ठमेलदेखि वसन्तपुरको गाईजात्रा (तस्बिरहरू)

ठमेलदेखि वसन्तपुरको गाईजात्रा (तस्बिरहरू)

143
SHARES

काठमाडौं : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले हरेक वर्ष जस्तै परम्परागत सांस्कृतिक पर्व गाईजात्रामा ठमेलदेखि वसन्तपुरसम्म र्‍याली निकालेका छन्।

सन् २००३ मा गाईजात्रा उत्सवबाट सुरु भएको समलिङ्गी, तेस्रो लिङ्गी, अन्तरलिंगी अर्थात् यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले झन्डै दुई दशकसम्म गाईजात्रालाई महोत्सवका रूपमा मनाउँदै आएका थिए।

तर, पछिल्लो समय भने केही संस्थाले गाईजात्रालाई प्राइड परेडको नाम दिएका छन्। नाम मात्रै परिवर्तन भएको छ। सहभागी हुने र र्‍याली गर्ने उही सुरुवातको परम्परा भने कायम छ। आआफ्नो ठाउँमा मनाउनु पर्ने र समुदायबारे सचेतना जगाउने उद्देश्य काठमाडौँमा मात्र सीमित हुँदै आएको छ।

ब्लु डायमन्ड सोसाइटीको वर्तमान नेतृत्वले वर्षमा एक दिन गाईजात्राको दिन देशका विभिन्न ठाउँमा रहेका समुदायका सदस्यलाई काठमाडौँमा बोलाएर ठमेलदेखि वसन्तपुरसम्मको सडकमा हिँडाउने र खाने बस्नेदेखि आतेजातेसम्ममा लाखौँ खर्च गर्दै आएको छ। यो वर्ष पनि उसले त्यही गरेको छ।

हेर्नुहोस् राष्ट्रिय समाचार समितिका प्रदीपराज वन्तले क्लिक गरेका तस्बिरहरू :


समलिङ्गी तेस्रो लिङ्गीको गाईजात्रा : राजनीतिक समावेशिताका लागि सचेतना

समाचार शेयर गर्नुहोस्
143
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.