पूर्वराजा ज्ञानेन्द्र भुटानमा, शाही धर्मगुरुबाट अभिषेक र आर्शिवचन

पूर्वराजा ज्ञानेन्द्र भुटानमा, शाही धर्मगुरुबाट अभिषेक र आर्शिवचन

331
SHARES

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसहित भुटान पुगेका छन्। भुटान एयरलाइन्सको जहाजमार्फत शाह परिवारसहित थिम्पु पुगेका हुन्।

पूर्वराजा शाहलाई भुटानकी राजकुमारी पेम ल्हादेन वाङचुक पेम पेमले पारो अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन। अविरल वर्षपछि आएको बाढीपहिरोले मुलुक आक्रान्त बनेका बेला ज्ञानेन्द्रले भुटानी राजामार्फत भुटानमा राजनीतिक भेटघाट गर्ने भनिएको छ।

पूर्वराजा ज्ञानेन्द्रको भ्रमणलाई भारतीय संस्थापनले भुटानी राजामार्फत आफ्नो सन्देश दिन खोजेको भन्ने अर्थमा पनि टिप्पणी भएको छ। तर, शाहको भुटान भ्रमण निजी रहेको शाहका संवाद सचिव फणीराज पाठकले बताए।

राजाबाट बाहिरिएपछि ज्ञानेन्द्रको पहिलो भुटान भ्रमण

भुटानमा रहँदा उनले धार्मिक क्षेत्र भ्रमण गर्ने र विभिन्न व्यक्तित्वहरूसँग भेटघाट गर्नेछन्। पूर्वराजा शाह असोज २० गते आइतबार स्वदेश फर्कने कार्यक्रम छ। शाहसँगै छोरी प्रेरणासहित परिवारका सदस्यहरू शिताष्मा शाह, राजेश सिंह र स्वकीय सचिव सागर तिमल्सिना भुटान गएका छन्।

पूर्वराजा ज्ञानेन्द्रलाई अतिथिगृहमा शाही धर्मगुरुबाट अभिषेक र आर्शिवचन प्रदान गरिएको छ। भुटानमा जलवायु परिवर्तनको असरबारे बृहत् अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ।

सम्मेलनमा विश्व नेतालगायत पूर्व राष्ट्रप्रमुख, वातावरण एवम् प्रकृति विज्ञहरू, दातृ निकायका प्रतिनिधिहरूको बाक्लो उपस्थिति छ। यही मौकामा पूर्वराजा ज्ञानेन्द्र भुटान पुगेका हुन्।

समाचार शेयर गर्नुहोस्
331
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.