मनाङे कारागार चलान, लीला वल्लभलाई ७ दिन म्याद थप

मनाङे कारागार चलान, लीला वल्लभलाई ७ दिन म्याद थप

200
SHARES

काठमाडौं : सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ कुरेर बसेका ज्यान मुद्दामा दोषी ठहर पूर्वमन्त्री एवं गण्डकी प्रदेशका सांसद दीपक मनाङे लुकेर बसेको ठाउँबाट पक्राउ परेका छन्। उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएर डिल्लीबजार कारागार चलान गरिएको छ।

२०६१ सालमा ठेक्कापट्टा र असुली धन्दामा कुरा नमिलेपछि गुन्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको आरोपमा दोषी ठहर भएका मनाङे काठमाडौं सानो भर्‍याङमा रहेको कम्फर्ट हाउजिङमा लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका हुन्।

एक साताअघि कार्तिक २० गते सर्वोच्च अदालतले उनलाई ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाएको थियो। मनाङे यसअघि नै ३२ महिना जेल सजाय भुक्तान गरिसकेकाले अब २८ महिना मात्रै जेलमा बस्नुपर्नेछ। मनाङे मनाङको प्रदेश निर्वाचन क्षेत्र १ (ख)बाट निर्वाचित स्वतन्त्र सांसद हुन्। दोषी ठहर भएकै समयमा प्रदेशमा सांसद निर्वाचित भएका मनाङे ६ पटक मन्त्री बनिसकेका छन्।

अदालतमा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै मनाङेले पत्रकारहरूले भात खान पनि नदिएको बताए। मनाङे कारागार चलान भएसँगै उनी निर्वाचित क्षेत्रमा पद रिक्त हुने भएको छ। अब त्यहाँ उपनिर्वाचन हुनेछ।

७ दिन म्याद थप

कोशी प्रदेशका पूर्वमन्त्री लीला वल्लभ अधिकारी थप सात दिन हिरासतमा बस्ने भएका छन्। जापानमा मानव तस्करको आरोपमा पक्राउ परेका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो।

उनीमाथि मानव तस्करी तथा सरकारी लिखत किर्तेको कसुरमा हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। जापान भ्रमणका नाममा नक्कली परिचयपत्र बनाएर मानव तस्करी गरेको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई नेकपा एमालेले पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरिसकेको छ।

समाचार शेयर गर्नुहोस्
200
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.