अमेरिकी राज्य संसदमा निर्वाचित सुरजलाई रिजालले दिए भुटानी राजाको अत्याचार अन्त्य गर्ने शुभकामना

अमेरिकी राज्य संसदमा निर्वाचित सुरजलाई रिजालले दिए भुटानी राजाको अत्याचार अन्त्य गर्ने शुभकामना

648
SHARES

काठमाडौँ : भुटानी राजा जिग्मे सिङे वाङचुकले सेना तैनाथ गरेर देश निकाला गरेका सुरज बुढाथोकीलाई बधाई पाइरहेका छन्। ९ वर्षको बाल्यकालमा भुटानबाट लखेटिएका सुरज अमेरिकाको न्यू हेम्सायर राज्यको तल्लो सभा सदस्यमा निर्वाचित भएसँगै उनले बधाई तथा शुभकामना पाइरहेका छन्।

सुरज निर्वाचित भएको खबरले भुटानी शरणार्थी खुसीले गदगद् भएका छन्। अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेट उम्मेदवार कमला ह्यारिसको प्यानलबाट टिकट पाएका बुढाथोकी दुई वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन्।

दुई दशक भुटानी शरणार्थी शिविरको बसाइ पछि तेस्रोदेश अमेरिका पुनर्स्थापना भएका हुन् बुढाथोकी। उनको जितले भुटानी राजाको ज्यादती विश्व समुदायमाझ थप उदाङ्गो हुने विश्वास शरणार्थीहरूको छ।

भुटानी शरणार्थीका समस्याबारे अमेरिकी संसद् र सरकारसँग पैरवी गर्दै आएका बुढाथोकी आफैँ राज्यसभा सदस्यमा निर्वाचित हुनु गर्वको कुरा भएको शरणार्थी अगुवाहरू बताउँछन्। बुढाथोकीको सक्रियतामा शान्ति र मेलमिलाप कायम गर्न पिस इनिसिएटिभ भुटान नामक संस्था समेत स्थापित छ।

अमेरिकी राज्य संसद् पदमा पहिलो पटक भुटानी शरणार्थी निर्वाचित

भुटानी मानवअधिकार नेता टेकनाथ रिजाल अब भुटानी राजाको मुटुमा ड्याङग्रो बजेको बताउँछन्। रिजालले बुढाथोकी अमेरिकाको राज्य संसद् पदमा निर्वाचित हुनु भुटान भित्र, र बाहिर रहेका सबै लोत्सा्म्पा भुटानी समुदायको विजय भएको बताए। उनले भने, ‘सुरजको विजय अन्य मुलुकका शरणार्थी समूहका पीडितहरू र, राजबन्दीहरू, राष्ट्रिय,अन्तर्राष्ट्रिय, द्वन्द्वले अपाङ्गता हुन पुगेका सबै अनाथ बालबालिकाहरूले पनि आज अमेरिकाको संसद् भित्र एक प्रतिबिम्बका रूपमा प्रतिनिधित्व गर्न योग्य पात्र पाएको महसुस मैले गरेको छु।’

भुटानी राजाको शोषण, अन्याय अत्याचारमा परेर देश निकालिनु परेको पीडासँगै पूर्वी नेपालको शरणार्थी शिविरमा दिन बिताउँदा भोगेका दर्द कष्टका बीचको बाला जीवनकालका अनुभव लिएर अमेरिका पुगेका सुरजले अमेरिकी जनताको विश्वास जित्दै राज्य संसद् पदमा निर्वाचित हुनु दक्षिण भुटानी समुदायको लागि एक गर्व अनुभूति हुने कुरा भएको रिजालले बताए।

भुटानी राजाले आफ्ना नागरिक होइनन् भनेर तिरस्कार गरेका सुरज आज अमेरिका भित्रै स्थानीय समाजको मन जितेर अमेरिकाको संसद् पदमा निर्वाचित हुनु चानचुने त्याग नभएको उनले उल्लेख गरे। चाँडै भुटानी राजाको डाँटछल विश्व समुदायमाझ अब उदाङ्गो हुने कुरामा आफू विश्वस्त रहेको रिजालले बताए।

सुरजको कामले नै भुटानीको दर्द र पीडा बोकेको र एक दिन भुटान आफैँले हात जोडेर माफ माग्नु पर्ने अवस्था आउने रिजालको प्रतिक्रिया छ। भुटानी शरणार्थीलाई तल पार्नका लागि भुटान सरकारले गिजोलेको मुद्दालाई अब सुरज बुढाथोकीले विश्व समुदायमाझ उजागर गर्न सक्षम हुनेमा आफू आशावादी रही आएको पनि रिजालले बताए।

‘भुटानभित्र मौलाएको अन्याय,अत्याचार भुमाफियाको चङ्गुलमा परेकाका नागरिकको हक हितको पक्षमा निरन्तरता दिन सके भने भुटानी धर्ती माताको आर्सीवादले आज सुरज अमेरिकाको संसदमा मात्र छिरेका होलान्। तर उनको बढ्दो लोकप्रियताबाट उभिएर भुटानका राजाहरूले देखाएको हैकमवाद विरोधी तत्त्वलाई प्रधानमन्त्री बनेर मात्र राजनीति यात्रा अन्त्य गर्न सफल हुन दैवले साथ दिउन् म अग्रिम अभिलाषा तथा शुभकामना दिन चाहन्छु,’रिजालले भने। रिजालले सुरजका सबै शुभेच्छुक, निर्वाचन क्षेत्रका मतदाताहरूलाई पनि बधाई तथा शुभकामना दिएका छन्।

बुढाथोकी नेपाली भाषी भुटानीहरूको परिवारको पुनर्मिलन हुनुपर्ने अभियानका अभियन्ता पनि हुन्। आफ्ना परिवार भेट्न भुटान जान पाउनु पर्ने माग बुढाथोकीले राख्दै आएका छन्। नेपाली भाषी भुटानी समुदायका दोस्रो जनप्रतिनिधि उनी पहिलो अमेरिकी संसद् बनेका छन्।

समाचार शेयर गर्नुहोस्
648
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.