निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

भुटानी शरणार्थीले सोधेँ, हामी कहिले आफ्नो देश फर्कन पाउँछौँ?

भुटानी शरणार्थीले सोधेँ, हामी कहिले आफ्नो देश फर्कन पाउँछौँ?

288
SHARES

काठमाडौँ : हरेक वर्ष डिसेम्बर १० तारिखमा विश्व मानव अधिकार दिवस मनाउने गरिन्छ। अधिकारबाट कोही पनि नागरिक विमुख हुँदैन भनिन्छ।

तर, आफ्नो देश भुटानले अन्याय अत्याचार गरेर देश निकाला गरेका शरणार्थीका लागि भने मानव अधिकार दिवस अहिलेसम्म आउन सकेन। नेपालको शरण लिएर बसेका उनीहरू मरणको अवस्थामा पुग्दा समेत भुटान सरकारलाई आफ्ना नागरिक फिर्ता लैजाऊ भन्ने कोही भएनन्।

विश्व मानव अधिकार दिवसका दिनमा पनि कुनै खुसी साटासाट गर्न नपाएको शरणार्थीहरूले स्मरण गरिएका छन्। हरेक वर्ष जस्तै यो वर्ष पनि भुटानी शरणार्थीहरूले विश्वभरका मानव अधिकारवादी सङ्घ संस्थामा आबद्ध मानव अधिकारवादी, नेपाल सरकार, भुटान सरकार, युएनएचसीआर, नेपाल मानव अधिकार आयोग, विभिन्न राजनीतिक दलहरू, पत्रकारहरूको ध्यानाकर्षण गराए।

भुटानी शरणार्थीहरूले खोजे संयुक्त राष्ट्रसङ्घको मध्यस्थता, भुटानसँग वार्ता गर्न प्रधानमन्त्री ओलीलाई गरे अनुरोध

नेपालको झापा जिल्लाको दमक बेलडाँगी र मोरङ जिल्लाको पथरी शनिश्चरे शिविरहरूमा आश्रय लिई बसोबास गर्ने भुटानी शरणार्थीहरूको तर्फबाट ध्यानाकर्षण गराइएको शिविरका पूर्वसचिव एवं भुटान स्वतन्त्र जनमञ्चका महासचिव धन बीर सुब्बा र राष्ट्रिय मेलमिलाप समिति–भुटान महासचिव कृष्ण बीर तामाङले निकालेको संयुक्त विज्ञप्तिमा लेखिएको छ।

पटक पटक नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घ युएनएचसीआर समेतलाई शरणार्थीहरूको स्थायी समाधानको प्रमुख पाटो सम्मानजनक स्वदेश फिर्ताको विषयलाई उठाई सम्बन्धित मुलुकसँग वार्ता छलफललाई अगाडी बढाई पाउन बारम्बार निवेदन गर्दा पनि कुनै चासो तथा सरोकार नपाउँदा आफ्नो देश फर्कन चाहने स्वाभिमानी भुटानी शरणार्थीहरू दुखित रहेको विज्ञप्तिमा उल्लेख छ।

नेपाल सरकार, भुटान सरकार, युएनएचसीआर, मानवअधिकारवादी सङ्घ, सङ्गठन, नेपाल मानवअधिकार आयोग समक्ष नेपालमा रहेका भुटानी शरणार्थीहरू मध्ये आफ्नो देश भुटान ससम्मान फर्कन चाहनेहरूका लागि उचित वातावरण सृजना गरी आवश्यक भूमिका खेली दिन उनीहरूले सबैलाई अनुरोध पनि गरेका छन्।

समाचार शेयर गर्नुहोस्
288
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.