अजिमा र ६ प्रकारका लैङ्गिक पहिचान : काठमाडौं बाहिर पहिलो स्क्रिनिङ्ग

अजिमा र ६ प्रकारका लैङ्गिक पहिचान : काठमाडौं बाहिर पहिलो स्क्रिनिङ्ग

कास्की : अजिमा र ६ प्रकारका लैङ्गिक पहिचान वृत्तचित्र काठमाडौँ बाहिर प्रदर्शन सुरु भएको छ। नेपालको समृद्ध आध्यात्मिक र सांस्कृतिक तानाबानाको अन्वेषण गर्ने, लैङ्गिकता, यौनिकता, आध्यात्मिकता र इतिहासको गहिरो मातृसत्तात्मक कथाहरूको खोजी गर्ने वृत्तचित्र अजिमा र ६ प्रकारका लैङ्गिक पहिचान काठमाडौँ बाहिर प्रदर्शन सुरु भएको हो।

एसियाकै पहिलो समलिङ्गी सभासद् सुनिलबाबु पन्तले निर्माण गरेको वृत्तचित्र मङ्गलवार पोखराको वाराही सिनेमा हलमा विशेष स्क्रीनिंग गरिएको छ। पन्तले यसअघि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको विवाहमा आधारित वृत्तचित्र ‘निलो फुल’ बनाएका थिए।

काठमाडौँको मातृसत्तात्मक इतिहास, अजिमा देवीहरू, पितृसत्तात्मक र मातृसत्तात्मक मूल्यहरू बीचको सम्बन्धमा केन्द्रित अजिमा र ६ प्रकारका लैङ्गिक पहिचान वृत्तचित्र पोखराको वाराही सिनेमा हलमा प्रदर्शन भएको हो।

विविध लिङ्ग र कामुकताहरूको अन्वेषण, सांस्कृतिक सम्पदा र हालका लैङ्गिक मुद्दाहरूको गहिरो प्रतिबिम्ब प्रस्तुत गरिएको वृत्तचित्र प्रदर्शन पछि समीक्षा र प्यानल छलफल पनि गरिएको मायाको पहिचान नेपालले जनाएको छ।

काठमाडौँमा मन्दिरका टुँडालहरूमा कुदिएका ६ थरीका पहिचान भएका व्यक्तिको यौन सम्बन्धबारे निर्माता पन्तले बुझाउने प्रयास गरेका छन्। वृत्तचित्रमा समलिङ्गी, तेस्रो लिङ्गी, अन्तरलिंगीको पहिचानबारे खुलाइएको छ।

वृत्तचित्र युरोपियन युनियन र अस्ट्रेलियन दूतावासको आर्थिक सहयोगमा निर्माण भएको हो। वृत्तचित्र देशका अन्य ६ ठाउँमा पनि विशेष स्क्रीनिंग हुने मायाको पहिचान नेपालका कार्यकारी निर्देशक समेत रहेका निर्माता पन्तले जानकारी दिए।

अजिमा एन्ड सिक्स जेण्डर्स : कुमारीलाई राष्ट्रप्रमुख घोषणा गर्दा के होला?

अजिमा एन्ड सिक्स जेण्डर्स : पितृसत्तात्मक र मातृसत्तात्मक मूल्यहरूबीचको जटिल सम्बन्ध उजागर

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.