नयाँ गाडी किन्न ७.७ प्रतिशत ब्याजमा ऋण

नयाँ गाडी किन्न ७.७ प्रतिशत ब्याजमा ऋण

249
SHARES

काठमाडौं : राष्ट्रिय वाणिज्य बैङ्कले चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ। तिज, दसैँ, तिहार लक्षित वाणिज्य बैङ्कको आरबीबी भेहिकल लोन फेष्टिभ अफर योजना सार्वजनिक भएको हो।

भदौ १ गतेदेखि कात्तिक ३० गतेसम्म लागु हुने योजनामा नयाँ गाडी खरिद गर्दा बैङ्कले ७.७७ प्रतिशत ब्याजदरमा ऋण प्रवाह गर्ने जनाएको छ।

ग्राहकवर्गले ७ वर्षसम्म ७.७७ प्रतिशत स्थिर ब्याजमा आरबीबी भेहिकल ऋण लिन पाउनेछन्। साथै ०.५ प्रतिशत प्रोसेजिङ फी प्रणालीमा लोन लिन सकिने बैङ्कले जनाएको छ।

बैङ्कले विस्तृत जानकारीका लागि नजिकको राष्ट्रिय वाणिज्य बैङ्कको शाखा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।

समाचार शेयर गर्नुहोस्
249
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.