कोशीका पूर्वमन्त्रीविरुद्ध मानव बेचबिखनको मुद्दा चलाइने

कोशीका पूर्वमन्त्रीविरुद्ध मानव बेचबिखनको मुद्दा चलाइने

203
SHARES

काठमाडौं : कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री लीला वल्लभ अधिकारीसहित ७ जना विरुद्ध मानव बेचबिखनको मुद्दा चलाइने भएको छ।

नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा पक्राउ परेका नेकपा एमाले प्रदेशसभा सदस्य समेत रहेका अधिकारीलाई जिल्ला प्रहरी कार्यालय, मोरङको सहायतामा पक्राउ गरेर काठमाडौँ ल्याइएको छ।

उनलाई काठमाडौं जिल्ला अदालतबाट २ दिनको म्याद थप गरी मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ को दफा ४ को उपदफा २ को (ग) र मुलुकी अपराध संहिता २०७४ को लिखत सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कार्त्तिक १४ गते अधिकारीसँगै जापानको टोकियो विमानस्थलबाट खोटाङका दावा शेर्पा र जनक राई तथा रसुवाका कञ्चन देवकोटा डिपोर्ट भएको प्रहरीले जनाएको छ। नक्कली कागजात बनाएर जापान पुगेपछि डिपोर्ट भएका शेर्पा, राई र देवकोटाले जापान जान प्रतिव्यक्ति १० लाख बुझाएको बयान प्रहरीलाई दिएका छन्।

धादिङ त्रिपुरासुन्दरीका महेश पाण्डे, नुवाकोट विदुर नगरपालिकाका जुगल रिजाल र दोलखा जिरी घर भएका बिर बहादुर सुनुवार समेत यही प्रकरणमा पक्राउ परेका छन्। मानव तस्करीमा मुछिएसँगै अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका थिए।

उनीमाथि उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गर्नेछ। उनलाई नेकपा एमालेले पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरिसकेको छ। मानव तस्करीमा मुछिएसँगै अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका थिए।

उनीमाथि उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गर्नेछ। उनलाई नेकपा एमालेले पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरिसकेको छ।

समाचार शेयर गर्नुहोस्
203
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.