नक्कली भुटानी शरणार्थी मुद्दाको पेशी सर्‍यो

नक्कली भुटानी शरणार्थी मुद्दाको पेशी सर्‍यो

364
SHARES

काठमाडौँ : नक्कली भुटानी शरणार्थी मुद्दाको पेशी २४ मङ्सिरका लागि सरेको छ। सरकारी वकिलका तर्फबाट आइतबारका लागि तोकिएको पेशी हटाइएको काठमाडौँ जिल्ला अदालतले जनाएको छ।

वादी नेपाल सरकारबाट पेशी हटाउन निवेदन आएकाले २४ मङ्सिरका लागि अर्को पेशी तोकिएको अदालत प्रशासनले जानकारी दिएको छ। नक्कली भुटानी शरणार्थी मुद्दाको पेशी आइतबारका लागि तोकिएको थियो। ‘सरकारी वकिलले हटाउन निवेदन दिए पछि आज स्थगित भयो,’अदालत प्रशासनले पहिचानसँग भन्यो,’अब २४ गतेका लागि पेशी तोकिएको छ।’

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेम न्यौपानेको इजलासले पक्राउ परेका १८ मध्ये १६ जना आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। प्रहरीले ८ जेठमा सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदन अनुसार ३० जना विरुद्ध मुद्दा दायर भएको थियो।

साक्षी बकपत्रको आदेश हुनसक्छ

समाचार शेयर गर्नुहोस्
364
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.