

आफूले गत वर्ष गरेको प्रस्ताव अनुरूप चेम्बर गठन हुन लागेकोमा महासङ्घ अध्यक्ष चन्द्र प्रसाद ढकालले खुसी व्यक्त गरे। बैठकमा सहभागी अध्यक्ष ढकालले चेम्बर विधान बनाई तत्काल कार्यान्वयन गर्न आह्वान गरे।

बिमस्टेक चेम्बरको स्थापना भएपछि यसले बिमस्टेक स्वतन्त्र व्यापार सम्झौताको गठन र कार्यान्वयनलाई गति दिने अपेक्षा महासङ्घले गरेको छ।

बैठकमा भएको वार्ताअनुसार भारतीय उद्योग परिसंघले बिमस्टेक चेम्बरको सचिवालय नयाँ दिल्लीस्थित भारतीय उद्योग परिसंघको कार्यालयमा स्थापना गर्ने प्रस्ताव गरेको छ। चेम्बरको अध्यक्षता वर्णानुक्रम अनुसार हुनेछ।

बैठकमा अध्यक्ष ढकाल सहित महासङ्घका पूर्व अध्यक्ष भवानी राना र वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ पनि सहभागी थिए।

समाचार शेयर गर्नुहोस्
143
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.