दुलाल बन्धु बागमती प्रदेश अध्यक्षमा जयराम

दुलाल बन्धु बागमती प्रदेश अध्यक्षमा जयराम

319
SHARES

काठमाडौँ : दुलाल बन्धु सेवा समाज बागमती प्रदेशको दोस्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। शनिवार भक्तपुरको लोकन्थलीमा रहेको ईन्द्रसान पार्टी प्यालेसमा सम्पन्न अधिवेशने २१ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो।

अधिवेशनले अध्यक्षमा जयराम दुलाल, वरिष्ठ उपाध्यक्षमा निल प्रसाद दुलाल, उपाध्यक्षमा भूमिनन्द दुलाल र टङ्क दुलाल तथा महिला उपाध्यक्षमा रिता दुलाललाई निर्वाचित गरेको छ।

बागमती प्रदेशको महासचिवमा गोविन्द दुलाल, सचिवमा अर्जुन प्रसाद दुलाल, सहसचिवमा मुरारी उपाध्याय दुलाल र कोषाध्यक्षमा सुदन दुलाल चयन भएका छन्।

नयाँ कार्यसमितिमा बागमती प्रदेशका सबै जिल्लाका बन्धुहरूको प्रतिनिधित्व भएको छ। नवनिर्वाचित अध्यक्ष जयराम दुलालले बागमती प्रदेशका सबै बन्धुलाई एक ठाउँमा जोड्ने बताए। उनले देशै भरीका दुलाललाई जोडेर वंशावली बनाउने बताए।

अधिवेशनको उद्घाटन गर्दै कोशी प्रदेश सभाका सदस्य किशोर चन्द्र दुलालले बन्धुहरुबीच एकता महत्त्वपूर्ण हुने बताए। उनले नराम्रो काममा नलाग्न बन्धुहरूलाई सुझाव दिए।

नक्कली भुटानी शरणार्थी काण्डमा केशव दुलाल मुछिएको घटनाले बन्धुहरूलाई खल्लो बनाएको भन्दै उनले नराम्रा काममा नलाग्न र रचनात्मक काममा संलग्न हुन सुझाव दिए।

दुलाल बन्धु सेवा समाजको बागमती प्रदेश अधिवेशनले प्रदेश सभामा निर्वाचित किशोर चन्द्र दुलाल र दोलखाको शैलुङ गाउँपालिकाका पूर्वअध्यक्ष भरत दुलाललाई सम्मान गरेको थियो।

समाचार शेयर गर्नुहोस्
319
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.