निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

अझै तीन दिन मनसुन सक्रिय, क्षणिक वर्षा हुने

अझै तीन दिन मनसुन सक्रिय, क्षणिक वर्षा हुने

113
SHARES

काठमाडौं : यस वर्ष सरदर मिति भन्दा तीन दिन अगाडी नै जेठ २८ गतेदेखि नेपाल भित्रिएको मनसुन बाहिरिन पनि ढिला भएको छ।

मनसुन बाहिरिने सरदर मिति अक्टोबर ३ हो। सरदर मिति अनुसार तीन दिन अघिदेखि नै मनसुन बाहिरिनुपर्ने अनुमान गरिए पनि नेपालमा अझै मनसुन सक्रिय रहेको छ।

देशभर मनसुनी वायुको प्रभावका कारण आगामी तीन दिन देशभरको मौसममा आंशिक देखि साधरणतया बदली रहँदै हल्कादेखि मध्यम वर्षासम्म हुने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ।

केहीदिन भित्रै नेपालको पश्चिमी भूभागबाट मनसुन बाहिरिने पूर्वानुमान गर्दै विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले तीन दिनसम्म भने मनसुन नबाहिरिने बताए। त्यसपछि भने पश्चिमी क्षेत्रबाट बिस्तारै मनसुन बाहिरिने सम्भावना रहेको उनले सुनाए।

आइतबार देशभर आंशिक देखि साधरणतया बदली रहने विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी, बागमती र कोशी प्रदेशका थोरै स्थानमा क्षणिक प्रकृतिको वर्षा हुने तथा ठुलो वर्षा नहुने मौसमविद् पुडासैनीले बताए। उनले निरन्तर वर्षा नहुने र क्षणिक वर्षा हुने सम्भावना रहेको बताए।

दशैंसम्मको मौसम पूर्वानुमान अहिले नै गर्न नसकिने मौसम विज्ञान विभागले बताएको छ।

समाचार शेयर गर्नुहोस्
113
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.